Banner
उद्योग वाणिज्य, जेसीज र लायन्सद्वारा शुभकामना आदानप्रदान
विराटचोकः मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेका सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, इन्द्रपुर जेसीज र लायन्स क्लब अफ इन्द्रपुरले शुभ दीपावली तथा छठ लगायतका पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगरप्रमुख शिवप्रसाद ढकालले राजनीतिक पार्टीका अधिवेशन सकिएर चलयमान र सक्रियता बढ्न थालेकाले यसले समाज निर्माणमा टेवा पुग्ने बताए । यस क्षेत्रको राजनीति संस्कारयुक्त रहेको बताउँदै उनले फरक आस्था भए पनि विकास निर्माण, सामाजिक कार्य, विपद व्यवस्थापनमा राजनीतिक शक्ति एक हुनाले स्थानीय सरकार सञ्चालनमा सहयोग पुगेको बताए ।
आफ्नो कार्यकाल छोटिँदै गएकाले सोचेजति काम गर्न नसकिए पनि भए गरेका काम ईमानदारीका साथ हुने उनले बताए । बेमौसमी वर्षाका कारण आएको बाढीले धान खेतीसँगै विकास निर्माणमा ठूलो क्षति पुर्याएकाले यस विषयमा प्रारम्भिक चरणको क्षतिको विवरण लिइसकिएको र केही दिन पछि बस्ने कार्यपालिकाले सो विषयमा निर्णय गर्ने बताए ।
कार्यक्रममा बोल्दै मेयर ढकालले सुन्दरदुलारी उद्योग वाणिज्य संघ र कोशीहरुैंचा उद्योग वाणिज्य संघलाई समायोजन गरी एउटै वाणिज्य संघ बनाउन नवनिर्वाचित पार्टीहरुले भूमिका खेल्नुपर्ने बताउँदै आफूले पनि यस विषयमा घनीभूत तयारी गरिरहेको बताए । कोभिड १९ व्यवस्थापनमा वाणिज्य संघ, जेसीज र लायन्स क्लब लगायतका संस्थाले खेलेको भूमिका प्रति ढकालले प्रशंसा व्यक्त गरे ।
नेकपा एमाले सुन्दरहरैंचाका नवनिर्वाचित अध्यक्ष मातृकाप्रसाद ढकालले पार्टीले साझा धारणा बनाएर अघि बढ्ने बताए । एमालेले हातमा हात मिलाएर सुन्दरहरैंचाको सामाजिक, आर्थिक र विकास निर्माणको श्रीवृद्धिका लागि मिलेर जाने बताए ।
यस्तै, नेपाली काङ्ग्रेस सुन्दरहरैंचाका नगर सभापति भक्तिप्रसाद सिटौलाले जिल्लाकै ऐतिहासिक बजारमा कार्यक्रम आयोजना हुनु राम्रो पक्ष भएको बताउँदैै राजनीतिक दललाई एकै ठाउँमा राखेर भव्य कार्यक्रम हुनाले पछिल्लो समय बिग्रँदो राजनीतिलाई यसले एकताको सन्देश दिएको बताए ।
शुक्रबार वडा नम्बर १ हरैंचामा रहेको हात्तीसार खेलमैदानमा आयोजित कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, नेकपा एमाले नगर अध्यक्ष मातृकाप्रसाद ढकाल, नेपाली कांग्रेस नगर सभापति भक्तिप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुशान्त भट्टराई, एकीकृत समाजवादीका नगर अध्यक्ष महेश आचार्यसहित विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नगर सचिव दिलीप थापाले हरैचा ऐतिहासिक क्षेत्र भएकाले यस ठाउँलाई चिनाउन यस क्षेत्रको खोज अनुसन्धानमा लाग्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा आयोजक संस्था वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल, इन्द्रपुर जेसीजका अध्यक्ष कृष्णप्रसाद ओझा, लायन्स क्लबका अध्यक्ष रोहित शाह लगायत उपस्थित रहेका थिए ।
यसैबीच नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रम सुन्दरहरैंचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्कीले सञ्चालन गरेका थिए ।
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login