Connect with us
Advertisement

आज धनतेरस अर्थात् आयुर्वेदका प्रवर्तक धनवन्तरीको जन्मजयन्ती

Published

on

विराटचोकः समुद्र मन्थन गर्दा भगवान धनवन्तरी अमृत, शंख, चक्र र जडीबुटीका साथ प्रकट भएको धार्मिक विश्वासका आधारमा आज धनवन्तरी जयन्ती मनाइन्छ । आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको सम्झनामा यो दिवस मनाइन्छ । आजको दिनलाई धनतेरस पनि भनिन्छ ।

कमलको पुष्पासनमा बसेकी लक्ष्मी र गणेशको मूर्ति, वा तस्बिर आज घर भित्र्याउँदा शुभ फल पाइने जनविश्वास छ । केहीले माटोको मूर्ति वा तस्बिर पनि किनेर राख्ने गर्छन् । आजका दिन स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्ने गरिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी मानिन्छ । आज किनेको सामान घरको पूर्वउत्तर दिशा राख्ने गरिन्छ । आज यसरी खरिद गरेको सामान उपहार दिने चलन छैन ।

आज किनेको धातु लक्ष्मीपूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्ने विश्वास गरिन्छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

च्याम्पियन्स लिग : पीएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा

Published

on

यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराउदै जर्मन क्लब बोरुसिया डर्टमन्ड फाइनलमा पुगेको छ । पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा डर्टमन्डले पीएसजीलाई १–० ले हराएको हो । उसका म्याट्स हुमेल्सले खेलको ५० औँ मिनेटमा गोल गरे ।

यसअघि भएको पहिलो लेगमा घरेलु टोली डर्टमन्डले १–० को अग्रता लिएको थियो । समग्रमा २–० को जितसहित डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । अर्काे सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिड र बार्यन म्युनिख खेल्दैछन् । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा हुनेछ ।

Continue Reading

Banner

आज – २५ बैशाख २०८१ मंगलवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभ कार्यमा सरिक भइनेछ । चिताएको कामले तीव्रता लिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत पनि देखिन्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चलाखीपूर्ण बोलीले सिद्ध हुनेछ । साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज स्वास्थ्यमा समस्या आउनसक्छ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) श्रमको उचित मूल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

नेपालको दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने भएको छ ।

Published

on

नेपालको दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मैदान, फ्लडलाइट र सुरक्षामा प्रश्न उठाउँदै रंगशालाको मान्यता खारेज गर्ने भएको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक