शिक्षा / स्वास्थ्य
शेखर कोइराला भन्छन्, ‘रजिष्टार, उपकुलपति र निर्देशकबीच समन्वय नहुँदा विश्वविद्यालय तहनहस भयो ’
विराटचोकः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले रजिष्टार, उपकुलपति र निर्देशकबीच समन्वय नहुँदा पूर्वाञ्चल विश्वविद्यालयले गति लिन नसकेको आफूले पाएको बताएका छन् ।
बिहीबार नेपाल स्कुल अफ अन्ट्रप्रनरसीपले १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्न विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् ।
‘कहिले रजिष्टार र भीसीको, कहिले भीसी र निर्देशकबीच समन्वय यहाँ थिएन । अहिले कस्तो छ त्यो म जान्दिनँ तर केही वर्षअघिसम्म यहाँ त्यस्तै थियो’, उनले भने, ‘उपकुलपति बनेपछि ४ वर्षको कार्यकाल हुन्छ । त्यो समयमा कामै गर्न पाइएन भने उपकुलपति हुनुको अर्थ हुन्नँ ।’
ऐनमा संशोधन गरेर भए पनि विश्वविद्यालयको विकासमा सबै लाग्नुपर्नेमा उनले जोड दिए । सरकारलाई यो विश्वविद्यालयको बारेमा कुनै मतलबै नभएको बताए । आफूले २ वर्ष २० करोडका दरले विश्वविद्यालयलाई बजेट छुट्याउनुहोस् भनेर भने पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटै नछुट्याएको उनको भनाइ थियो ।
‘सरकारले कोशी अञ्चल अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा ४ वर्षको लागि लिन ४ वर्ष अघि नै चिठी पठाएको थियो’, उनले भने, ‘त्यो चिठी मसँग छ । कोशी अञ्चल अस्पतालसँग पनि होला, विश्वविद्यालयसँग पनि होला । तर त्यो काम किन भएन मैले बुझ्न सकेको छैन ।’
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आफू उपकुलपति हुँदा आफूले कसरी सो संस्थाको स्तरोन्नति गरेँ भन्ने पनि उनले सो क्रममा सुनाए । ‘पहिले ३० शैय्याबाट शुरु गर्नुहोस् । त्यसपछि फेरि ३० शैय्या अनि अर्काे वर्ष ४० शैय्या थप्नुहोस्’, उनले भने, ‘मैले धरानमा यसरी नै काम गरेँ ।’
पूर्वाञ्चल विश्वविद्यालयमा शिक्षण अस्पताल बनाउन आवश्यक पर्ने भवन अग्रिम भुक्तानी नगरी बनाउन आफूले ठेकेदारलाई अनुरोध गरेर सहमत गराए पनि प्रक्रिया अघि बढ्न नसकेको पनि उनले बताए । स्थानीयवासीको इच्छाशक्ति भएमा विश्वविद्यालयको स्तरोन्नति हुने उनको भनाइ थियो ।
‘सरकारले सहयोग गर्छ र विश्वविद्यालयको अवस्था सुधार्ने, भौतिक संरचना थप्ने भनेर नलाग्नुहोस्’, प्रमुख अतिथि कोइरालाले सुझाव दिए, ‘काम थाल्नुहोस् अनि हामीले काम थाल्यौँ, अब खर्चको व्यवस्थापन कसरी गर्ने हो भनेर भन्नुहोस् । पहिले बजेट विनियोजन हुन्छ अनि काम गरौँला भन्नुभयो भने कहिल्यै हुँदैन । सरकारले बजेट पठाउँदैन ।’
Facebook Comment
Banner
एकैपटक १५ वटा मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक
सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गरेकाे छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।
वैशाखमा बसेका ९ र जेठमा बसेका ६ गरी १५ वटा बैठककाे निर्णय एकैपटक सार्वजनिक भएकाे हाे ।
पछिल्लो निर्णयअनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनोट प्रक्रिया रद्द गरेको छ । गएको जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनोट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ ।
सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरेको छ । समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा. रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ ।
Banner
आज बजेट पारित गरिँदै,
प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ ।
त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।
सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हिजोदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।
यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ ।
Banner
रास्वपा महाधिवेशन : सभापतिका लागि ५१ हजार, केन्द्रीय सदस्यमा उठ्न २१ हजार रुपैयाँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधि र उम्मेदवारहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टीका अनुसार प्रतिप्रतिनिधि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारले समान शुल्क ४१ हजार रुपैयाँ बुझाउनुपर्छ । केन्द्रीय सदस्यहरूका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ ।
रास्वपाको विधान अनुसार उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री हुने व्यवस्था छ । यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता एक/एक जना र सहप्रवक्ता ३ जना मनोनीत गर्ने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २२ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । सात प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् ।
रास्वपाले आउँदो सोमवारदेखि बुधवारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ । रास्वपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको सङ्ख्या झन्डै ३ हजार जना रहेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login