अपराध
पत्रकार काफ्लेलाई आक्रमण गर्नेलाई म्याद थप
धरानः बिहीबार नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेलाई आक्रमण गरेको आरोपमा पक्राउ परेकालाई अनुसन्धानको लागि जिल्ला अदालत सुनसरीले ७ दिनको म्याद थप गरेको छ ।
सो घटनामा ४ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले घाइते काफ्लेले ६ जनाविरुद्ध किटानी जाहेरी दिए पनि २ जनालाई पक्राउ गर्न बाँकी रहेको जनाए । घाइते काफ्लेको विराटनगरमा उपचार भइरहेको छ ।
Facebook Comment
Banner
फुटबल मैदानमा गोलीकाण्ड : ११ जनाको मृत्यु
मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र बन्दुकधारीहरूले दर्शकहरूमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
गुआनाजुआटो राज्यको एक लाख ६० हजार जनसङ्ख्याको सानो सहर सालामान्कामा खेल सकिएलगत्तै सशस्त्र व्यक्तिहरू सामुदायिक फुटबल मैदानमा प्रवेश गरेका थिए। घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एकजनाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। घाइतेमध्ये एक महिला र एक बालक छन्।
मेयर सेजर प्रिटोले सङ्गठित अपराध समूहलाई हिंसाको दोष दिँदै राष्ट्रिय सरकारसँग आफ्नो समुदायमा ‘शान्ति, सुरक्षा र स्थिरता पुनःस्थापना’ गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, “हामी एउटा गम्भीर सामाजिक विघटनको सामना गर्दैछौँ। अपराधी समूहहरूले स्थानीय अधिकारीहरूलाई वशमा पार्ने प्रयास गरिरहेका छन्।”
सालामान्कामा यसअघि शनिबार राति मानव अवशेष भएका चार झोला फेला परेका थिए भने नजिकैका दुई समुदायमा सोही दिन छ जनाको मृत्यु भएको थियो।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर एक दशकको सबैभन्दा तल्लो तहमा झरेको बताउनुभए पनि विज्ञहरूले तथ्याङ्कको पूर्ण विश्वसनीयता स्वीकार गरेका छैनन्।
सन् २००६ मा कार्टेलहरूमाथि कारबाही सुरु भएदेखि मेक्सिकोमा चार लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ। एक लाख २० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्, धेरैलाई जबरजस्ती भर्ती वा अपहरण गरिएको मानिन्छ। अपराधले ग्रस्त राष्ट्रमा सामूहिक चिहान र दफन नगरिएका शवहरू नियमित रूपमा फेला पर्छन्।
Banner
विप्लव नेतृत्वको माओवादी–जेन–जी समूहबीच सहमति
Banner
जेनजी आन्दोलनको आडमा यातायात विभाग ध्वस्त : सर्भर, ८ लाख नम्बर प्लेट र हजारौँ लाइसेन्स खरानी
मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनी र तोडफोडले विभागको सूचना प्रविधि प्रणालीसहितको भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ ।
विभागका सूचना अधिकारी गणेशमान सिंहका अनुसार आगलागीबाट केन्द्रीय सर्भर कक्ष, लाइसेन्स छपाइ मसिन, इम्बोस्ड नम्बर प्लेट उत्पादन प्लान्ट र आठ लाखभन्दा बढी नम्बर प्लेट पूर्ण रूपमा जलेर खरानी भएका छन् । साथै, झण्डै २० हजार स्मार्ट ड्राइभिङ लाइसेन्स र हजारौँ कार्डहरू समेत नष्ट भएका छन् ।
“फायरप्रुफ ढोका तोडेर भित्र प्रवेश गरी सर्भरमा आगजनी गरिएको हो । सर्भर, हार्डडिस्क र अन्य उपकरणहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यसबाट १२–१५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ,” सिंहले बताए ।
लाइसेन्स छपाइ गर्ने करिब ७–८ करोड रुपैयाँ लागतको मेशिनसमेत जलेको छ । यो मर्मत गर्न सकिने भए १५–२० दिनभित्र सेवा सुरु गर्ने सम्भावना छ भने नयाँ खरिद गर्नुपर्ने अवस्थामा दुई–तीन महिना लाग्नेछ ।
त्यस्तै, विभागभित्रको नम्बर प्लेट उत्पादन फ्याक्ट्री र तयारी अवस्थामा रहेका ८ लाख इम्बोस्ड नम्बर प्लेट जलेर खरानी भएपछि १ असोजदेखि अनिवार्य गर्ने भनिएको नम्बर प्लेट जडानको योजना अनिश्चितकालका लागि रोकिएको छ ।
केन्द्रीय सर्भर ध्वस्त भएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण, सवारीसाधन दर्ता (VRS), इम्बोस्ड नम्बर प्लेट जडान लगायतका सम्पूर्ण अनलाइन सेवा देशभर ठप्प भएका छन् ।
अधिकारी सिंहका अनुसार उपकरण आंशिक रूपमा प्रयोगयोग्य भए दशैं–तिहारबीच सेवा सुरु गर्ने प्रयास हुनेछ । तर, पूर्ण रूपमा नष्ट भएको खण्डमा नयाँ उपकरण ल्याउन विदेशी खरिद प्रक्रिया र प्राविधिक सहयोग आवश्यक पर्ने भएकाले कम्तीमा दुई–तीन महिना समय लाग्नेछ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login