खेलकुद
साग पदक विजेतालाई गराइयो नगर परिक्रमा
तस्बिरः राष्ट्रिय खेलकुद परिषद
काठमाडौंः हालै सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ । पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराएको हो ।
नगर परिक्रमा त्रिपुरेश्वरस्थित राखेप हाताबाट शुरु भएको थियो । सुरुआतमा राखेपका उपाध्यक्ष एवं नेपाली टोलीका सेभ दि मिसन पिताम्बर तिम्सिना, सङ्घीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, खेलाडी, प्रशिक्षक, सङ्घका पदाधिकारीसहितको टोली न्यु रोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमण्डपसम्म पैदल गएको थियो ।
पैदल नगर परिक्रमाका दौरानमा अगाडि भागमा नेपाली सेनाको ब्यान्ड टोली थियो । भृकुटीमण्डपबाट सम्पूर्ण टोलीले भ्यानमा नगर परिक्रमा गरेका थिए । भृकुटीमण्डपबाट टोली सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुलचोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुेश्वरस्थित राखेपको हातामा प्रवेश गरेपछि नगर परिक्रमा कार्यक्रम सम्पन्न भएको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार कोटश्वरदेखि सूर्यविनायकसम्म तय गरिएको रुट भने वर्षाका कारण स्थगित गरिएको थियो ।
मंसिर २४ गते सम्पन्न ७ राष्ट्र सहभागी सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जित्दै दोस्रो भएको थियो । सागमा अहिलेसम्मकै नेपालको यो उत्कृष्ट प्रदर्शन हो । सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणमा पनि नेपाल दोश्रो भएको थियो । त्यसबेला भने नेपालले ३१ स्वर्ण, १० रजत र २४ कास्य जितेको थियो ।
Facebook Comment
Banner
फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो
फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो
इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।
Banner
आईपीएल क्रिकेटमा मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकता नाइट राइडर्स प्लेअफमा पुगेको हो ।
योसँगै यो सिजनको आईपीएलमा प्लेअफमा पुग्ने कोलकता पहिलो टोली बन्यो । वर्षाका कारण ढिलो शुरु भएर १६ ओभरमा झारिएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले सात विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । एक सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले १६ ओभरमा आठ विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो ।
जितपछि शीर्ष स्थानमा रहेको कोलकाताको १२ खेलमा १८ अङ्क छ । पराजित मुम्बइको भने १३ खेलमा आठ अङ्क मात्रै छ । मुम्बई यसअघि नै प्लेअफबाट बाहिरिसकेको छ ।
आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे शुरु हुने खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल खेल्नेछन् । यस्तै बेलुका पौने ८ बजे हुने खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र दिल्ली क्यापिटल्स खेल्नेछन् ।
Banner
मोरङ जिल्ला पालिका स्तरिय उपमेयर कपको उपाधि सुन्दरहरैँचाले जितेको छ ।
मोरङ जिल्ला पालिका स्तरिय उपमेयर कपको उपाधि सुन्दरहरैँचाले जितेको छ । वार्ड न १० को सुकुना चौरि खेलमैदानमा भएको फाईनल खेलमा पथरी लाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । बिजेता नगद ६७५००, ट्रफि र मेडल प्राप्त गर्यो, दोश्रो भएको लेटाङ नगरपालिकाले नगद ३३७५० ट्रफि र मेडल प्राप्त गर्यो, तेश्रो भएको रतुवामाईले नगद ९३३५ प्राप्त गर्यो । सुन्दरहरैचा नगर खेलकुद बिकाशको आयोजनामा भएको खेलमा मोरङका ८ ओटा पालिकाको सहभागिता रहेको थियो । फाईनल खेलमा प्रमुख जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई रहनुभएको थियो, । लेटाङ नगरपालिका का नगर प्रमुख भुपेन्द्र लावति विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा खेलाडि पालिकाका उपप्रमुख, खेलाडि लगायतको उपस्थिति रहेको थियो । नगरखेलकुद बिकाश समितिका अध्यक्ष तथा नगरप्रमुख केदार प्रसाद गुरगाईको अध्यक्षता मा भएको कार्यक्रममा स्वागत मन्तव्य नगर खेलकुद विकास समितिका सदस्य सचिब खडग श्रेष्ठले गर्नुभएको थियो ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login