Connect with us
Advertisement

रकम हिनामिनाका विषयमा आएका समाचारप्रति सप्तकोशी डेभलपमेन्ट बैंकको ध्यानाकर्षण

Published

on

विराटनगरः केही समयदेखि सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडसँग जोडिएर रकम हिनामिनाका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रशारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको हो । ‘बैंकले सञ्चालन गरेको रेमिट्यान्सको पार्किङ अकाउन्टबाट रकम अपचलन भएको विषयमा सम्बन्धित निकायमा कानुनबमोजिम उजुरी गरी हाल अनुसन्धानका क्रममा रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कानुनबमोजिम अनुसन्धानमा रहेको विषयप्रति थप टीकाटिप्पणी गर्न कानुनतः नमिल्ने हुन्छ । अनुसन्धानबाट दोषी देखिएका व्यक्तिहरुमाथि कानुनबमोजिम कारबाही हुने कुरामा अन्यथा छैन ।’

बैंकको रेमिट्यान्सको पार्किङ अकाउन्टबाट रकम हिनामिना वा अपचलन गरेको कार्यबाट अनुसन्धानबाट देखिने अपचलित रकम असुलउपर हुने नै हुँदा हालको सन्दर्भमा बैंकको निक्षेप, सेयरधनीको लगानी तथा अन्य कारोबारमा फरक नपर्ने बैंकले स्पष्ट पारेको छ । ‘प्रदेश नं. १ मा स्थापित एउटा विश्वसनीय बैंकका रुपमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंक र बैंकका कर्मचारीहरुप्रति वितृष्णा, भ्रम फैलाई सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, सेयरधनी र अन्य सरोकारावाला सबैलाई नकारात्मक प्रभाव पार्ने उद्देश्यले भएका केही क्रियाकलाप र सोबाट सिर्जित समाचारहरुबाट अभिप्रेरित हुने अवस्था छैन’, विज्ञप्तिमा भनिएको छ ।

बैंकको रेमिट्यान्स तर्फको १५ करोडभन्दा बढी रकम हिनामिना भएको पाइएपछि केन्द्रीय बैंक, सिआईबी र प्रहरीले सयुक्त रुपमा त्यसको अनुसन्धान गरिरहेका छन् । अनुसन्धानका क्रममा बैंकका सिईओ नवीन सुवेदी र रेमिट शाखाका प्रमुख हिमाल भट्टराईको मिलेमतो भएको कुरा बाहिर आएको छ । बैंकको जेनेरस सर्भिस डिपार्टमेन्टमा काम गर्दै आएका हिमाल भट्टराई प्रहरीको हिरासतमा छन् । बैंकका सिइओ र भट्टराईकै संलग्नतामा सो रकम हिनामिना भएको बताइन्छ । पक्राउ परेका भनिएका भट्टराई र सिइओ सुवेदी मामा–फुपूका छोरा हुन् । उनीहरूमाथि आफन्तको फेक एकाउन्ट बनाएर रकम ट्रान्सफर गरेको आरोप छ ।

हिनामिनाको विषय बाहिर आएपछि प्रहरीमा जाहेरी दिइएको बैंकको भनाई छ । बैंकले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय मोरङले भट्टराईलाई मङ्सिर १९ मा नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक