अपराध
सामुहिक बलात्कारमा संलग्न होटल सञ्चालक सहित २ जना पक्राउ, एक फरार
विराटचोकः मोरङको सुन्दरहरैँचामा एक महिला माथि सामुहिक बलात्कार भएको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ स्थित बलियामा सञ्चालित श्रेष्ठ होटल एण्ड फेमली लजमा ३० वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मन्जिल मुकारुङले बताए । घटनामा संलग्न होटल सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका छन् । त्यस्तै उनका भाइ वर्ष २५ का सुरज श्रेष्ठ पनि पक्राउ परेका छन् । उनीहरु अहिले इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न झापा घर बताउने गाडी चालक रामबहादुर नेपाली फरार छन ्। उनको खोजी जारी रहेको प्रहरीले बताएको छ । पीडक होटज सञ्चालक अर्जुनले पीडितलाई लिएर उपचार गर्न विराटनगर लगेपछि घटना बाहिरिएको थियो र प्रहरीले उनलाई अस्पतालमै पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार बेलबारी –४ की ३० वर्षीया महिलाले शुक्रबार इटहरीमा काम गर्न थालेकी थिइन् । काम सकेर साँझमा उनी गछियास्थित बहिनीको घर फर्कदै थिइन् । उनी इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे गछियासम्म पुगिन् । तर बहिनीको घरसम्म पुग्ने बाटो भुलिन् ।
बाटो सोध्दा प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीका चालक रामबहादुर नेपालीले बहिनीको घरसम्म पु¥याइदिने भन्दै गाडीमा चढाए । तर उनले गाडी घुमाउँदै श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे । सोही लजमा ती महिलामाथि रातभर सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कृत महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर छ । उनलाई कोशी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार भइरहेको छ ।
शनिबार बिहान महिलाले गछियमा भएकी बहिनीलाई खबर गरेकी थिइन् । बहिनी होटलमा पुगेपछि अस्पताल लान खोज्दा पीडकले धम्क्याएपछि उनले प्रहरीलाई घटनाबारे बताउने भनेपछि घटनामा संलग्न भई फरार रहेका नेपालीले ल्याएको कारमा राखेर श्रेष्ठले अस्पताल लगेका थिए ।
दुई छोरीलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनलाई कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा महिलालाई बेहोस बनाएर करणी गरेको देखिएको प्रहरीले बताएको छ । शुक्रबार रातभर सम्पर्क विहीन भएकी महिलाले शनिबार बिहान साढे ८ बजे बहिनीलाई घटना बारेमा जानकारी गराएकी थिइन् ।
पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । पीडित महिला खोटाङबाट गत असोजमा मोरङको बेलबारीमा बसाइँ सरेर आएकी थिइन् ।
Facebook Comment
Banner
फिफाले गर्यो एन्फा निलम्बन, नेपाली फुटबल संकटमा
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।
फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर नेपाललाई प्रतिबन्ध लगाएको हो ।
निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । नेपाली फुटबल अनिश्चिता र अन्याेलतातर्फ गएको छ ।
निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।
साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएकाे छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रत्यक्ष असर पार्ने भएको छ ।
Banner
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान हुने
रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ ।प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो । यद्यपि महाधिवेशनको समय लम्बिन पुगेको छ ।आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । प्रवक्ता झाका अनुसार, साँझ ५ बजेसम्म दाबी विरोधको समय तय भएको छ भने ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । दोस्रो चरणको मतदान भने भोलि बिहान ९ बजे गर्न सकिने आकलन पार्टीको रहेको झाले बताए ।
Banner
उज्बेकिस्तानलाई हराएर शीर्षस्थानमा उक्लियो पोर्चुगल,
पोर्चुगल फिफा विश्वकपमा उज्बेकिस्तानलाई हराएर समूह ‘के’ को शीर्षस्थानमा उक्लिएको छ ।
मंगलबार राति उज्बेकिस्तानलाई ५-० गोलअन्तरले हराउँदै पोर्चुगल आफ्नो समूहको शीर्षस्थानमा उक्लिएको हो ।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डले २ तथा नुनो मेन्डेस र राफेल लिओले १/१ गोल गरे । भने, एक गोल उज्बेकिस्तानले आत्मघाती गर्यो ।
पहिलो हाफमा नै २ गोल गरे पनि रोनाल्डो ह्याट्रिक गर्नबाट चुके ।
यद्यपि, रोनाल्डो लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गर्ने खेलाडी बने । साथै, उनले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाए ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login