स्थानीय तह
केराबारीको वडा नम्बर २ को सार्वजनिक सुनुवाइ सम्पन्न
केराबारीः केराबारी गाउँपालिकाको वडा नम्बर २ को सार्वजनिक सुनुवाइ सोमबार सम्पन्न भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै वडा कार्यालयको सभाहलमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।

सार्वजनिक सुनुवाइमा वडावासीले राखेका जिज्ञासाको जवाफ दिँदै वडाध्यक्ष प्रेमबहादुर लिम्बूले आफ्नो कार्यकालको शुरुको २ वर्ष महिलाको नाममा राम्रै बजेट विनियोजन भएको बताए । त्यसबेला महिलाहरुले ढाकाको कपडा बुन्ने तालीम लिएका र पहिलो वर्ष तालीम लिएका सबै २० जनालाई दोस्रो वर्ष थप तालीम दिइएको उनले जानकारी दिए । तालीम लिनेहरु सबै जना व्यावसायिक बनेकाले सो तालीम फलदायी भएको उनको भनाइ थियो । त्यसपछि अन्य क्षेत्रमा बढी बजेट विनियोजन हुन थाल्दा महिलालक्षित बजेट विनियोजन नभएको बताउँदै आगामी वर्ष महिलालक्षित बजेट विनियोजन हुने उनले जानकारी गराएका थिए ।
त्यस्तै, छात्रासँग उपाध्यक्ष कार्यक्रममार्फत् यसै वर्षदेखि छात्राका लागि सेनेटरी प्याड उपलब्ध हुने पनि उनले जानकारी दिए । अघिल्लो वर्ष खरीद प्रक्रिया नै अघि नबढेको तर यस पटक खरीद प्रक्रिया अघि बढेकाले चालु आर्थिक वर्षदेखि नै छात्राले सेनेटरी प्याड पाउने उनको भनाइ थियो ।

जेफाले स्वास्थ्य एकाइका स्वास्थ्यकर्मी घरपायक सरुवा भएका र घरपायक सरुवा हुने प्रवृत्तिले सो स्वास्थ्य संस्थामा कम दरबन्दी भएको जानकारी दिँदै अध्यक्ष लिम्बूले आगामी आर्थिक वर्षमा सो कार्यालयमा पूर्ण दरबन्दीमा कर्मचारी कार्यरत रहेको देख्न पाइने बताए ।
त्यस्तै, प्रदेश सरकार र स्थानीय सरकारको आर्थिक सहयोगमा सिंहदेवीमा निर्मित खेलमैदानको स्तरोन्नति भइरहेको पनि उनले जानकारी दिए । सो खेलमैदान क्रिकेटलक्षित खेलमैदान रहेको उनको भनाइ थियो ।
सुनधारा कृषि सहकारीमार्फत् कृषिसम्बन्धी काम भइरहेको उनले जानकारी दिए । चोक्टेमा कफी खेती सफल भएको, एभोकाडो, किबी खेती र तरकारी खेती पनि व्यावसायिक रुपमा भइरहेको तथा ३ वर्षभित्रमा वडालाई अर्गानिक खेती हुने वडाको रुपमा घोषणा गर्ने योजना रहेको उनले बताए ।
२ पटक विज्ञहरुले अनुसन्धान गर्दा पनि अलैँची मर्नुको कारण पत्ता नलाग्दा वडावासी मारमा परेको बताउँदै अलैँची खेतीभन्दा पनि बाख्रापालन र तरकारी खेतीलाई विकल्पको रुपमा अघि सारिएको उनको भनाइ थियो । वडामा कृषि प्राविधिक पनि नभएकाले ससमस्या परेको बताउँदै बाख्रापालनको लागि पकेट क्षेत्र घोषणा गरी काम गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

कम बजेटलाई धेरैतिर विनियोजन गर्नुपर्ने बाध्यता वडाको रहेको उनको भनाइ थियो ।
कार्यक्रममा वडा सचिव रत्नबहादुर बुढाथोकीले चालु आर्थिक वर्षको हालसम्मको पञ्जीकरणसम्बन्धी विवरण प्रस्तुत गरेका थिए । वडाले चालु आर्थिक वर्षमा छुट्याएका सबै योजना सम्झौताको लागि सिफारिश गरिसकिएको पनि उनले जानकारी दिए ।
विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको सहजीकरणमा भएको कार्यक्रममा वडा सदस्यहरु खगेन्द्रप्रसाद जमरकट्टेल, दुर्गामाया राई र बालकुमारी नेपाली, वडा सचिव रत्नबहादुर बुढाथोकी (रञ्जित), प्राविधिक जीवन तिम्सिनालगायत उपस्थित थिए ।
कोभिड १९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी स्वास्थ्य मापदण्ड अपनाएर भएको कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, टोल विकास संस्थाका प्रतिनिधि, विभिन्न योजनाका उपभोक्ता समितिका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login