कोशी प्रदेश
राष्ट्रिय युवा संघ मोरङद्वारा ४ सूत्रीय माग राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण
विराटचोकः राष्ट्रिय युवासंघ नेपाल मोरङले विभिन्न ४ सूत्रीय माग राख्दै मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री शेरबहादुर देवालाई ज्ञापन–पत्र बुझाएको छ ।
आज राष्ट्रिय युवा संघ नेपाल मोरङका संयोजक मनोज राईको नेतृत्वमा विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर टोलीले प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत् प्रधानमन्त्रीलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापन–पत्र बुझाएको हो । ज्ञापनपत्रमा नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्दा समेत वर्तमान सरकारले कुनै प्रतिक्रिया नदेखाएको भन्दै खेद प्रकट गरिएको छ । सो क्षेत्रमा सडक निर्माण गर्न तत्काल रोक लगाई भारतीय सेना र कर्मचारी फिर्ता पठाउनुपर्ने माग गरिएको छ ।
यस्तै, पेट्रोलिय पदार्थलगायत दैनिक उपभोग्य सामग्रीमा भएको मूल्यवृद्धि फिर्त लिन समेत ज्ञापनपत्रमा माग गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रौतहटको गौरमा आयोजित कार्यक्रममा नागरिकको ज्यान मार्ने धम्कीपूर्ण अभिव्यक्ति दिएर हिंसा भड्काउन खोजेको भन्दै राष्ट्रिय युवा संघले आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाउँदै मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
वर्तमान सरकारले संविधानको भावना विपरीत स्थानीय तहको निर्वाचन सार्ने बहानाबाजी गरिरहेको भन्दै तत्काल संविधान बमोजिमको मितिमा निर्वाचन घोषणा गर्न पनि माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले राष्ट्रियता र समसामयिक विषयमा ज्ञापनपत्र प्राप्त भएकाले तत्काल प्रधानमन्त्री समक्ष पुर्याउने प्रतिवद्धता जनाएका थिए । उनले कोरोनाको जोखिमको समय रहेकाले त्यसलाई मध्यनजर गरेर मात्रै विरोधका कार्यक्रम गर्न समेत आग्रह गरे ।
ज्ञापनपत्र बुझाउने क्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सुमन मिरिङचिङ, मनिष श्रेष्ठ, पूर्व कोषाध्यक्ष मुकेश बुढाथोकी, जिल्ला कमिटी सदस्य प्रवीण घिमिरे, लक्ष्मण बुढाथोकी, संघका विराटनगर अध्यक्ष किरण लामा, सुन्दरहरैंचाका अध्यक्ष जयप्रकाश रायमाझी, रंगेलीका अध्यक्ष बमलाल खवास लगायतको उपस्थिति थियो ।

Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login