अपराध
ब्राउन सुगरसहित १ जना पक्राउ
काँकरभिट्टाः झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट ब्राउन सुगर सहित मेचीनगर–११ का २३ वर्षीय सेवन उराउ पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उराउमाथि शङ्का लागर शरीर जाँच गर्दा उनको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । ब्राउन सुगरसहित पक्राउ परेका उराउको सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comment
Banner
साफ यु–१९ महिला च्याम्पियनसिप : पहिलो जितको लक्ष्यसहित मैदानमा नेपाल
साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपाल आज पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रिँदैछ। प्रतियोगितामा राम्रो सुरुवात गर्ने लक्ष्यसहित नेपाली टोलीले तयारी पूरा गरेको छ।
प्रशिक्षकका अनुसार टोलीले आक्रमण र रक्षात्मक दुवै पक्षमा सुधार गरेको छ। पछिल्ला अभ्यास खेलहरूमा खेलाडीहरूको तालमेल र फिटनेस सन्तोषजनक देखिएको जनाइएको छ। टोली कप्तानले पनि जितका लागि सबै खेलाडी केन्द्रित र आत्मविश्वासी रहेको बताएकी छन्।
प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाली क्षेत्रका बलिया टोलीहरू सहभागी रहेकाले प्रत्येक खेल चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ। तर घरेलु तयारी र टोलीको उत्साहलाई आधार मान्दै नेपाली समर्थकहरू पहिलो जितको आशामा छन्।
नेपालको आजको खेलले प्रतियोगितामा टोलीको यात्रा र सम्भावनाको दिशा तय गर्ने भएकाले खेलप्रेमीहरूको चासो उच्च छ।
Banner
इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको आग्रह
इरानमा रहेका नेपालीहरूलाई तत्काल स्वदेश फर्कन सरकारले आग्रह गरेको छ ।
इरानमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ निकालेर नेपाली नागरिकलाई इरान भ्रमणमा नजान र त्यहाँ रहेका नेपालीलाई तत्काल देश छाड्न आग्रह गरेको हो । मन्त्रायलले इरानबाट आपत्कालीन अवस्थामा बाहिरिन सहज होस् भनेर राहदानी र परिचयपत्रलगायतका यात्रा कागजातहरू तयारी अवस्थामा राख्न भनेको छ ।
इरानमा रहेका नेपालीहरूले समन्वय र सहयोगका लागि परराष्ट्र मन्त्रालय र कतारको दोहामा रहेको राजदूतावासलाई सम्पर्क गर्नसक्ने ‘ट्राभल एड्भाइजरी’ मा उल्लेख छ ।
Banner
सूर्यकुण्ड हाइड्रोको आईपीओमा आजदेखि आवेदन खुला
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज (माघ १८ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ६८ हजार ९६७ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीहरुका लागि र ३४ हजार ४८४ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ २१ गते हुनेछ भने ढिलोमा फागुन ३ गते हुनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।७१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login