खेलकुद
प्रथम सुन्दरहरैंचा प्रदेशस्तरीय फुटबलमा आयोजक र धनकुटा फुटबल क्लब भिड्दै, हालसम्म गोलरहित बराबरी
Banner
युरोकप २०२४ को क्वाटरफाइनलमा स्पेन र जर्मनको महाभिडन्त आज, कस्ले मार्ला बाजि ?
जर्मनीमा जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।
स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।
स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।
युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।
त्यसैगरी यस युरोकपको आयोजक समेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ । जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।
Banner
मेसीले ओलम्पिक नखेल्ने
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ओलम्पिक नखेल्ने भएका छन्।
पेरिसमा हुने ओलम्पिकका लागि राष्ट्रिय टोलीको सूचीमा उनको नाम समावेश नभएको प्रशिक्षक जेभियर मास्चेरानोले बताएका छन्।
मास्चेरानोले मेसीसहित स्ट्राइकर जुलियन अल्भारेज र डिफेन्डर निकोलस ओटामेन्डीसहितका खेलाडीलाई पनि आराम दिइएको घोषणा गरे।
ओलम्पिकमा सिनियरबाट तीन जनासहित २३ वर्षमुनिका खेलाडीलाई समावेश गरेर टोलीको घोषणा हुने गरेको छ। मेसीले बेइजिङमा सन् २००८ मा भएको ओलम्पिकमा अर्जेन्टिनाले फुटबलतर्फ स्वर्ण जित्दा मेसी टोलीका सदस्य थिए।
अर्जेन्टिनाले सन् २००४ को ओलम्पिकमा पनि स्वर्ण जितेको थियो। मुख्य प्रशिक्षक मास्चेरानोले कोपा अमेरिका सकिएपछि गोलकिपर गेरोनिमो रुली, ओटामेन्डी र अल्भारेजलाई टोलीमा समावेश गर्नेछन्।
यद्यपि अमेरिकामा जारी कोपा अमेरिकामा भने मेसी टोलीमा छन्। अर्जेन्टिना प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।
सन् २०२१ मा कोपा जितेको मेसीको टोली अर्जेन्टिनाले २०२२ मा विश्वकप जितेको थियो। ओलम्पिक फुटबल प्रतियोगिताको पहिलो खेलमा अर्जेन्टिनाले जुलाई २४ मा मोरक्कोसँग खेल्नेछ। समूह बीमा अर्जेन्टिना, मोरक्को, इराक र युक्रेन छन्।
Banner
स्लोभाकियाको हातबाट पराजित भएर प्रतियोगिताबाटै बाहिरिने डरबाट गुज्रिँदै इंग्ल्यान्डले आइतबार युरो २०२४ को क्वार्टरफाइनल यात्रा तय
स्लोभाकियाको हातबाट पराजित भएर प्रतियोगिताबाटै बाहिरिने डरबाट गुज्रिँदै इंग्ल्यान्डले आइतबार युरो २०२४ को क्वार्टरफाइनल यात्रा तय गरेको छ । इंग्ल्यान्ड अतिरित्त समयको खेलमा २–१ ले विजयी भएको हो ।
इभान स्क्रान्जले २५ औं मिनेटमा गरेको गोलले स्लोभाकिया अगाडि रहेको थियो र यो लगभग अन्त्यसम्म कायम रह्यो । पहिलो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा जुड बेलिङघमले बराबरी गोल फर्काए भने अतिरिक्त समयको पहिलो मिनेटमै ह्यारी केनले विजयी गोल गरे ।
यस जितपछि ५८ वर्षयता इंग्ल्यान्डको पहिलो ठूलो उपाधि जित्ने सपना कायम रह्यो । अब शनिबार हुने अन्तिम आठको खेलमा इंग्ल्यान्डले स्विजरल्यान्डको सामना गर्नेछ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login