Connect with us
Advertisement

प्रथम सुन्दरहरैंचा प्रदेशस्तरीय फुटबलमा आयोजक हाबी, ३–० गोलको अग्रता

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचामा भइरहेको प्रथम सुन्दरहरैंचा प्रदेशस्तरीय फुटबलको दोस्रो दिनको दोस्रो हाफको खेल चलिरहँदा आयोजक मुस्लिम युवा संघले ३ गोल गरेको छ ।

प्रस्तावित इन्द्रपुर रंगशालामा भइरहेको खेलमा आयोजक मुस्लिम युवा संघका जर्सी नम्बर १० का रोहन गुरुङले थप १ गोल गरे । यसअघिआयोजकका लागि उनै गुरुङले १ गोल गरेका थिए भने जर्सी नम्बर ६ का कोमल खवासले १ गोल गरेका थिए । धनकुटा फुटबल क्लबले भने गोल गर्न सकेको छैन ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

युरोकप २०२४ को क्वाटरफाइनलमा स्पेन र जर्मनको महाभिडन्त आज, कस्ले मार्ला बाजि ?

Published

on

जर्मनीमा जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।

स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।

स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।

युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।

त्यसैगरी यस युरोकपको आयोजक समेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ । जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।

Continue Reading

Banner

मेसीले ओलम्पिक नखेल्ने

Published

on

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ओलम्पिक नखेल्ने भएका छन्।

पेरिसमा हुने ओलम्पिकका लागि राष्ट्रिय टोलीको सूचीमा उनको नाम समावेश नभएको प्रशिक्षक जेभियर मास्चेरानोले बताएका छन्।

मास्चेरानोले मेसीसहित स्ट्राइकर जुलियन अल्भारेज र डिफेन्डर निकोलस ओटामेन्डीसहितका खेलाडीलाई पनि आराम दिइएको घोषणा गरे।

ओलम्पिकमा सिनियरबाट तीन जनासहित २३ वर्षमुनिका खेलाडीलाई समावेश गरेर टोलीको घोषणा हुने गरेको छ। मेसीले बेइजिङमा सन् २००८ मा भएको ओलम्पिकमा अर्जेन्टिनाले फुटबलतर्फ स्वर्ण जित्दा मेसी टोलीका सदस्य थिए।

अर्जेन्टिनाले सन् २००४ को ओलम्पिकमा पनि स्वर्ण जितेको थियो। मुख्य प्रशिक्षक मास्चेरानोले कोपा अमेरिका सकिएपछि गोलकिपर गेरोनिमो रुली, ओटामेन्डी र अल्भारेजलाई टोलीमा समावेश गर्नेछन्।

यद्यपि अमेरिकामा जारी कोपा अमेरिकामा भने मेसी टोलीमा छन्। अर्जेन्टिना प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।

सन् २०२१ मा कोपा जितेको मेसीको टोली अर्जेन्टिनाले २०२२ मा विश्वकप जितेको थियो। ओलम्पिक फुटबल प्रतियोगिताको पहिलो खेलमा अर्जेन्टिनाले जुलाई २४ मा मोरक्कोसँग खेल्नेछ। समूह बीमा अर्जेन्टिना, मोरक्को, इराक र युक्रेन छन्।

Continue Reading

Banner

स्लोभाकियाको हातबाट पराजित भएर प्रतियोगिताबाटै बाहिरिने डरबाट गुज्रिँदै इंग्ल्यान्डले आइतबार युरो २०२४ को क्वार्टरफाइनल यात्रा तय

Published

on

स्लोभाकियाको हातबाट पराजित भएर प्रतियोगिताबाटै बाहिरिने डरबाट गुज्रिँदै इंग्ल्यान्डले आइतबार युरो २०२४ को क्वार्टरफाइनल यात्रा तय गरेको छ । इंग्ल्यान्ड अतिरित्त समयको खेलमा २–१ ले विजयी भएको हो ।

इभान स्क्रान्जले २५ औं मिनेटमा गरेको गोलले स्लोभाकिया अगाडि रहेको थियो र यो लगभग अन्त्यसम्म कायम रह्यो । पहिलो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा जुड बेलिङघमले बराबरी गोल फर्काए भने अतिरिक्त समयको पहिलो मिनेटमै ह्यारी केनले विजयी गोल गरे ।

यस जितपछि ५८ वर्षयता इंग्ल्यान्डको पहिलो ठूलो उपाधि जित्ने सपना कायम रह्यो । अब शनिबार हुने अन्तिम आठको खेलमा इंग्ल्यान्डले स्विजरल्यान्डको सामना गर्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक