Connect with us
Advertisement

साजीलाल माविको ५४ औं वार्षिकोत्सव शुरु

Published

on

विराटचोकः मोरङको सुन्दरहरैचा–६ मा रहेको साजीलाल माविको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुरु भएको छ ।

सीप तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) का १ नम्बर प्रदेश निर्देशक शिवप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

वार्षिकोत्सवको दोस्रो दिन सोमबार विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत, वार्षिक मुखपत्र विमोचन तथा सांस्कृतिक कार्यक्रम हुने प्रधानाध्यापक कल्याण सिटौलाले जानकारी दिए ।

पहिलो दिनको कार्यक्रम शिक्षक श्याम भट्टराईले सञ्चालन गरेका थिए । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गीता शर्मा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ विशेष अतिथि रहेकी थिइन् ।

Continue Reading

Facebook Comment

27 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज २०८३ साल जेठ १४ गते बिहीबारको राशिफल

Published

on

२०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल पक्षको द्वादशी तिथि। बकर ईद  । तदनुसार सन् २०२६ मे २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : सोचेका काम बन्नेछ। बोल्दा विवेक प्रयोग गर्नु उचित हुन्छ। धन लाभ हुनेछ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्ने दिन छ। मिहिनेतको फल प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

मिथुन : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। मिहिनेत गरेर बनाएको योजना सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ।

कर्कट : व्यवहार गर्दा सचेत नबने हरेक काममा समस्या हुनसक्छ। सानो कुराले मन अशान्त बन्नेछ। शिक्षाको क्षेत्रमा अवरोध भए पनि मिहिनेत निरन्तर गरेमा सफलता मिल्नेछ।

सिंह : बोल्दा विवेक प्रयोग नगरे आफ्नै बोलीका कारण व्यापारमा जोखिम छ। धार्मिक क्षेत्रको लगाबले मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। रोजगारीको अवसर स्वदेशमै बन्नेछ।

कन्या : दिन उत्तम छ। सोचेका हरेक काम बन्नेछन्। साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। व्यवहारमा नाफा हुँदा मन शान्त बन्नेछ ।

तुला : शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। नाम र दाम दुवै कमाउने योग छ। सोचेर बोल्नुपर्ने समय आएकाले सचेत बन्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

वृश्चिक : कुरा काट्नेहरु सक्रिय हुनेछन् । मनकाे कुरा लुकाउनु फाइदा हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। हरेक क्षेत्रमा सफलताका लागि मिहिनेत गर्नुपर्ने छ ।

धनु : व्यापारमा फाइदा हुनेछ ।  दाजुभाइसँगको सहकार्य फलदायी हुने योग छ। विपक्षी समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ। शिक्षामा गरेको मिहिनेतको फल मिल्ने योग छ ।

मकर: आज नसोचेको ठाउँबाट आम्दानी हुनेछ। स्वास्थयमा लाभ हुनेछ। संकटमा परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। मन शान्त बन्ने योग छ ।

कुम्भ : तपाईंको आफ्नै बोली र व्यवहारका कारण काम बन्नेछ।  पारिवार भित्र  मेलमिलाप हुनेछ। साथीभाइसँगको भेटले नयाँ योजना तय हुनसक्छ। व्यापारमा नाफा हुनेछ । यात्राको योग छ ।

मीन : बोलीमा ख्याल नगर्दा पश्चाताप हुनेछ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ। साना कुराले मन अशान्त हुनेछ। शिक्षामा गरेकी मिहिनेतको फल मिल्नेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ ।

Continue Reading

Banner

किसानलाई दूधको दैनिक एक करोड भुक्तानी भइरहेको कृषि मन्त्री चौधरीको दाबी

Published

on

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक एक करोड रुपैयाँ किसानलाई भुक्तानी भइरहेको दाबी गर्नुभएको छ ।

पछिल्लो चार महिनाको झण्डै ५८ करोड बक्यौता दायित्वमध्ये अहिलेसम्म १२ करोड रकम भुक्तानी भइसकेको छ । एक महिनाको रकम आउँदो असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी छ । डीडीसीको अहिले दैनिक झण्डै एक करोडको कारोबार भइरहेको छ ।

यो रकम दैनिक रुपमा किसानलाई भुक्तानी भइरहेको हो । बाँकी रहेको रकम ४६ करोड दुई महिनामा भुक्तानी हुनेछ । दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताउनुभयो ।

दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको कृषि मन्त्रालयले जनाएको छ ।

Continue Reading

Banner

रतुवा, लोहन्द्रा र वक्राहा नदीमा ‘स्टिल आर्क’ प्रविधिको पुल बन्दै

Published

on

एसियाली राजमार्ग (एसियन हाइवे)अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)मा पर्ने तीनवटा पुलको निर्माण द्रुतगतिमा अघि बढेको छ ।
योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवासहित मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण भइरहेका छन् । हालसम्म पुल निर्माणतर्फ ४० प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो ।
सम्झौताअनुसार आगामी २०८३ माघ १ गतेभित्र पुल निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने म्याद छ । राजमार्गको सडक विस्तारको काम केही सुस्त देखिए पनि पुलको काम भने निरन्तर चलिरहेको छ ।
झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको कुल ९५ किलोमिटर सडकखण्डलाई विभिन्न प्याकेजमा वर्गीकरण गरिएको छ । जसमा झापाको सीतापुरीदेखि पश्चिम खण्डमा पर्ने २० पुलमध्यें यी तीनवटा सबैभन्दा ठूला हुन् ।
रतुवा नदीमा ५८५ मिटर, लोहन्द्रा नदीमा ३८५ मिटर र बक्राहा नदीमा ३१८ मिटर लामो पुल निर्माण भइरहेको छ । तीनवटै पुल निर्माणमा आधुनिक र सुन्दर देखिने ‘स्टिल आर्क’ प्रविधिको प्रयोग हुने आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।
तीनवटा पुलको निर्माणसम्बन्धी ठेक्का कोभेक–सिआरइजिसी–चाइना स्टेट सेभेन्थ जेभीले पाँच अर्बमा लिएको छ । पुलमा प्रयोग हुने स्टिल संरचनासम्बन्धी उच्च प्राविधिक कार्य चिनियाँ कम्पनी आफैँले गरिरहेको छ भने बाँकी सिभिल निर्माणका काम नेपाली साझेदार कम्पनीले सम्हालिरहेको उहाँले जानकारी दिनुभयो ।
रतुवा नदीमा बन्ने ५८५ मिटर लामो ‘सिग्नेचर’ पुलमध्ये २६४ मिटर खण्ड ‘स्टिल आर्क’ र बाँकी खण्ड कङ्क्रिटको हुने जनाइएको छ । यस पुलमा तीनवटा स्पान रहने भएको छ । लोहन्द्रा नदीको ३८५ मिटर लम्बाइको पुलमा ८० मिटरका दुईवटा स्टिल स्पान रहनेछन् । बक्राहा नदीको ३१८ मिटर लामो पुलमा पनि दुईवटा स्पान रहने जनाइएको छ ।
मोरङको उर्लाबारीस्थित सडकको दक्षिण किनारमा स्टिलका पाटपुर्जा फ्याब्रिकेसन (जडान)कार्य भइरहेको र त्यहाँ तयार गरिएका सामग्रीलाई पुलको मुख्य संरचनामा ल्याएर जडान गर्ने काम धमाधम भइरहेको उहाँले बताउनुभयो ।
वर्षायाममा पनि पुलको निर्माणकार्य प्रभावित नहुने गरी प्राविधिक तयारी मिलाइएको आयोजनाले जनाएको छ । हाल रतुवा नदीको पुललाई प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको छ । रतुवामा तीनवटा स्पानको काम सकिएर अर्को ‘आर्क’ थप्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । रतुवाको काम सकिएलगत्तै लोहन्द्रा र बक्राहा पुलको निर्माण कामलाई तीव्रता दिइने उहाँको भनाइ छ ।
रतुवा पुलको पूर्वी भागबाट स्टिल आर्कको कार्य विस्तार भइरहेको छ । स्टिलतर्फको धेरैजसो काम भइसकेको र अब कङ्क्रिटको काममात्र बाँकी रहेकाले तोकिएकै समयमा काम सम्पन्न हुने आयोजना प्रमुख प्रजापतिको दाबी छ ।
प्राविधिक कारणले गर्दा पुलको निर्माण सम्पन्न गर्न सम्झौता अवधिभन्दा थप पाँच महिना जति बढी समय लाग्न सक्ने आयोजनाको अनुमान छ । “कामलाई निर्धारित समयमै सक्न आयोजना कार्यालय र निर्माण कम्पनीका इन्जिनियर तथा प्राविधिक टोली साइटमै निरन्तर खटिइरहनुभएको छ”, प्रजापतिले भन्नुभयो, “अथक प्रयास गर्दागर्दै पनि प्राविधिक कारणले पाँच महिना थप अवधि लाग्न सक्छ ।”
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक