खेलकुद
प्रथम सुन्दरहरैंचा प्रदेशस्तरीय फुटबलको पहिलो हाफमा २–२ गोलको बराबरी
विराटचोकः प्रथम सुन्दरहरैंचा प्रदेशस्तरीय फुटबल क्लबमा आज तेस्रो दिनको पहिलो हाफको खेल सकिएको छ ।
नेपाल मुस्लिम सङ्घको आयोजनामा भइरहेको खेल प्रस्तावित इन्द्रपुर रङ्गशालामा शुरु भएको हो । प्रतियोगिताअन्तर्गत अहिले उदयपुरको गाईघाट फुटबल क्लब र झापाको भाङबाडी फुटबल क्लबबीच खेल भइरहेको छ ।
पहिलो हाफसम्ममा दुवै टिमले २–२ गोल गरेका छन् । झापाका लागि कर्ण लिम्बू र घन लिम्बू तथा उदयपुरका लागि सदन मन्सुरी र समीरराज राउतले गोल गरेका थिए । अहिले दोस्रो हाफको खेल शुरु भएको छ ।
Facebook Comment
Banner
टी–२० शृङ्खलामा अस्ट्रेलियामाथि पाकिस्तानको ऐतिहासिक जीत
अस्ट्रेलियासँगको टी–२० शृङ्खला पाकिस्तानले जितेको छ । पाकिस्तानले लगातार दोश्रो खेलमा अस्ट्रेलियालाई ९० रनले हराउँदै ३ खेलको टी–२० शृङ्खला जितेको हो ।
यो पाकिस्तानले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १५ ओभर ४ बलमा १ सय ८ रनमा अलआउट भयो । अस्ट्रेलियाका क्यामरुन ग्रीनले सबैभन्दा धेरै ३५ रन बनाए । पाकिस्तानका अब्रार अहमद र शादाब खान समान ३ विकेट लिए । त्यसअघि लाहोरमा गएराति टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ५ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।
पाकिस्तानका सलमान आगाले ७६ र उस्मान खानले ५३ रन बनाए । यो जीतसँगै पाकिस्तानले थुप्रै कीर्तिमान समेत बनाएको छ । पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग बनाएको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि सन् २०१८ मा जिम्बाब्वेमा भएको त्रिकोणात्मक शृङ्खलाको लिग खेलमा पाकिस्तानले १ सय ९४ रन बनाएको थियो ।
साथै पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग सबैभन्दा बढी अन्तरले जितेको खेल पनि बनेको छ । यसअघि सन् २०१८ मा युएईमा भएको टी–२० मा पाकिस्तानले ६६ रनले जितेको थियो ।
यसैगरी टी–२० अन्तर्राष्ट्रिय खेलको इतिहासमा पहिलो पटक पाकिस्तानका स्पिन बलहरुले सबै १० विकेट लिएका छन् । यी दुई देशबीचको तेश्रो तथा अन्तिम टी–२० खेल लाहोरमै आज नेपालीसमयअनुसार दिउँसो पौने ५ बजे शुरू हुनेछ ।
Banner
स्कटल्यान्डसँग पराजित, नेपाल समूह चरणबाट बाहिरियो
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भएको हो ।
स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ५ बलमा ६८ रनमा अलआउट भयो । नेपालकी विन्दु रावल र रोमा थापाले अविजित १४ रन बनाए । स्कटल्यान्डकी अबतहा मकसूदले ३ विकेट लिइन् ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले १ सय ४० रन बनाउँदै अलआउट भयो । स्कटल्यान्डकी प्रियनाज चटर्जीले अविजित ४५ रन बनाइन् । नेपालकी मनिषा उमाध्यायले ४ र रुविना क्षेत्रीले ३ विकेट लिइन् ।
योसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना सकिएको छ । स्कटल्यान्डले भने सुपर सिक्समा स्थान बनाएको छ । यसैबीच आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स पुग्ने ६ वटै टोलीको टुङ्गो लागेको छ । आजको नतिजासँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् ।
समूह ‘ए’ मा पपुवा न्यु गिनीलाई ५ विकेटले हराएपछि अमेरिका पनि सुपर सिक्समा पुगेको छ । समूह ‘ए’ बाट बङ्गलादेशसँगै आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेको हो । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली यही जुनमा इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।
Banner
विश्वकप छनोटमा नेपाल जित्नै पर्ने अवस्थामा
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफयारमा आज स्कटल्यान्डको सामना गर्दा घरेलु टोली नेपाल जित्नै पर्ने दबाबमा छ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान बजे सुरु हुँदैछ । समूह चरणको अन्तिम खेल खेल्दै गरेको नेपाल यो खेल जित्दै सुपर सिक्सको सम्भावना जिवितै राख्न चाहन्छ ।
थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित नेपालले पछिल्लो खेलमा खेलमा जिम्बाबेमाथि जित निकालेको थियो । आज नेपालले जितेर मात्रै पुग्दैन थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने हुन्छ ।
हालको अवस्थालाई हेर्दा नेपालले स्कटल्यान्ड तथा नेदरल्यान्ड्सले थाइल्यान्डलाई हराएमा नेपाल अघि बढ्ने सम्भावना सबैभन्दा बलियो देखिन्छ ।
नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल र स्कटल्यान्डको समान ४ अंक हुन्छ । यस्तोमा नेटरनरेट हेरिन्छ, त्यसमा स्कटल्यान्ड निकै अगाडि छ ।
यदि नेपाल स्कटल्यान्डसँग पराजित भएमा स्वतः बाहिरिनेछ र थाइल्यान्ड र स्कटल्यान्ड सुपर सिक्सका लागि छनोट हुनेछन् । नेदरल्यान्ड्स यसअघि नै अघिल्लो चरणमा पुगिसकेको छ ।
स्कटल्यान्डले टी–२० विश्वकपको अभुभव लिइसकेको छ । गत संस्करण यूएईमा भएको प्रतियोगितामा सहभागिता जनाएको टोली समूह चरणबाट अगाडि भने बढ्न सकेन । सोही विश्वकपकै आधारमा स्कटल्यान्ड सोझै ग्लोबल छनोट खेल्न लागेको हो ।
टी–२० अन्तर्राष्ट्रियमा नेपाल र स्कटल्यान्ड पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताअघि भएको अभ्यास खेलमा भने नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको थियो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login