Connect with us
Advertisement

इटहरी गोल्डकपमा सहभागी हुने सुन्दरहरैंचाका खेलाडीलाई शुभकामनासहित बिदाइ

Published

on

विराटचोकः शनिबार शुरु हुने १२ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा सहभागी मोरङ एघारलाई प्रतिनिधित्व गर्ने सगरमाथा युथ क्लब सुन्दरहरैंचाका खेलाडीलाई शुभकामनासहित बिदाइ गरिएको छ ।

शुक्रबार सुन्दरहरैंचा नगरपालिकाको सभाहलमा विभिन्न संघ संस्थाको प्रतिनिधिमूलक सहभागितामा खेलाडीलाई बिदाइ गरिएको हो । क्लबका प्रशिक्षक युवेन्द्र गुरुङले क्लबलाई चलाउन खेलैपिच्छे आर्थिक सहयोग मागेर जान नसक्ने बताए । उनले भने, ‘खेलाडी उत्पादन गरेर राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा सुन्दरहरैंचालाई चिनाउने माध्यम सगरमाथा युथ क्लब भएकाले यसको विकासका लागि सबै लाग्नुपर्छ ।’

अहिले राष्ट्रिय टिममा थ्री स्टार क्लबका क्याप्टेन सगरमाथा क्लबकै उत्पादन अशोक खवास रहेका छन् । यस्तै, ए डिभिजन खेल्ने पूर्ण चेम्जोङ, भुवन बस्नेत लगायतका धेरै खेलाडी उत्पादन गरेको कोच गुरुङले बताए । इटहरीमा हुने खेलको लागि ३ जना अफ्रिकन, १ जना भारतीय खेलाडीको सहभागिता रहने क्लबले जनाएको छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नगर खेलकुद समिति गठन गरेर खेल क्षेत्रमा आउने समस्याको निराकरण र खेलकुदको विकासमा जोड्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख शिवप्रसाद ढकालले खेलकुदको विकास सँगै खेलको हल तथा मैदान व्यवस्थापनमा नगरपालिका लागिरहेको बताए । जुनसुकै खेल खेल्दा पनि आवश्यक सहयोग नगरपालिकाले गरिरहेको उनको भनाइ थियो । खेलमा विजेयी हुने खेलाडीलाई थप रकम समेतको व्यवस्था गर्दै आएको मेयर ढकालले बताए ।

खेल क्षेत्रलाई व्यवस्थित गर्ने गरी खेलकुद विकास समिति बनाउनुपर्नेमा बनाउन नसकिएको उनले स्वीकारे । दलीय प्रणालीमा सबै दलबीच सहमति भएपछि मात्रै यस्ता समिति बनाउनुपर्ने भएको र सहमति नजुटेकाले समिति बन्न नसकेको उनले औँल्याए । दलीय सहमति भएर आए एक घण्टाभित्रै नगर विकास समति बन्ने उनको भनाइ थियो । विदेशी खेलमा सहभागी खेलाडीलाई २५ हजार रुपैयाँ नगरपालिकाले सहयोग गर्दै आएको समेत उनले स्मरण गरे । फुटबल, भलिबल, नेट जालीलगायतका आवश्यक खेल सामग्री खरिद गरी नगरपालिकाले सहयोग गर्दै आएको उनको भनाइ थियो । मेयर ढकालले इटहरी गोल्डकपमा सहभागी खेलाडीलाई शुभकामना व्यक्त गरेका थिए ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज चापागाईले संस्थालाई संस्थागत बनाएर लानुपर्ने बताए । स्थानीय सरकारले विकास के हो त्यो नबुझेकाले खेल क्षेत्रमा समस्या आएको बताए । खेलकुद विकास समिति बनाएर सबै युवालाई एकसाथ खेलमा सहभागी गराएर अनुशासित र सामाजिक व्यक्ति निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

यसैगरी, इन्द्रपुर साना शहरी खानेपानी आयोजनाका अध्यक्ष केदारप्रसाद गुरागाईँले पाँच वर्ष बितिसक्दा पनि खेलकुद विकास समिति नबनाएकाले तुलनात्मक रुपमा खेल क्षेत्रको विकास नभएको बताए । क्लब भनेको समाजको सम्पत्ति भएकाले यसलाई बचाएर लानुपर्ने धारणा उनले राखेका थिए । यसका लागि अक्षयकोष स्थापना गरेर ब्याजबाट क्लबलाई चलाउन सकिने समेत उनले सुझाए ।

यसैगरी, नेपाली कांग्रेस मोरङ जिल्ला सचिव ललितबहादुर श्रेष्ठले खेलकुद क्षेत्रको विकास गर्नुपर्ने बताए । नगरमा खेलप्रेमीबीच समझदारी र सहमति नभएकाले समिति बनाउन नसकिएको समेत बताए । उनले खेलक्ष् ोत्रमा लाग्नेलाई सहयोग गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस नगर सभापति भक्तिप्रसाद सिटौलाले खेलाडीले अनुशासित भएर खेलेर विजयी हासिल गर्दै यस क्षेत्रको नाम राख्नुपर्ने बताए ।

कार्यक्रममा समाजसेवी सुरेन्द्रबहादुर थापा, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्की, सगमाथा युथ क्लवका संस्थापक अध्यक्ष प्रकाश श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन खेलप्रेमी समीर बस्नेतले गरेका थिए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ

Published

on

२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।

२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।

‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।

यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।

यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्‍यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’

यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।

६ दिनको अटो शोमा कति भयो बिजनेस ?

नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।

यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।

Continue Reading

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक