खेलकुद
इटहरी गोल्डकपमा सहभागी हुने सुन्दरहरैंचाका खेलाडीलाई शुभकामनासहित बिदाइ
विराटचोकः शनिबार शुरु हुने १२ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा सहभागी मोरङ एघारलाई प्रतिनिधित्व गर्ने सगरमाथा युथ क्लब सुन्दरहरैंचाका खेलाडीलाई शुभकामनासहित बिदाइ गरिएको छ ।
शुक्रबार सुन्दरहरैंचा नगरपालिकाको सभाहलमा विभिन्न संघ संस्थाको प्रतिनिधिमूलक सहभागितामा खेलाडीलाई बिदाइ गरिएको हो । क्लबका प्रशिक्षक युवेन्द्र गुरुङले क्लबलाई चलाउन खेलैपिच्छे आर्थिक सहयोग मागेर जान नसक्ने बताए । उनले भने, ‘खेलाडी उत्पादन गरेर राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा सुन्दरहरैंचालाई चिनाउने माध्यम सगरमाथा युथ क्लब भएकाले यसको विकासका लागि सबै लाग्नुपर्छ ।’

अहिले राष्ट्रिय टिममा थ्री स्टार क्लबका क्याप्टेन सगरमाथा क्लबकै उत्पादन अशोक खवास रहेका छन् । यस्तै, ए डिभिजन खेल्ने पूर्ण चेम्जोङ, भुवन बस्नेत लगायतका धेरै खेलाडी उत्पादन गरेको कोच गुरुङले बताए । इटहरीमा हुने खेलको लागि ३ जना अफ्रिकन, १ जना भारतीय खेलाडीको सहभागिता रहने क्लबले जनाएको छ ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नगर खेलकुद समिति गठन गरेर खेल क्षेत्रमा आउने समस्याको निराकरण र खेलकुदको विकासमा जोड्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख शिवप्रसाद ढकालले खेलकुदको विकास सँगै खेलको हल तथा मैदान व्यवस्थापनमा नगरपालिका लागिरहेको बताए । जुनसुकै खेल खेल्दा पनि आवश्यक सहयोग नगरपालिकाले गरिरहेको उनको भनाइ थियो । खेलमा विजेयी हुने खेलाडीलाई थप रकम समेतको व्यवस्था गर्दै आएको मेयर ढकालले बताए ।
खेल क्षेत्रलाई व्यवस्थित गर्ने गरी खेलकुद विकास समिति बनाउनुपर्नेमा बनाउन नसकिएको उनले स्वीकारे । दलीय प्रणालीमा सबै दलबीच सहमति भएपछि मात्रै यस्ता समिति बनाउनुपर्ने भएको र सहमति नजुटेकाले समिति बन्न नसकेको उनले औँल्याए । दलीय सहमति भएर आए एक घण्टाभित्रै नगर विकास समति बन्ने उनको भनाइ थियो । विदेशी खेलमा सहभागी खेलाडीलाई २५ हजार रुपैयाँ नगरपालिकाले सहयोग गर्दै आएको समेत उनले स्मरण गरे । फुटबल, भलिबल, नेट जालीलगायतका आवश्यक खेल सामग्री खरिद गरी नगरपालिकाले सहयोग गर्दै आएको उनको भनाइ थियो । मेयर ढकालले इटहरी गोल्डकपमा सहभागी खेलाडीलाई शुभकामना व्यक्त गरेका थिए ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज चापागाईले संस्थालाई संस्थागत बनाएर लानुपर्ने बताए । स्थानीय सरकारले विकास के हो त्यो नबुझेकाले खेल क्षेत्रमा समस्या आएको बताए । खेलकुद विकास समिति बनाएर सबै युवालाई एकसाथ खेलमा सहभागी गराएर अनुशासित र सामाजिक व्यक्ति निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
यसैगरी, इन्द्रपुर साना शहरी खानेपानी आयोजनाका अध्यक्ष केदारप्रसाद गुरागाईँले पाँच वर्ष बितिसक्दा पनि खेलकुद विकास समिति नबनाएकाले तुलनात्मक रुपमा खेल क्षेत्रको विकास नभएको बताए । क्लब भनेको समाजको सम्पत्ति भएकाले यसलाई बचाएर लानुपर्ने धारणा उनले राखेका थिए । यसका लागि अक्षयकोष स्थापना गरेर ब्याजबाट क्लबलाई चलाउन सकिने समेत उनले सुझाए ।
यसैगरी, नेपाली कांग्रेस मोरङ जिल्ला सचिव ललितबहादुर श्रेष्ठले खेलकुद क्षेत्रको विकास गर्नुपर्ने बताए । नगरमा खेलप्रेमीबीच समझदारी र सहमति नभएकाले समिति बनाउन नसकिएको समेत बताए । उनले खेलक्ष् ोत्रमा लाग्नेलाई सहयोग गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस नगर सभापति भक्तिप्रसाद सिटौलाले खेलाडीले अनुशासित भएर खेलेर विजयी हासिल गर्दै यस क्षेत्रको नाम राख्नुपर्ने बताए ।
कार्यक्रममा समाजसेवी सुरेन्द्रबहादुर थापा, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्की, सगमाथा युथ क्लवका संस्थापक अध्यक्ष प्रकाश श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन खेलप्रेमी समीर बस्नेतले गरेका थिए ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login