Connect with us
Advertisement

सम्मानजनक गठबन्धन नभएको भन्दै एकीकृत समाजवादी एक्लै सुन्दरहरैंचाको चुनावी मैदानमा

Published

on

विराटचोकः सम्मानजनक गठबन्धन नभएको भन्दै नेकपा एकीकृत समाजवादीले सुन्दरहरैंचा नगरपालिकामा गठबन्धन नगर्ने भएको छ । एकीकृत समाजवादीले सुन्दरहरैंचामा नगर उपप्रमुखसहित केही वडाध्यक्ष आफूले पाउनुपर्ने दाबी गरेको थियो । तर, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएपछि एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको हो ।

‘हामीले पहिलेदेखि नै सम्बन्धित गठबन्धनको पक्षमा छौँ भनेका थियौँ,’ एकीकृत समाजवादीका नगर अध्यक्ष तथा उपप्रमुख पदका उम्मेद्वार महेश आचार्यले भने, ‘तर, गठबन्धनको नाममा हामीलाई पाखा लगाउने काम भयो । तैपनि अन्तिम समयसम्म हामी गठबन्धनको पक्षमा थियौँ । अब त्यो पनि समाप्त भयो । गठबन्धनमा बेइमानी देखियो ।’

गठबन्धनको गृहकार्य औपचारिक रुपमा सकिएको संकेत आचार्यले आज दिउँसो ४ बजे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर गरेका छन् । उनले लेखेका छन्, ‘नेकपा एस सुन्दरहरैंचाका सबै पदका उम्मेद्वारहरु प्रतिबद्ध र कटिबद्ध भई आफ्नु चुनाव चिन्ह र पदमा मत माग्नुहोला । म तपाईँहरुको साथमा छु ।’

कांग्रेसमा आन्तरिक कलह देखियोः माओवादी केन्द्र
यता, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुष्यान्त भट्टराई नेपाली कांग्रेसमा देखिएको आन्तरिक कलहले गठबन्धनमा समस्या आएको बताउँछन् । नगर प्रमुखमा नेपाली कांग्रेसलाई र उपप्रमुखमा माओवादी केन्द्रलाई जिताउने गरी गठबन्धन भए पनि वडा तहमा भने कांग्रेसको कलहका कारण गठबन्धनमा समस्या आएको उनको भनाइ छ । कांग्रेसको देउवा पक्षधर गठबन्धनमा लचक देखिए पनि कोइराला पक्षधर गठबन्धनको विपक्षमा देखिएको उनले बताए ।

‘एकीकृत समाजवादी, माओवादी केन्द्र र कांग्रेसको भोट नबाँडियोस् भन्ने हाम्रो चाहना हो,’ भट्टराईले भने, ‘तर, कांग्रेसको हठका कारण वडा तहमा गठबन्धन गर्न समस्या देखिएको छ ।’ वडा नम्बर १० का उम्मेद्वार र उपमेयरमा माओवादी केन्द्रलाई सघाउन तयार भएमा अरु केही वडामा एकीकृत समाजवादीलाई सघाउन माओवादी तयार रहेको उनले जानकारी दिए ।

जनता समाजवादी र माओवादी केन्द्रबीच पनि गठबन्धन
सुन्दरहरैंचामा नेकपा माओवादी केन्द्र र जनता समाजवादीबीच पनि गठबन्धन भएको छ । भट्टराईका अनुसार वडा नम्बर ५ र ६ मा जनता समाजवादीलाई सघाउने पार्टीको नीतिअनुरुप ती वडामा नेकपा माओवादी केन्द्रले वडाध्यक्षमा उम्मेद्वारी दिएको छैन ।

‘वडा नम्बर ५ र ६ मा माओवादीले जनता समाजवादीलाई सघाउने निर्णय भएको छ’, नेकपा माओवादीका नगर अध्यक्ष भट्टराईले भने, ‘नगरका बाँकी वडामा जनता समाजवादीले नेकपा माओवादीलाई सघाउने निर्णय भएको छ ।’

यता, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि नगर प्रमुख र नगर उप प्रमुखमा मात्रै गठबन्धन भएको जनाएको छ । वडा तहमा भने सम्बन्धित वडाकै सभापतिले त्यसको निर्णय गर्ने गरी जिम्मा दिइएको नेपाली कांग्रेस सुन्दरहरैंचाका सचिव होमनाथ पोखरेलले बताए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ ।

Published

on

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ ।

आइतबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका चार जनालाई अनुसन्धानका लागि १५ दिनको अनुमति दिएको हो ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ । लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो ।

उनीमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन र १३ दिन म्याद थप गरी अनुसन्धानपछि यसपल्ट थप १५ दिन म्याद थप गरिएको हो । आइतबार सरकारकातर्फबाट जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय विपिनराज तिवारी र शान्तिदेवी शर्मा, पीडिततर्फका कानुन व्यवसायी युवराज पराजुलीले बहस गरे ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, मेघराज पोखरेल, हरिप्रसाद सुवेदी र अधिवक्ता नारायणदत्त कँडेल र जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए ।

Continue Reading

Banner

निगमका पाइलटको हड्ताल, १ सय ४९ यात्रु ८ घण्टादेखि विमानस्थलमा अलपत्र

Published

on

काठमाडौंबाट भारतको मुम्बई जान आइतबार बिहान १० नबज्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका १ सय ४९ यात्रु अहिलेसम्म अलपत्र छन् ।

उनीहरु सबैको टिकट नेपाल वायुसेवा निगमको न्यरोबडी जहाजको हो । निगमसँग यतिबेला जहाज अभाव होइन । पाइलटको अभाव हो ।

करारमा कार्यरत पाइलटको दाँजोमा स्थायी पाइलटले प्राप्त गर्ने सेवासुविधामा असमानता भएको जनाउँदै नेपाल वायुसेवा निगमको न्यारोबडी र वाइडबडीका स्थायी पाइलटहरुले केहि दिनदेखि हड्ताल सुरु गरेका कारण शुक्रबार यता दर्जनौं उडान प्रभावित हुन थालेका छन् ।

‘यात्रुले विमानस्थलमा तोडफोड गर्लान् जस्तो भयो, निगमका कर्मचारी भागभाग भए, अहिले केहीलाई विमानस्थलभित्रैको लाउन्जमा राखिएको छ, केहीलाई रेष्टुरेन्टमा, जहाज उड्छ भनेर आश्वासन दिइएको छ तर कोही छैनन त्यहाँ,’ काठमाडौं विमानस्थलको टर्मिनल कार्यालयका एक अधिकृतले कान्तिपुरसँग भने ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले निगमको विमानस्थलस्थित कार्यालयलाई यात्रु उडान निर्देशन दिइसकेको बताए । ‘पैसा तिरेर गन्तव्यमा जाने यात्रुलाई अलपत्र नपार्नु भनिसकेको छु,’ महाप्रबन्धक निरौलाले भने । उनका अनुसार, शुक्रबार बिहान ९ बजे हङकङ उड्ने जहाजको क्याप्टेनले अन्तिम समयमा बिरामी भएको जानकारी दिएपछि त्यो जहाज ५ घन्टा डिले भएको थियो ।

(source:kantipur online)

Continue Reading

Banner

कुकुरले सुँघेर पत्ता लगाएपछि धरानमा लागूऔषधसहित समातिए युवा

Published

on

धरान-१७ मा एक युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
बसका सवार रहेका यात्रुकलाई कुकुरले सुघने क्रममा नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१० का २५ वर्षीय सञ्जय राना मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तरगत चाड पर्वलक्षित सुरक्षा योजनाअनुसार परिचालन भएको प्रहरी कुकुरसहितको चेकिङ टोलीले यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गरी चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन् ।
धरानबाट उदयपुर जाँदै गरेको को१ख ५४४० नम्बरको बसमा सवार रहेका राना मगरलाई नियन्त्रित औषधी ट्रामानिल ६०० क्याप्सुल र स्पारेष्ट ६०० चक्कीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चाडपर्वमा लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिविधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाइका साथ चेकजाँच गर्दै आएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो विराटनगरको टोलीले चेकजाँचको क्रममा इटहरी–६ का ३६ वर्षीय कृष्णप्रसाद प्रसाई र ३३ वर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगरसहित, भोक्राहा नरसिंह–४ का २२ वर्षीय रोस्तम अन्सारी र २२ वर्षीय इम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी–१६ का २० वर्षीय अमन चौधरी र इटहरी–१७ का २० वर्षीय रञ्जित चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित र इनरुवा नगरपालिका–५ का २५ प्रेम कुमार खंग र इनरुवा–३ का २८ बर्षीय शंकरकुमार देवलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

(koshikhabar.com)

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक