स्थानीय तह
एमाले चुनाव अघि नै पराजित मानसिकतामाः कांग्रेस नगर सभापति श्याम पोखरेल

धरानः सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रामक, चरित्रहत्या गर्ने प्रयासले एमालेहरुले पराजित मानसिकता प्रदर्शन गर्न थालेको नेपाली कांग्रेसका धरान उपमहानगर सभापति श्याम पोखरेलले बताएका छन् ।
मेयरका उम्मेदवारहरुसँग कुराकानी गर्न भएको टेलिभिजन कार्यक्रममा सुनियोजित रुपमा युवा संघका कार्यकर्ताले गठबन्धनका मेयरको उम्मेदवार किशोर राईसंग अनावश्यक प्रश्न गरेको उनको भनाइ थियो । गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले दिएले जवाफको सबै भाग काटेर सानो अंश मात्र राखी जनतामा भ्रम छर्ने र वर्तमान मेयर तिलक राई समेतको चरित्रहत्या गर्न खोजिएको देखिएको उनले बताए । यस्तो प्रचार एमालेको पराजित मानसिकताको उदाहरण भएको उनले आरोप लगाए ।
पाँच दलीय गठबन्धनको चुनावी प्रचार समिति गठनका लागि बुधबार होटल सेछमा बसेको संयुक्त बैठकमा उनले सो कुरा बताएका हुन् । सभापति पोखरेलले स्वर्गीय मेयर तारा सुब्बाको निधनपछि कार्यवाहक मेयर बनेकी मञ्जु भण्डारीबाट भएका गल्तीलाई ढाकछोप गरी ओझेलमा पार्न एमालेले गलत हतकण्डा अपनाउन थालेको उनको भनाइ थियो ।
बैठकमा नेकपा मओवादी केन्द्रका युवा नेता अशोक राईले एमालेको प्रतिगामी प्रवृत्ति विरुद्ध पाँच दलीय गठबन्धन भएको बताउँदै चुनावको परिणामले यस्को दरो जवाफ दिने बताए ।
बैठकले सभापति पोखरेल संयोजक, प्रेस सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरे सहसंयोजक रहेको ३६ सदस्यीय गठबन्धन चुनावी प्रचार समिति गठन गरेको छ । समितिलाई जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका पदाधिकारी, सदस्य थप गरी पूर्णता दिने निर्णय गरिएको छ ।
Banner
सुनको भाउ १०० रुपैयाँ बढ्दा चाँदीको घट्यो १५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९७ हजार ३ सय र असली चाँदीको भाउ प्रति तोला १ हजार २ सय ४० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्दा चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।
Banner
आजदेखि हिमालयन हाइड्रोपावरको आईपीओ बिक्री शुरु

विराटचोकः हिमालयन हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
सो कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७ सय ५० कित्ता मात्र बाँडफाँड भएको थियो । बाँकी ६ लाख १८ हजार २ सय ५० कित्ता सहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो ।
निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३ सय ६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी १८ लाख ३० हजार ४ सय ७२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ भने ढिलोमा असार २९ गते हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
Banner
आज राष्ट्रिय धान दिवस

विराटचोकः असार १५ गते आज राष्ट्रिय धान दिवस मनाइँदै छ । नेपाली समाजमा आजको दिनलाई दही चिउरा खाने पर्वका रुपमा पनि चिनिन्छ ।
वि.सं. २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयले २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । आजको दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ ।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद3 years ago
रंगशालाको अवलोकन
-
अर्थ2 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य3 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य3 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य3 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १2 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
मुख्य3 years ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
You must be logged in to post a comment Login