कोशी प्रदेश
को को भए इलामका स्थानीय तहमा नेकपाका इञ्चार्ज र सहइञ्चार्ज
इलामः नेकपा इलामको सचिवालय बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले इलामका स्थानीय तहमा इञ्चार्ज र सहइञ्चार्ज चयन गरेको छ ।
जसअनुसार इलाम नगरपालिकाका इञ्चार्जमा भक्त केसी तथा सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना चयन भएका छन् । सूर्योदय नगरपालिकाको इञ्चार्जमा तेजबहादुर राई तथा सहइञ्चार्ज आरबी राई र नरेश तामाङ चयन भएका छन् । देउमाई नगरपालिकाको इञ्चार्जमा शान्ता बस्नेत तथा सहइञ्चार्जमा सूर्य पोखरेल र गोविन्द न्यौपाने चयन भएका छन् ।
उता, माई नगरपालिकाको इञ्चार्जमा महेश बस्नेत तथा सहइञ्चार्जमा बुद्धि खनाल र दीपक सेञ्चुरी तोकिएका छन् । चुलाचुली गाउँपालिकाको इञ्चार्जमा ओमनारायण खनाल तथा सहइञ्चार्जमा बिन्दु बिश्वकर्मा र न्युसन राई तोकिएका छन् ।
माङ्सेबुङ गाउँपालिकाको इञ्चार्जमा किरणकुमार राई तथा सहइञ्चार्जमा तारा पौडेल चयन भएका छन् भने फाकफोकथुम गाउँपालिकाको इञ्चार्जमा राजकुमार थापा तथा सहइञ्चार्जमा छत्र सुब्बा चयन भएका छन् । सन्दकपुर गाउँपालिकाको इञ्चार्जमा उमेश गुरुङ तथा सहइञ्चार्जमा याम राई र भोजप्रसाद खतिवडा चयन भएका छन् ।
माईजोगमाई गाउँपालिकाको इञ्चार्जमा कुवीरमान राई तथा सहइञ्चार्जमा जीतबहादुर राई र दाताराम सञ्जेल तथा रोङ गाउँपालिकाको इञ्चार्जमा चित्रकला बराइली तथा सहइञ्चार्जमा देवकुमार राई र विष्णुमाया खवास चयन भएका छन् ।
Facebook Comment
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा इन्द्रपुर जेसीजद्वारा पाँच जनालाई ह्वीलचेयर वितरण
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले इन्द्रपुरमा यस वर्ष फरक अनुभूति ल्यायो। सामान्य रूपमा कार्यक्रम, भाषण वा प्रतीकात्मक गतिविधिमा सीमित हुने दिन यसपटक इन्द्रपुर जेसीजले प्रत्यक्ष प्रभाव पार्ने कामबाट विशेष बनायो—नगरका पाँच जना शारीरिक अपाङ्गता भएका व्यक्तिलाई उपयोगी र जीवन–सहज बनाउने ह्वीलचेयर प्रदान गरेर।
कार्यक्रमका सभापति तथा इन्द्रपुर जेसीज २०२५ का अध्यक्ष आकाश दुलालका अनुसार, “ह्वीलचेयर केवल सहयोग होइन, दैनिक बाँचाइमा आवश्यक स्वतन्त्रताको आधार हो।” दुलालले अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान र सुरक्षित जीवनयापन सुनिश्चित गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए।
ह्वीलचेयर प्राप्त गर्नेहरूमध्ये सुन्दरहरैंचा–११ की प्रशंसा श्रेष्ठ, वडा नम्बर १० का सुसन लिम्बू र कालिमान लिम्बू, वडा नम्बर ९ का अमरबहादुर राई, र वडा नम्बर १ का गोपालबहादुर कार्की थिए। उनीहरूका परिवार र आफन्तका अनुहारमा देखिएको सन्तुष्टि र राहतले कार्यक्रमको उद्देश्य झन् स्पष्ट बनाइरहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि, अपाङ्गता नगर समन्वय समिति सुन्दरहरैंचाकी अध्यक्ष मीना आचार्य, अपाङ्गता भएका व्यक्तिहरूलाई समुदायको जिम्मेवारीका रूपमा हेर्नुपर्नेमा जोड दिँदै यस्तो सहयोग निरन्तर हुनुपर्ने बताइन्।
इन्द्रपुर जेसीजको आयोजनामा र इन्द्रपुर जुनियर जेसीजको सह–आयोजनामा भइरहेको ‘जेसीज सप्ताह’अन्तर्गत यो कार्यक्रम विशेष आकर्षण बन्न पुग्यो। कार्यक्रममा महासचिव अजित बान्तवाले सञ्चालन सम्हालेका थिए भने कार्यक्रम संयोजक पार्वती गच्छदारले ह्वीलचेयर वितरण सप्ताहकै महत्वपूर्ण उद्देश्य भएको बताइन्।
Banner
सर्टको उत्कृष्ट खेलमा लुम्बिनीको शानदार जित, विराटनगर फेरि पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध ओपनर डीआर्सी सर्टको अर्धशतकमा लुम्बिनी लायन्सले ५ विकेटको जित निकालेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १४५ रन बनाएको हो । यो विराटनगरको दोस्रो हार हो । यसअघिका पाँच खेलमा विराटनगरले चितवन राइनोजसँग मात्रै हारेको थियो । कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज र पोखरासँग जित निकालेको थियो ।
लुम्बिनी लायन्सको यो तेस्रो जित हो । यसअघिका पाँच खेलमा लुम्बिनीले पोखरा एभेन्जर्स र चितवन राइनोजलाई जितेको थियो । सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र कर्णाली याक्ससँग हारेको थियो । यस जितमा लुम्बिनीका ओपनर डीआर्सी सर्टको ब्याटिङ निर्णायक बन्यो । उनले सिजनको व्यक्तिगत अर्धशतक प्रहार गर्दै ४४ बलमा ५७ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे । उनी १३ ओभरको दोस्रो बलसम्म क्रिजमा टिके ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login