शेयर
शेयर बजारमा झिनो अंकको गिरावट

विराटचोकः नेपाली शेयर बजार आज पनि झिनो अंकले तल झरेको छ । बजार खुलेको केही समय झिनो अंकले बढेको बजार पौने १२ बजेदेखि राताम्य भएर दिनभर लगभग एकै रेखामा हिँडेको थियो । नेप्से ० दशमलव २१ प्रतिशतले तल झरेर १ हजार १ सय ४९ दशमलव ६४ अंकमा अडिएको छ ।
बिहीबार १ सय ७२ कम्पनीको १२ लाख ८९ हजार १ सय ३४ कित्ता शेयर किनबेच भएको थियो । ५ हजार ९ सय ६० पटक भएको कारोबारबाट ४१ करोड ९० लाख ८८ हजार १ सय ३३ रुपैयाँको शेयर किनबेच भएको थियो । १२ समूहको सूचकमध्ये ६ समूहको सूचकमा भने हरियाली छाएको छ ।
आजसम्म शेयर किन्नेले लाभांश पाउने हुनाले एनएमबी बैंकको उच्च कारोबार भएको थियो । सो कम्पनीको मात्रै १२ करोड ३१ लाख ९३ हजार रुपैयाँको शेयर किनबेच भएको थियो । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकको ३ करोड ८ लाख ६१ हजार र नेपाल बैंकको १ करोड ८७ लाख ६७ हजा रुपैयाँको शेयर किनबेच भएको थियो ।
Banner
माेरङमा किशोरीमाथी खुकुरी प्रहार

मोरङको पथरीमा धारीलो घरेलु हरियार खुकुरी प्रहार गरी एक १७ वर्षीया किशोरीको हत्या प्रयास भएको छ । शुक्रवार अपराह्नको समयमा पथरी शनिश्चरे नगरपालिका-४ दोहलु शुक्रवारे वस्ने वर्ष २९ का सुरेश कटुवालले किशोरी माथी खुकुरी प्रहार गरि हत्या प्रयास गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
पथरीको मिलन चाम्लीङ होटलकी संचालक मिना राईकी १७ वर्षीय छोरी रिता राई माथी कटुवालले सोही होटलमा बसेर मादकपदार्थ सेवन गरी उनि माथी खुकुरी प्रहार गरि हत्या प्रयास गरेको डिएस्पी दिलीप कुमार गिरीले बताए । घटना स्थलबाट प्रहरीले एक थान खुकुरी सोको दाप सहित कटुवाललाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कार्वाहीका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखेको छ ।टाउको र ढाडमा चोट लागि घाइते भएकी कीशोरीको पथरी स्थित मोरङ डागोनोष्टि अस्पतालमा उपचार भइरहेकोे छ ।
घाइते किशोरीको टाउकोमा ५ र ढाडमा ७ टाँचा लागेको छ । यता अपराधिक क्रियाकलापमा समलग्न पुरुषले किशोरी सग आफ्नो प्रेम सम्वध रहेको बताएका छन् । घटना प्रेम सम्वधको दरारका कारण भएको हो अथवा अन्य कुनै कारण घटेको हो भन्ने बारे. थप अुनसन्धान हुन बाकी नै रहेको प्रहरीले जनाएको छ । प्रहरीले अपराधिक क्रियाकलापमा संमलग्न पुरुष डिप्रेशनको शिकार भएको र विगत एक डेढ साल अगाडी देखी औषधि प्रयोग गर्दै आएको पाईएको जनाएको छ । होटल संचालकीकी छोरी रिता माथी भाडावर्तन सफा गर्दै गर्दा कटुवालले खुकुरी प्रहार गरि घाइते बनाएका हुन । सोही क्रममा होटलमा रहेका अन्य ग्रहक र छरछिमेकीले रिताको उद्धार गरि प्रहरीलाई खवर गरेको बताएको छ ।
प्रदेश दैनिक बाट
Banner
प्रचण्ड निवासका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ जना प्रहरीलाई कोरोना पुष्टि भएको छ।
यस अघि सभामुख अग्नी सापकोटाको सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । तर अग्नी सापकोटाको स्वाव परिक्षण गर्दा उनको परिणाम नेगेटिभ आएको थियो ।
प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि देखिएको हाे ।
Banner
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा काेरोना पोजिटिभ

विराटचाेक: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीहरुमा काेरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो ।
१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो । स्रेतका अनुसार संक्रमण देखिएका अख्तियारमा कार्यरत सुरक्षाकर्मीको संख्या धेरै छ । अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको हो । महाशाखाले आज प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन गर्दैछ ।
-
अर्थ1 year ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद1 year ago
रंगशालाको अवलोकन
-
अर्थ8 months ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य1 year ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य1 year ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १11 months ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
मुख्य1 year ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
-
कला / साहित्य1 year ago
खोटाङ सेवा समाजद्वारा ‘नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान
You must be logged in to post a comment Login