Connect with us
Advertisement

बैंकले ब्याजदर बढाउँदा व्यावसायिक क्षेत्र धराशायी बन्दै, व्यवसायी चिन्तित

Published

on

विराटचोकः बैंकले ब्याजदर बढाउँदा व्यावसायिक क्षेत्र धराशायी बन्दै गएका छन् । कोभिडका कारण थलिएको व्यावसायिक क्षेत्र अहिले बैंकको ब्याजदरका कारण पलायन हुने अवस्थामा पुगेको व्यवसायी बताउँछन् ।

मोरङको सुन्दरहरैँचा उद्योग वाणिज्य संघले बिहीबार आफ्नो क्षेत्रमा रहेका उद्योगी, व्यवसायीसँग गरेको छलफलमा आफ्ना भनाई राख्दै उनीहरुले व्यवसाय क्षेत्र धराशायी बन्दै गएको बताएका हुन् ।

७ र ८ प्रतिशतदेखि बढीमा १२ प्रतिशतसम्म व्यावसायिक क्षेत्रको ब्याजदर रहेकामा अहिले यो बढेर १७ प्रतिशतसम्म पुगेको भन्दै उनीहरु चिन्तित भएका हुन् । यसले गर्दा व्यवसायी पलायन हुने अवस्थामा पुगेको संघका अध्यक्ष कृष्णप्रसाद रिजालले बताए । अब व्यवसायीका साथै कार्यसमितिका सबै सदस्य बैंक तथा वित्तीय संस्थाको आतङ्कका विरुद्धमा कडा रुपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो ।

वाणिज्य संघका पूर्व अध्यक्ष उद्योगी भोलेश्वर दुलालले मध्यम वर्गका व्यवसायी धेरै मर्कामा परेको बताए । बैंकले अहिले ब्याज दर दिनानुदिन बढाउँदै जाने तथा १ करोडको कारोबार गरेमा मात्रै २० लाख रुपैँया ऋण दिने योग्य मानिने राष्ट्र बैकको निर्देशनले पहिल्यै ऋण लिनेको ऋण नवीकरण नहुने अवस्था आएको उनले बताए । सोही कारण ९५ प्रतिशत सुन्दरहरैंचाका व्यवसायीको सम्पत्ति लिलामीमा जाने अवस्था देखिएको दुलालले बताए ।

हिजोका दिनमा सामान्य कोठाभाडामा सानो सटर लिएर बसेकालाई जथाभावी ऋण दिएकोमा अहिले दिनानुदिन बिहान बेलुकै पैसा माग्न घरघरमा वित्तीय संस्थाका प्रतिनिधि आउने गरेकाले व्यवसायी मर्कामा परेको उनले बताए ।

सुन्दरहरैंचामा ६०\७० अर्ब लगानी गर्दा ५ प्रतिशत मात्रै प्रतिफल हुने अवस्था रहेकाले बैंकले झन् टाइट गर्ने र अझ भयावह अवस्था आउन लागेकोमा उनले चिन्ता व्यक्त गरे ।

अब बैंकलाई किस्ता तिर्ने समय अवधि बढाउन सके व्यवसायीलाई केही सहज अवस्था आउने उनको भनाइ थियो । सेवा शुल्कका नाममा साना व्यवसायीलाई मनोमानी रुपमा ऋण दिने गरेको उनले दाबी गरेका छन् । अब बैंक नसच्चिए कडाभन्दा कडा आन्दोलन गर्नुपर्ने अवस्था आएको समेत दुलालको भनाइ थियो ।

‘हिजो बाटोमा हिँड्ने व्यवसायीलाई बोलाइबोलाई पैसा दिने बैंकले आज १ दिन ढिला हुँदा कालो सूचीमा राख्ने हर्कतका विरुद्ध सबैले आवाज उठाउनुपर्ने बताए । २०५३ सालदेखि दुई वर्ष यस्तै अवस्था थेगेर आएकाले अब राज्यले यस विषयमा नसोच्ने हो भने बैंकबाट ऋण लिएर व्यवसाय गर्न कठिन हुने अवस्था आएको उनले बताए ।

यस्तै, उद्योगी ज्ञानप्रसाद ढकालले आफ्नै जग्गा बेचेर ऋण तिर्छु भदा पनि नपाइने भएकाले यो समस्या सरकारका कारण भएको बताए ।

व्यवसायी नगेन्द्र दाहालले ९ प्रतिशतमा लिएको ऋण ३ वर्षभित्र १४ प्रतिशत पुगेको बताए । जग्गाको वर्गीकरण गर्न स्थानीय सरकारको ज्ञानमा कमी हुँदा पनि समस्या आएको उनको भनाइ थियो । आफ्नै पैसा जग्गामा अड्किएकाले धेरै व्यवसायी छटपटीमा रहेको बताए । व्यवसाय देखाएर ऋण लिने र जग्गामा हाल्ने गरेकाले पनि समस्या आएको उनको भनाइ थियो । बैंकको दिनानुदिन ब्याजबाट नाफा बढेको तर व्यवसायी चाहिँ टाट पल्टिने अवस्था आएको उनले बताए ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको पहलमा भएको कार्यक्रममा मनोमानी ढङ्गले ब्याज असुल गर्ने, मानसिक तनाव र टर्चर दिनेजस्ता कार्यको बिरुद्ध आन्दोलनमा जाने निर्णय भएको छ । पहिलो चरणको दबाब कार्यक्रम अन्तर्गत प्रत्येक १ घण्टा बैंक बन्द गर्ने, संघको तर्फबाट छाता सङ्गठनमा ध्यानाकर्षण गराउने जनाएको छ ।

त्यसैगरी, कालो ब्यानरसहित कालोपट्टी बाँधेर शान्ति पदयात्रा गर्ने, व्यवसायीहरुको समस्या प्रत्यक्ष बुझ्ने गरी पुनः सबै व्यवसायीलाई समेटेर छलफल चलाउने लगायत तय गरिएको बताइएको छ । त्यस्तै समस्याको समाधान नगरे चरणबद्ध आन्दोलनलाई थप बृहत ढङ्गले लैजाने समेत बताएको छ ।

कार्यक्रम सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव नारायण कार्कीले गरेका थिए । छलफलमा संघका पदाधिकारी, पूर्व अध्यक्ष, उद्योगी व्यवसायी रहेका थिए । कार्यक्रम संघको सभाहलमा भएको थियो ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक