Connect with us
Advertisement

बैंकले ब्याजदर बढाउँदा व्यावसायिक क्षेत्र धराशायी बन्दै, व्यवसायी चिन्तित

Published

on

विराटचोकः बैंकले ब्याजदर बढाउँदा व्यावसायिक क्षेत्र धराशायी बन्दै गएका छन् । कोभिडका कारण थलिएको व्यावसायिक क्षेत्र अहिले बैंकको ब्याजदरका कारण पलायन हुने अवस्थामा पुगेको व्यवसायी बताउँछन् ।

मोरङको सुन्दरहरैँचा उद्योग वाणिज्य संघले बिहीबार आफ्नो क्षेत्रमा रहेका उद्योगी, व्यवसायीसँग गरेको छलफलमा आफ्ना भनाई राख्दै उनीहरुले व्यवसाय क्षेत्र धराशायी बन्दै गएको बताएका हुन् ।

७ र ८ प्रतिशतदेखि बढीमा १२ प्रतिशतसम्म व्यावसायिक क्षेत्रको ब्याजदर रहेकामा अहिले यो बढेर १७ प्रतिशतसम्म पुगेको भन्दै उनीहरु चिन्तित भएका हुन् । यसले गर्दा व्यवसायी पलायन हुने अवस्थामा पुगेको संघका अध्यक्ष कृष्णप्रसाद रिजालले बताए । अब व्यवसायीका साथै कार्यसमितिका सबै सदस्य बैंक तथा वित्तीय संस्थाको आतङ्कका विरुद्धमा कडा रुपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो ।

वाणिज्य संघका पूर्व अध्यक्ष उद्योगी भोलेश्वर दुलालले मध्यम वर्गका व्यवसायी धेरै मर्कामा परेको बताए । बैंकले अहिले ब्याज दर दिनानुदिन बढाउँदै जाने तथा १ करोडको कारोबार गरेमा मात्रै २० लाख रुपैँया ऋण दिने योग्य मानिने राष्ट्र बैकको निर्देशनले पहिल्यै ऋण लिनेको ऋण नवीकरण नहुने अवस्था आएको उनले बताए । सोही कारण ९५ प्रतिशत सुन्दरहरैंचाका व्यवसायीको सम्पत्ति लिलामीमा जाने अवस्था देखिएको दुलालले बताए ।

हिजोका दिनमा सामान्य कोठाभाडामा सानो सटर लिएर बसेकालाई जथाभावी ऋण दिएकोमा अहिले दिनानुदिन बिहान बेलुकै पैसा माग्न घरघरमा वित्तीय संस्थाका प्रतिनिधि आउने गरेकाले व्यवसायी मर्कामा परेको उनले बताए ।

सुन्दरहरैंचामा ६०\७० अर्ब लगानी गर्दा ५ प्रतिशत मात्रै प्रतिफल हुने अवस्था रहेकाले बैंकले झन् टाइट गर्ने र अझ भयावह अवस्था आउन लागेकोमा उनले चिन्ता व्यक्त गरे ।

अब बैंकलाई किस्ता तिर्ने समय अवधि बढाउन सके व्यवसायीलाई केही सहज अवस्था आउने उनको भनाइ थियो । सेवा शुल्कका नाममा साना व्यवसायीलाई मनोमानी रुपमा ऋण दिने गरेको उनले दाबी गरेका छन् । अब बैंक नसच्चिए कडाभन्दा कडा आन्दोलन गर्नुपर्ने अवस्था आएको समेत दुलालको भनाइ थियो ।

‘हिजो बाटोमा हिँड्ने व्यवसायीलाई बोलाइबोलाई पैसा दिने बैंकले आज १ दिन ढिला हुँदा कालो सूचीमा राख्ने हर्कतका विरुद्ध सबैले आवाज उठाउनुपर्ने बताए । २०५३ सालदेखि दुई वर्ष यस्तै अवस्था थेगेर आएकाले अब राज्यले यस विषयमा नसोच्ने हो भने बैंकबाट ऋण लिएर व्यवसाय गर्न कठिन हुने अवस्था आएको उनले बताए ।

यस्तै, उद्योगी ज्ञानप्रसाद ढकालले आफ्नै जग्गा बेचेर ऋण तिर्छु भदा पनि नपाइने भएकाले यो समस्या सरकारका कारण भएको बताए ।

व्यवसायी नगेन्द्र दाहालले ९ प्रतिशतमा लिएको ऋण ३ वर्षभित्र १४ प्रतिशत पुगेको बताए । जग्गाको वर्गीकरण गर्न स्थानीय सरकारको ज्ञानमा कमी हुँदा पनि समस्या आएको उनको भनाइ थियो । आफ्नै पैसा जग्गामा अड्किएकाले धेरै व्यवसायी छटपटीमा रहेको बताए । व्यवसाय देखाएर ऋण लिने र जग्गामा हाल्ने गरेकाले पनि समस्या आएको उनको भनाइ थियो । बैंकको दिनानुदिन ब्याजबाट नाफा बढेको तर व्यवसायी चाहिँ टाट पल्टिने अवस्था आएको उनले बताए ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको पहलमा भएको कार्यक्रममा मनोमानी ढङ्गले ब्याज असुल गर्ने, मानसिक तनाव र टर्चर दिनेजस्ता कार्यको बिरुद्ध आन्दोलनमा जाने निर्णय भएको छ । पहिलो चरणको दबाब कार्यक्रम अन्तर्गत प्रत्येक १ घण्टा बैंक बन्द गर्ने, संघको तर्फबाट छाता सङ्गठनमा ध्यानाकर्षण गराउने जनाएको छ ।

त्यसैगरी, कालो ब्यानरसहित कालोपट्टी बाँधेर शान्ति पदयात्रा गर्ने, व्यवसायीहरुको समस्या प्रत्यक्ष बुझ्ने गरी पुनः सबै व्यवसायीलाई समेटेर छलफल चलाउने लगायत तय गरिएको बताइएको छ । त्यस्तै समस्याको समाधान नगरे चरणबद्ध आन्दोलनलाई थप बृहत ढङ्गले लैजाने समेत बताएको छ ।

कार्यक्रम सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव नारायण कार्कीले गरेका थिए । छलफलमा संघका पदाधिकारी, पूर्व अध्यक्ष, उद्योगी व्यवसायी रहेका थिए । कार्यक्रम संघको सभाहलमा भएको थियो ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ

Published

on

२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।

२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।

‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।

यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।

यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्‍यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’

यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।

६ दिनको अटो शोमा कति भयो बिजनेस ?

नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।

यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।

Continue Reading

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक