खेलकुद
नवौं राष्ट्रिय खेलकुदः दुवाथलनमा प्रहरी र सेनाले जिते स्वर्ण
पोखराः नवौ राष्ट्रिय खेलकुद अन्तर्गता दुवाथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेका छन् ।
५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र २.५ किलोमिटर दौड प्रहरीका किरण लिम्बूले १ घण्टा २२ सेकेन्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् ।
त्यसैगरी, निर्धारित दूरी १ घण्टा ११ मिनेट ४४ सेकेण्डमा पार गर्दै आर्मीकी इन्द्रकला नेम्वाङले स्वर्ण पदक हात पारिन् ।
पुरुषतर्फ आर्मीका मनबहादुर थापा मगरले निर्धारित दूरी १ घण्टा १ मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३४ सेकेन्डमा पार गर्दै कास्य पदक जित्न सफल भए ।
महिलातर्फ एपीएफकी अनिता राईले निर्धारित दूरी १ घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजत पदक हात पारिन् भने आर्मीकी हेमा चौधरीले निर्धारित दूरी १ घण्टा २८ मिनेट ४३ सेकेन्डमा पार गर्दै कास्य पदक जित्न सफल भइन् ।
Facebook Comment
Banner
मोरङ–६ बाट रास्वपाकी रुबिना विजयी
मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य विजयी भएकी छिन् ।
उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।
Banner
काठमाडौं–८ : प्रारम्भिक नतिजामै विराजभक्त भारी मतले अगाडि
काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले भारी मतान्तरसहित सुरुवाती अग्रता लिएका छन् ।
बिहीबार भएको मतदानपछि जारी मतगणनामा उनले १७२४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेका छन् ।
Banner
प्रतिनिधिसभाको चुनाव आज : मतदाता उत्साहित
नवयुवाको आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत आज मतदान हुँदैछ । देशभरका मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।
मतदानको लागि मतदाता उत्साहित भएका छन् । मतदान गर्नकै लागि धेरैजना गाउँघर पुगेका छन् । कतिपय विदेशबाटसमेत फर्किएका छन् । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो चुनाव हो ।
यसअघि २०७४ र २०७९ सालमा चुनाव भएको थियो । ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’को हो । प्रत्यक्षतर्फ ६१ वटा चुनाव चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको चुनावमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता छन् ।
यस्तै, १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
चुनावी सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् ।
यस्तै चुनाव गराउन २ लाख १५ हजार कर्मचारी खटिँदैछन् । यसपटकको चुनावमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login