राजनीति
बागी उम्मेद्वारी दिने ७४ जनालाई कांग्रेसले गर्यो कारवाही

विराटचोकः पार्टीको निर्णय विपरीत बागी उम्मेद्वारी दिने मोरङका ५ जनासहित देशभरमा ७४ जना नेतालाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले मंगलबार एक विज्ञप्ती जारी गरी पार्टीको विधान बमोजिम उनीहरुलाई पाँच वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।
जसअनुसार मोरङ क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभामा आफ्नै पार्टीका उम्मेदवार डा। सुनिल शर्माविरुद्ध उम्मेदवार बनेका जयराज संयोक लिम्बूलाई पनि कांग्रेसले ५ वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ । उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन् ।
मोरङ क्षेत्र नम्बर–२ को प्रदेश ‘क’ मा गठबन्धनका उम्मेद्वारविरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका कांग्रेसका क्षेत्रीय प्रतिनिधि फणिन्द्र थापालाई कारबाही गरेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गणेश उप्रेती उम्मेद्वार छन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जनार्दन निरौला र क्रियाशील सदस्य गोपाल रेग्मी पनि कारबाहीमा परेका छन् । उनीहरु दुवै मोरङ–६ ‘ख’ बाट प्रदेशसभामा उम्मेद्वार छन् । केदार कार्की सो क्षेत्रमा आधिकारिक उम्मेद्वार रहेका छन् ।
मोरङ ४ ९क० मा पार्टीको निर्णयविपरीत उम्मेद्वारी दिने नन्दू सरदारलाई पनि कांग्रेसले कारबाही गरेको छ । उनले गुरुराज घिमिरेविरुद्ध उम्मेद्वारी दिएका छन् ।
Facebook Comment
Banner
शिक्षक अन्दोलनको आठाैँ दिन : माइतीघर–नयाँबानेश्वर सडक ठप्प (तस्वीरहरू)

चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज आठाैँ दिन पनि जारी छ । माग पूरा नभएसम्म जिल्ला नफर्किने चेतावनी उनीहरूको छ ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले वार्तामा आउन गरेको आह्वान उनीहरूले अस्वीकार गरेका छन् ।
पहिला पुराना सहमति पालना हुनुपर्ने शिक्षकहरूको अडान छ ।
तस्वीरहरू :
Banner
रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो आयोगलाई ज्ञापनपत्र

काठमाडौँ । सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ । आज प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रवि पक्राउमा पीडितको मानवअधिकार उल्लङ्घन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ । मुद्दाको न्यायिक प्रक्रियाको विवरण र उक्त दिनको घटनाको विवरण समेटिएको छ । न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा रविलाई पक्राउ गरिएको दाबी निवेदनमा गरिएको छ । शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।
Banner
सुनको भाउ फेरि उकालो, बढ्यो १ हजार

२७ चैत, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज १ हजार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ७४ हजार ४ सय रुपैयाँ थियो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login