अर्थ
दुलारी बचत तथा ऋण सहकारीले यो आर्थिक वर्षलाई रजत वर्षका रुपमा मनाउने
विराटचोकः दुलारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुन्दरहरैंचाले विभिन्न किसिमका १५ वटा कार्यक्रम गरी चालु आर्थिक वर्षलाई रजत जयन्ती वर्षका रुपमा मनाउने भएको छ । पहिलो कार्यक्रको रुपमा शुक्रबार पत्रकार सम्मेलन गरी रजत वर्षका कार्यक्रम शुरु भएको घोषणा गरेको हो ।
संस्थाले कात्तिक २५ गतेदेखि असार ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाउने घोषणा गरेको संस्थाका अध्यक्ष हेमन्त कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
संस्थाले मंसिर महिनाको २४ गते बाल बचतकर्तालाई सम्मान गर्ने भएको छ भने २५ गते संस्थापक शेयर सदस्यलाई सम्मान गर्ने भएको छ ।
पुस २५ गते सहकारीमा महिला सहभागिता विषयक गोष्ठी र माघ २५ गते अन्तर विद्यालय विद्यार्थी लक्षित कार्यक्रम गर्ने कार्कीले जानकारी दिए ।
फागुन २५ गते स्वास्थ्य शिविर आयोजना गर्ने कार्यतालिका राखेको संस्थाले बैशाख र जेठमा भने कुनै पनि कार्यक्रम नगर्ने भएको छ । चैत महिनामा भने ६ वटा कार्यक्रम राखेको छ ।
चैत १८ गते रक्तदान तथा चैत ३० गते शेयर सदस्यलाई शैक्षिक सम्मान र उत्कृृष्ट व्यावसायिक कारोबारीलाई सम्मान गरिने भएको छ । चैत ३१ गते पदाधिकारी तथा उपसमिति सम्मान, संस्थामा योगदान गर्ने कर्मचारीलाई सम्मान र संस्था स्थापना दिवस मनाइने बताइएको छ ।
असार १५ गते सार्वजनिक क्षेत्रमा वृक्षरोपण तथा असार ३१ गते सदस्य तथा पूँजी वृद्धि कार्यक्रम र संस्थाको इतिहाससहितको स्मारिका प्रकाशन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यी सबै कार्यक्रममा लगभग १ हजार जनाको सहभागिता रहने अनुमान गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रमलाई सफल पार्न संस्थाको मातहतमा रही कार्य सम्पादन गर्ने गरी विभिन्न ५ वटा कार्यटोली तथा सल्लाहकार समिति गठन गरिने भएको छ । कार्यक्रममा सहभागीलाई कार्यक्रमअनुसारको पुरस्कार तथा सम्मान पत्र र प्रशंसापत्र प्रदान गरिने कार्यक्रममा लगभग ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संस्थाद्वारा वितरीत प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login