Connect with us
Advertisement

सुनिल शर्माको पहलमा छोरालाई पढाएर नेपालकै पहिलो सन्थाल डाक्टरकी आमा बनेकी देवीकुमारी

Published

on

पथरीः मोरङको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा उम्मेद्वारी दिएका डा. सुनिल शर्माले सीमान्तकृत समुदाय र बस्तीका बासिन्दालाई निःशुल्क मेडिकल शिक्षा दिएका छन् । उनले आफ्नो वा अर्काको निर्वाचन क्षेत्र नसोधी तथा राजनीतिक आस्था नसोधी काम गर्ने गरेको मतदाता बताउँछन् ।

मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर २ अमरदह डा. शर्माको निर्वाचन क्षेत्र होइन । तर, शर्माले अमरदहको सन्थाल समुदायका युवालाई मेडिकल शिक्षा अध्ययन गर्ने अवसर दिएका छन् । शर्माको सो अवसरका कारण सन्थाल समुदायमा नेपालकै पहिलो डाक्टर भएका छन् दिनेश ।

५१ वर्षीया देवीकुमारी हास्दा घरायसी काम गर्छिन् । ३ कट्ठा ऐलानी जग्गामा टिनले छाएको सानो घरमा बस्ने उनलाई घर छेउमै रहेको गोठमा भएका गाई र बाख्रालाई घाँसापत गर्दैैै बित्ने गर्छ । उनै देवीकुमारीका जेठा छोरा दिनेश नोेबेल अस्पतालमा विराटनगरमा डाक्टर छन् । दुई छाक खान धौधौ हुने परिवारको छोरो डाक्टर बन्ला भन्ने आफूले कहिल्यै नसोचेको देवीकुमारी बताउँछिन् । तर, नोबेल अस्पतालका सञ्चालक शर्माको ‘कमलो मन’ कारण दिनेश डाक्टर बनेर निस्किए । जसको गुन देवीकुमारीको परिवारले कहिल्यै बिर्सिने छैन ।

गाउँका २ जना युवाले दिनेश र डा. शर्माबीचको भेटको तारतम्य मिलाएका थिए । सोही भेटपछि देवीकुमारीको परिवार डाक्टरको परिवार भएको हो । ३ छोरा र १ छोरीकी आमा देवीकुमारीले दिनेशको पढाइ खर्चमा कुनै पनि शुल्कबापत रकम तिर्नुनपरेको बताइन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक