Connect with us
Advertisement

रुपन्देहीबाट प्रदेशसभामा जनमत पार्टीका गुप्ता विजयी

Published

on

बुटवलः रुपन्देही क्षेत्र नं ५ (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् । गुप्ताले नेपाली कांग्रेसका फखरुद्दिन खानलाई पराजित गर्दै विजयी भएका हुन् । निवर्तमान सांसद खान लुम्बिनी प्रदेश सभामा पार्टीको संसदीय दलको प्रमुख सचेतक थिए ।

गुप्ताले १२ हजार ९ सय ४१ मत ल्याएर विजयी हुँदा खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन् । गुप्ता स्थानीय चुनावअघि एमालेमा थिए । एमालेबाट मेयरको टिकट नपाएपछि उनी जनमत पार्टीमा प्रवेश गरेका थिए ।

नेकपा एमालेका रामचन्द्र यादवले ४ हजार ८३८, स्वतन्त्र उम्मेद्वार नितेशमोहन चौधरीले २ हजार ६४७ र लोकतान्त्रिक समाजवादीका अबुल कैयसले १५२४ मत पाए । अन्य उम्मेद्वारले ७०० मत पनि कटाउन सकेनन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज – ११ साउन २०८१ शुक्रवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ, बढी सचेत रहनु होला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शुभारम्भको चर्चा चल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वैदेशिक कार्यबाट बढी लाभ र सफलता पाइनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

विमानस्थलमै जहाज दुर्घटना: उद्धारमा लापरबाही

Published

on

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पेरिमिटिरभित्र बुधबार बिहान जहाज दुर्घटना भएपछि तत्काल उद्धारमा ढिलासुस्ती गरिएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहान ११ः११ बजे जहाज दुर्घटनामा परेको हो। सिसिटिभी फुटेजमा पनि जहाज दुर्घटना भएको देख्न सकिन्छ। प्रहरीले विमान दुर्घटनामा परेको डेढ मिनेटमै थाहा पाएको थियो। प्रहरीले तुरुन्तै सञ्चार सेटमार्फत नागरिक उड्डयन प्राधिकरणसहित सबै निकायलाई दुर्घटनाको खबर गरिसकेको अवस्थामा विमानस्थल परिसरमा रहेकै दमकल भने समयमा परिचालन हुन सकेन।

विमान दुर्घटना भएको १५ मिनेटसम्म पनि उक्त दमकल दुर्घटनास्थलमा पुग्न सकेन। दुर्घटनास्थलमा दमकल कताबाट लैजाने भन्ने छलफल गर्दागर्दै ढिला भयो। दुर्घटनाको कारण छानबिन समितिले खोज्ला। तर दुर्घटनास्थलमा समयमै दमल नपुग्नुमा विमानस्थल प्रशासन र प्राधिकरणको गम्भीर लापरबाही देखिएको छ।

आइकाओको अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानस्थलको पेरिमिटरभित्र विमान दुर्घटना भए कम्तीमा दुई मिनेटभित्र दमकल पुगिसक्नुपर्छ। तर बुधबार १५ मिनेटसम्म पनि दुर्घटनास्थलमा दमकल पुगेन। करिब–करिब जहाज जलिसकेपछि दमकल पुगेको थियो।

यसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमन र व्यवस्थापन पक्षको कमजोरी प्रष्ट देखिएको छ। ‘सेफ्टी रेगुलेसन’मा प्राधिकरण चुकेको छ । दमकल पुगेपछि पनि आगो निभाउन कम्तीमा २५ मिनेट लागेको थियो । आगो नियन्त्रणमा आउँदा करिब–करिब ११ः५५ भएको थियो।

तर विमानस्थल प्रशासनले ११ः४० बजे नै नियन्त्रणमा आएको भनेर प्रचार गर्‍यो। दुर्घटना भएको पाँच मिनेटमै नेपाली सेनाको बम डिस्पोजल टोलीका प्रमुख सेनानी ( कर्णेल) रामज्योति बोहोरा परिचालित भएका थिए। उनकै टोलीले पाइलट मनिष शाक्यलाई उद्धार गरेको हो। शाक्यको उद्धार गरेर अस्पताल पुर्‍याउँदासम्म दुर्घटनास्थलमा दमकल पुगेको थिएन।

उनको उद्धार ११ः३० बजे भएको थियो। शाक्यसँगै अन्य तीनजनालाई पनि सोही समयमा उद्धार गरी त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो। त्यस बेलासम्म विमानस्थलमा रहेका दमकल घट्नास्थलमा नपुग्नुले गम्भीर लापारवाही भएको पुष्टि हुन्छ।

गत जेठ २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भए कसरी उद्धार गर्ने भन्ने अभ्यास गरिएको थियो। विमानस्थलमा आपत्कालीन अवस्थामा सम्बन्धित निकायले प्रभावकारी रूपमा उद्धारको काम गर्न सक्छन् कि सक्दैनन् भन्ने जाँच गर्न एयरपोर्ट इमरजेन्सी प्लानअनुसार यस्तो अभ्यास गरिएको हो। तर बुधबार सबै प्रक्रियामा प्राधिकरण प्रशासन चुकेको देखियो। यसैबीच सरकारले विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ।

Continue Reading

Banner

नेपालमा हालसम्म ६१ हवाई दुर्घटना, ९१५ ले गुमाए ज्यान

Published

on

बुधबार सौर्य एयरलाइन्ससहित नेपालमा हालसम्म ६१ हवाई दुर्घटना भएका छन् । यी दुर्घटनामा ९१५ को ज्यान गएको छ । सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकोप्टर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक छ । 

१ माघ ०७९ पछि नेपालमा मानवीय क्षति हुने गरी जहाज दुर्घटना भएको भने बुधबार नै पहिलो हो । १ माघ ०७९ मा यती एयरलाइन्सको एटिआर ७२ जहाज पोखरामा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो क्षति भएको पनि यही दुर्घटनामा हो । बुधबार सौर्य एयरलाइन्सको दुर्घटनामा भने १८ जनाको मृत्यु भएको छ ।

५ नोभेम्बर १९६० मा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना हुँदा चारजनाको मृत्यु भयो । त्यसपछि सन् १९८४ सम्म निगमका जहाज ६ पटक निरन्तर दुर्घटनामा परे । १२ जुलाई १९६९ मा निगमको जहाज हेटौँडानजिकै दुर्घटना हुँदा ३५ यात्रुले ज्यान गुमाएका थिए । नेपालमा निगम, नेकोन एयर, एयर काष्ठमण्डप र मकालु एयरका सिंगल इन्जिनका सात जहाज दुर्घटनामा परे, जहाँ २५ यात्रुको मृत्यु भयो भने १८ जना घाइते भए । सिंगल इन्जिन जहाज दुर्गम भेगमा कार्गाे र चार्टर्ड उडान गर्दा दुर्घटनामा परेका थिए । १६ मे २०१८ मा मकालु एयरको जहाज सिमकोटमा दुर्घटनामा परेपछि नेपालमा सिंगल इन्जिन जहाज उडानमा रोक लगाइएको थियो ।

नेपालमा हवाई दुर्घटनाको इतिहास साढे सात दशक पुरानो छ । तर, यात्रुको ज्यान नै जाने गरी भने पहिलोपटक ७० वर्षअघि (३० अगस्ट १९५५ मा) कालिंगा एयरको जहाज सिमरामा दुर्घटना भएको थियो । जसमा दुईको मृत्यु र एक घाइते भएका थिए । जहाज अवतरणको क्रममा रन–वेबाट चिप्लिने, टायर पड्किने, इन्जिन फेल हुने, आगो निस्कने, ल्यान्डिङ गियर अड्किनेजस्ता साना–ठूला दुर्घटना धेरैपटक भएका छन् । यस्ता केही दुर्घटनामा यात्रु सामान्य घाइते भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

त्रिभुवन विमानस्थलपरिसरमै पाँच ठूला दुर्घटना
आधुनिक उपकरणले सुसज्जित देशकै सबैभन्दा सुविधासम्पन्न र सर्वाधिक सुरक्षित मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरमै पाँच ठूला दुर्घटना भएका छन् । यीमध्ये एउटा दुर्घटना मात्रै मानवीय क्षति हुनबाट जोगिएको थियो । त्रिभुवन विमानस्थलमा पहिलो ठूलो दुर्घटना १४ जनवरी १९९५ मा भएको थियो । त्यसवेला तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा दुईजनाको ज्यान गएको थियो भने २३ घाइते भएका थिए । त्यस्तै, २१ अप्रिल २००४ मा बुद्ध एयरको जहाज दुर्घटनामा एकको मृत्यु भएको थियो ।

४ मार्च २०१५ मा टर्किस एयरको वाइडबडी अवतरणका क्रममा रनवेभन्दा बाहिर जाँदा दुर्घटनामा पर्‍यो । विमानमा सवार २३५ यात्रु घाइते भएका थिए । उक्त दुर्घटनामा मानवीय क्षति भने हुन पाएन । जहाज धावनमार्गमा अड्किँदा चार दिनसम्म विमानस्थल बन्द भएको थियो । त्यस्तै, मार्च २०१८ मा बंगलादेशबाट आएको युएस–बाङ्ला एयरलाइन्सको जहाज पनि अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालक दलसहित ७१ यात्रुमध्ये ५१ जनाको ज्यान गएको थियो । पछिल्लोपटक मानवीय क्षति हुने गरी बुधबार (९ साउन ०८१) सौर्य एयरको जहाज दुर्घटनामा परेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक