प्रतिनिधि सभा निर्वाचन २०७९
मोरङ ३ का प्रत्यक्षमा विजयी तीनै जना उम्मेद्वार बेलबारीका
बेलबारीः गत साता भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ विजयी मोरङको ३ नम्बर क्षेत्रका तीनै जना उम्मेद्वार बेलबारी नगरपालिकाका रहेका छन् ।
सुन्दरहरैंचा, बेलबारी, पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका मोरङको ३ नम्बर क्षेत्रमा पर्छन् । यस पटकको निर्वाचनमा निर्वाचित हुने सबै उम्मेद्वार भने बेलबारीका रहेका छन् ।
प्रतिनिधि सभामा निर्वाचित भएका सुनिलकुमार शर्माको घर बेलबारी–४ मा छ । उनी एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै निर्वाचित भएका छन् । शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत ल्याएका छन् । रेखा थापाले १० हजार ९९८ मत ल्याएकी छन् । थापाको माइतीघर सुन्दरहरैंचा हो भने तेह्रथुम घर भएका ढकालले हालै सुन्दरहरैंचामा घर बनाएका छन् ।
प्रदेश (१) तर्फ कांग्रेसका मानबहादुर लिम्बू निर्वाचित भएका छन् । उनले १९ हजार ७४९ मत ल्याएका छन् भने एमालेका दिलीप राईले १४ हजार ८१७ मत मात्रै ल्याएका छन् । लिम्बूको घर बेलबारी–१० मा पर्छ भने राईको घर पथरीशनश्चरे हो । राई पथरी शनिश्चरे नगरपालिकाका निवर्तमान मेयर हुन् ।
उता, मोरङ ३ (२) मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन् । उनी बेलबारीका निवर्तमान मेयर हुन् । उनले सुन्दरहरैंचा घर भएका एकीकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठलाई पराजित गरेका हुन् । सुवेदी १७ हजार ४२८ मत ल्याएर विजयी बन्दा श्रेष्ठले १५ हजार ३५८ मत पाए ।
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login