विश्वकप फुटबल
कतार विश्वकपः आज हुने खेलहरु
विराटचोकः कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार चार खेलहरु हुँदैछन् ।
कतार विश्वकपमा सोमबार समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुई दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्बिया बीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्बिया पहिलो जीतको खोजीमा अल जानौबी स्टेडियममा उत्रँदै छन् । ब्राजिलसँग २–० गोल अन्तरमा पराजित सर्बिया पहिलो जीतको खोजीमा रहेको छ ।
त्यस्तै, पहिलो खेलमा स्वीट्जरल्यान्डसँग १–० ले क्यामरुन पराजित भएको थियो ।
दोस्रो खेलमा समूह ‘एच’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ । घाना र दक्षिण कोरिया पहिलो जीत निकाल्न एजुकेशन सिटी स्टेडियममा खेल्ने छन् । घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ को अन्तरले पराजित भएको हो । दक्षिण कोरियाले उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो ।
तेस्रो खेलमा ब्राजिल र स्वीट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ । ब्राजिल र स्वीट्जरल्याण्ड दोस्रो जीतको खोजीमा स्टेडियम ९७४ मा खेल्ने छन् ।
पहिलो खेलमा ब्राजिलले सर्बियालाई २–० गोलले पराजित गरेको थियो । स्वीट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो ।
चौथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । पोर्चुगल लगातार दोस्रो जीतको योजनामा रहेको छ । उरुग्वे भने पहिलो जीतको खोजीमा छ ।
Facebook Comment
Banner
शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिले बिरामीलाई सहजता, के हो ए. एस. डी. क्लोजर प्रविधि ?
मोरङ । लेटाङका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ निवासी अमिस मगरको विना शल्यक्रिया नोबेलका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर प्रविधिबाट मुटुको जन्म जात प्वाल टालेको हो ।
Banner
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ । यदि यसले व्यवसायिक रुप पाएमा गाडी धनीहरुलाई पेट्रोल/डिजल र हाइड्रोजन दुवै प्रकारको ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प हुने छ ।
पेट्रोल–डिजल प्रयोग गरेर तपाईंले चलाइरहेको गाडी हाइड्रोजनबाट पनि चल्ने होस् भन्ने चाहनु भएको छ ? यदि छ भने तपाईंका लागि खुसीको खबर छ । नेपालमा डिजल–पेट्रोलबाट चल्ने गाडीमै हाइड्रोजन पनि प्रयोग गर्न मिल्ने गरी इन्जिनको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
हाइब्रिड खालको इन्जिन विकासका लागि रिन्यु जेन रिसोर्सेस नेपालले बेलायतको एक विश्वविद्यालय र नेपालको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम गरिरहेको छ । सो समझदारी अनुसार पेट्रोल–डिजलबाट चलिरहेको गाडीको इन्जिनलाई सामान्य परिमार्जन गरी हाइड्रोजनबाट पनि चलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
Banner
सार्वजनिक ठाउँमा चल्ने निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्नुहोला।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login