Connect with us
Advertisement

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा आज श्रीलंका र इटालीका नाटक मञ्चन हुँदै

Published

on

काठमाडौंः इटाली र श्रीलंकाका दुई नाटक मञ्चन, नाटकको पुस्तक विमोचन र साङ्गीतिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) छैटौं दिनमा आज हुने भएका छन् ।

इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को बुधबार दुई मञ्चन हुँदैछ । छाया नाटक र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाएको छ । नाटकले आघातबारे अन्तरक्रियामा आधारित अभ्यासहरुको उपयोग गर्दै छाया माध्यमद्वारा नाट्य थेरापीको प्रयास समेत गर्दछ ।

‘स्याडो लिवेरेसन’ दिउँसो २ र साँझ ६ बजे मण्डला स्टुडियोमा मञ्चन हुँदैछ । त्यस्तै दिउँसो २ बजे मण्डला नाटकघरमा श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदैछ ।

‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा होनहार केटाले तीन फरक कथाहरु सुनाउनेछन् । जब सबै पात्रहरुले आफ्नो नियतिको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकहरुले यी तीन मध्य श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ ।

त्यस्तै महोत्सवमा बुधबार मध्यन्ह १२ बजे नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को विमोचन हुँदैछ । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको सो नाटक केही महिनाअघि मण्डला नाटकघरमा मञ्चन पनि भएको थियो । विमोचन लगत्तै ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ ?’ शीर्षकमा प्यानल डिस्कसन हुनेछ । जसमा साहित्यकारहरु नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रङ्गकर्मीहरु विमल सुवेदी, दिया मास्केसँग लेखक, पत्रकार वसन्त बस्नेतले वार्ता गर्नेछन् ।

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ भइरहेको महोत्सवमा छैटौं दिनको अन्तिम कार्यक्रममा कलाकारहरु हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।

मंगलबार के के भए ?
निटफेस्टमा मंगलबार अमेरिकी अडियो नाटक ‘ट्रि कन्फेसन’ प्रस्तुत भएको थियो । त्यस्तै उरुग्वेको नाटक ‘रियो’ र नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’को मञ्चन भएको थियो । साथै साँझमा नृत्य प्रस्तुति ‘पाइतालाका यात्रा’ प्रस्तुत भएको थियो ।

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन तथा, अन्तरक्रिया कार्यक्रम, कार्यशाला, सेमिनार हुने महोत्सव सदस्य तथा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ का सञ्चार संयोजक केदार श्रेष्ठले जानकरी दिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ओमानमाथि नेपाल ‘ए’ को सानदार जित

Published

on

नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ ।

ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १0१ को बराबरीमा गरेको हो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । विश्वकप लिग–२ को तयारीमा रहेको ओमानले नेपाल ‘ए’ सँग अभ्यास खेल खेलेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि ‘प्लेयर अफ द म्याच’ इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान दिए । यस्तै, देव खनालले ९५ बलमा ६४ रन र कुशल मल्लले ३२ बलमा ५७ रनको आक्रामक पारी खेल्नुभयो । ओमानका जितेनकुमार रमानन्दीले २ विकेट लिए ।

२८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन जोड्नुभयो भने रमानन्दीले २४ र विनायक शुक्लले २१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले घातक बलिङ गर्दै ३ विकेट लिनुभयो । उहाँले ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए।

त्यस्तै, हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २-२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए । ओमानले लिग-२ अन्तर्गत सोमबार युएई र बुधबार नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

Continue Reading

Banner

लगातार तेस्रो दिन सुनचाँदीको भाउ घट्यो

Published

on

सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।

सुनको भाउ आज तोलामा २ हजार २००  रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Continue Reading

Banner

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

Published

on

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउँदै छ। पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ देखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिने छ ।

दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यस्तै मोहन आचार्यदेखि निष्कल राईसम्मका नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ सांसद छन्, जसले दलको नेता चयनका लागि मतदान गर्नेछन्।

पार्टीभित्रको आन्तरिक मतभेदका कारण ढिलाइ हुँदै आएको नेतृत्व चयन प्रक्रिया हाल औपचारिक रूपमा अघि बढाइएको हो। सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि संसदीय दलको निर्वाचन प्रक्रिया अघि बढेको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक