खेलकुद
नेपालमा पहिलो पटक भएको अन्तरराष्ट्रिय स्तरको रग्बीको सेमीफाइनल समीकरण पूरा
काठमाडौंः यु–१८ एशियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पहिलो दिन शनिबार पुरुषको सेमीफाइनल समीकरण पूरा भएको छ । अन्तर्राष्ट्रिय स्तरको रग्बी प्रतियोगिता नेपालमा पहिलो पटक भएको हो ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अंकसहित विजेता तथा भारत ५ अंकसहित उपविजेता बन्दै सेमीफाइनलमा पुगे । समूह ‘बी’ बाट युएइ ९ अंकका साथ विजेता तथा दक्षिण कोरिया ७ अंकका साथ उपविजेताको रुपमा सेमीफाइनल पुगे । सेमीफाइनलमा भारतको भेट युएइसंग हुनेछ भने दक्षिण कोरियाले मलेसियाको सामना गर्नेछ ।
समूह ‘ए’ मा रहेको नेपालले भारतसंगै समान ५ अंक जोडे पनि स्कोरअन्तरका आधारमा पछि प¥यो । नेपालले भारतलाई १२–१० ले पराजित गरेको थियो । नेपाल थाइल्यान्डसंग १५–७ तथा मलेसियासंग ३४–० ले पछि पर्याे ।
पुरुष रग्बीमा ८ टिम सहभागी छन् । नेपालसहित समूह चरणबाट बाहिरिएका थाइल्यान्ड, बंगलादेश र चाइनिज ताइपेइले प्लेट च्याम्पियनसिपमा पुनः प्रतिस्पर्धा गर्ने छन् । प्लेटमा नेपालले ताइपेइ तथा थाइल्यान्डले बंगलादेश विरुद्ध खेल्ने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिलाको राउन्ड रोविन लिगमा भारत र थाइल्यान्डले समान ३–३ खेल खेल्दै समान ७–७ अंक जोडेका छन् । ५ टिम सहभागी राउन्ड रोविनमा दुवैको १–१ खेल बाँकी छ ।
समान २–२ खेल खेलेका युएइ, नेपाल र मलेसियाको क्रमशः ६ अंक, २ अंक र २ अंक रहेको छ । नेपाल थाइल्यान्डसँग ३९–० र युएइसँग ४१–० ले पराजित भयो ।
प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा दाहालले अन्तर्राष्ट्रिय प्रतियोगिताले राष्ट्रबीचको सम्बन्ध अझ प्रगाढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताउदै राष्ट्रको अर्थतन्त्र वृद्धिमा पनि टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपालमा रग्बीको विकास र विस्तारका लागि सरकारले पूर्वाधार निर्माण तथा अन्य तयारी शुरु गरेको जानकारी गराए ।
एशिया रग्बीका अध्यक्ष कायस अल धलाइले छोटो समयको प्रस्तावमा पनि नेपालले प्रतियोगिता आयोजना गर्न तत्परता देखाएकोमा नेपाल रग्बी संघलाई धन्यवाद दिँदै खुशी व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव एवं एशिया रग्बीका सदस्य टंकलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति थियो ।
प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

Facebook Comment
Banner
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याएका दुई जना शिक्षा सेवि तथा पाँच जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। शिक्षा सेवितर्फ पञ्चायत माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टोम बहादुर श्रेष्ठ र पूर्व शिक्षक लक्ष्मी खरेल सम्मानित हुनुभयो। त्यसैगरी सञ्चारकर्मीतर्फ शिव भट्टराई, भोजपुरे, खेमचन्द्र अधिकारी, ग्याननाथ ढकाल, मनिराम दाहाल र लीलानाथ गच्छेदारलाई सम्मान गरिएको थियो।
उत्सवमा विद्यालयका विद्यार्थीहरूले एजुकेशनल एक्जिबिशन, विभिन्न प्रदर्शनी, नाटक, नृत्य तथा गायन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विद्यालयकी प्रधानाध्यापिका देवी सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख अकली देवी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै शिक्षा र सहकार्यको महत्व उजागर गरेको विद्यालयले जनाएको छ।
Banner
समानुपातिक सांसदहरुले विहीबार प्रमाणपत्र पाउने, सपथ चैत १२ मा हुने
प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ सांसद बनेकाहरुले भोलि बिहीबार निर्वाचन आयोगमामार्फत प्रमाणपत्र पाउने भएका छन् । आयोगले बिहीबार समानुपातिकतर्फका कुल ११० सांसदलाई प्रमाणपत्र दिने भएको हो ।निर्वाचन आयोगका अनुसार, निर्वाचित सांसदहरुले प्रमाणपत्र पाएपछि आगामी चैत्र १२ गते सपथको तयारी गरिएको हो । त्यसपछि मात्र सरकार गठन हुनेछ ।
Banner
इरान युद्धमा परेर २०० अमेरिकी सैनिक घाइते
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेयता करिब २०० अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सेनाको मध्य कमान्डका प्रवक्ता टिम हकिंसले सोमबार यसबारे जानकारी दिएका हुन् ।
हकिंसका अनुसार घाइते सैनिकहरू बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा घटनामा परेका हुन् । तीमध्ये १० जना सैनिक गम्भीर घाइते भएका छन् भने बाँकी १८० भन्दा बढी उपचारपछि फिर्ता जिम्मेवारीमा फर्किएका छन् ।
साथै, पश्चिमी इराकमा अमेरिकी के–सी– १३५ इन्धन आपूर्ति विमान दुर्घटना भएको थियो । यस दुर्घटनापछि अमेरिकी सेनामा मृत्यु हुने संख्या १३ पुगेको छ ।
यो घटनाले अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तनाव र मानवीय चुनौतीहरू अझ बढेको देखाएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login