Connect with us
Advertisement

मंसिर २९ देखि विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

Published

on

विराटनगरः विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड) मा सातौं विराट एक्स्पो हुने भएको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको उद्योग संगठन मोरङले जनाएको छ ।

आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ उद्योग संगठन मोरङले ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गर्न लागेको हो । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ एक्स्पो हुन लागेको हो ।

एक्स्पोको मुख्य आकर्षण आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका बिषयगत मुद्दाहरुमा नीतिगत छलफल, अनुभव आदानप्रदान, नवीनतम सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियन, प्रदेश आर्थिक वृद्धि तथा लगानी सवलीकरणका लागि एसियन फउण्डेसन र प्रदेश नागरिक विकास बोर्डसँग सहकार्यमा लगानी सम्मेलन, प्रदेश १ मा लगानीका सम्भावना भएका कुराको प्रदर्शनीको छुट्टै पेभिलियन रहने बताइएको छ ।

त्यसैगरी, पहिलो पटक एक्स्पोमा रोबोटसँग प्रत्यक्ष संवाद गर्ने मौका मिल्ने छ । थ्रीडी भर्चुअल टुरमार्फत् प्रदेश १ को प्रख्यात पर्यटकीय क्षेत्र सगरमाथाको बेस क्याप, गुफा पोखरी, पाथीभरा मन्दिरलगायत हेर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । यस बाहेक पर्यटकीय गन्तव्यको जानकारी, स्थानीय खाना उत्सव, दैनिक साङ्गीतिक कार्यक्रम पनि हुने भएका छन् । यस्ता कार्यक्रमहरुमा स्थानीय कला संस्कृति एवं कलाकारहरुलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै कला संस्कृतिको प्रस्तुति हुने बताइएको छ । साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको समेत सहभागिता रहने भएको छ ।

एक्स्पोमा रोजगार दाता र रोजगारको खोजीमा रहेकाहरुबीच प्रत्यक्ष भेटघाटका लागि छुट्टै पेभिलियन रहने भएको छ । ४ सय १५ वटा स्टल रहने एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै भारत, बंगलादेश, पाकिस्तानलगायतका मुलुकको उत्पादनको प्रदर्शनी राखिने भएको छ । एक्स्पोमा भारत बिहारको सीमावर्ती क्षेत्रबाट समेत गरी करिब ३ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य

Published

on

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले एक सूचना जारी गरी मन्त्रालय/विभाग/कार्यालय/निकाय र स्थानीय तहहरूलाई कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको हो । साथै, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर सम्बन्धित कार्यालयमा सुरक्षित राख्न पनि भनिएको छ।

पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तहाँ कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध छ । सो व्यवस्था कार्यान्वयन नभएको अवस्था भए कर्मचारीको दैनिक उपस्थिति (आएको तथा गएको) विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीबाटै गर्ने व्यवस्था मिलाउनु हुन र प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी, प्रमाणित गरी सो अभिलेख कार्यालयमा सुरक्षित राख्न समेत यस मन्त्रालयको मिति २०८३।०१।०८ गतेको निर्णय (सचिवस्तर) अनुसार अनुरोध छ ।’

Continue Reading

Banner

दशौंं पीएम कप एनभीए भलिबल लिग आजदेखि

Published

on

नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा दश दिन सञ्चालन हुने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश भलिबल क्लब र बुढानिलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

नवौँ एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिपबाट छनोट भएका शीर्ष टोलीहरुले दशौँ एनभीएल लिग खेल्न लागेका हुन् ।

नवौँ एनभीएल महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यु डायमण्डले जितेको थियो ।

लिगका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ । एनभीए लिगमा महिला र पुरुषतर्फ गरी कूल ४५ खेल हुनेछ । जसमा लिग चरणमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन् । दुवैतर्फ लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

एनभीएल लिगका उत्कृष्ट टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले सन् २०२६ मा आयोजना गर्ने काभा क्लब च्याम्पियनसिप (महिला र पुरुष) मा छनोट हुने प्रावधान रहेकोले सहभागि सबै टोलीका लागि एनभीएल भलिबल लिग महत्वपूर्ण हुनेछ ।

पहिलो दिन चार खेल

लिगको पहिलो दिन महिला र पुरुषतर्फ दुई-दुई गरी कूल चार खेल हुनेछ । महिलातर्फ बिहान ८ बजे एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ भने बिहान १० बजे नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबबीच खेल हुनेछ ।

यस्तै पुरुषथर्फ हेल्प नेपाल क्लब र बुढानिलकण्ठ भलिबल क्लबबीच मध्यान्न १२ बजे खेल हुनेछ भने त्रिभुवन आर्मी क्लब र खिल्ली युवा क्लबबीचको खेल अपरान्ह ४ बजे सुरु हुने तालिका छ । यसैगरी उद्घाटन समारोह दिउँसो ३ बजे हुने नेपाल भलिबल संघले जनाएको छ ।

चार टोलीमा विदेशी खेलाडी

दशौँ संस्करणको पीएम कप एनभीए भलिबल लिगमा सहभागि कूल १४ मध्ये ४ टोलीले मात्र विदेशी खेलाडी आफ्नो टिममा समावेश गरेका छन् । त्यसमा पुरुषतर्फ हेल्प नेपाल, रुकुम पश्चिम भलिबल क्लब र खिल्ली युवा क्लब छन् भने महिलातर्फ बुटवलको एभरेष्ट भलिबल क्लबले विदेशी खेलाडी टिममा राखेको छ ।

नेपाल भलिबल संघको अनुसार लिगमा तीन विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । त्यही अनुसार मोफसलका क्लबहरुले विदेशी खेलाडी समावेश गर्दै टिम बलियो बनाएका छन् ।

त्यसमा पनि टिपटपले लामो समयदेखि विदेशी खेलाडीहरु टिममा राख्दै घरेलु भलिबल प्रतियोगितामा सधैँ दाबेदारी दिँदै आएको छ । यस पटक पनि हेल्प नेपालले मुराद जेहान, उस्मान फर्‍याद अली र मुह्मद कासिफ नाभिदलाई अनुबन्ध गरेको छ ।

यस्तै नवौँ एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विदेशी खेलाडीको साथ उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष ८ मा रहेर एनभीएल लिगमा छनोट भएको रुकुम पश्चिम र खिल्जी युवा क्लबले पनि दशौँ एनभीएल लिगमा विदेशी खेलाडी समावेश गरेको छ । रुकुम पश्चिमले फहद राजा, एडनान खान र आफा खानलाई अनुबन्ध गरेको छ भने खिल्जीले भारतीय खेलाडीहरु शुभम चौधरी, रजत चौधरी र सुरज चौधरीलाई अनुबन्ध गरेको छ ।

महिलातर्फ पनि एभरेष्ट क्लबले भारतबाटै केपी अनुश्री, अमिथा किकोथ र अनाघा राधाकृष्ननलाई अनुबन्ध गरेको छ । एभरेष्टले गत संस्करणमा थाइल्यान्डका तीन खेलाडी अनुबन्ध गरेर खेलाएको थियो ।

महिला र पुरुक्ष दुवैमा तीन विभागीय टोलीले आफ्नै क्लबका खेलाडीहरु समावेश गरेका छन् भने पुरुषतर्फ कोशी प्रदेश र बुढानिलकण्ठ क्लबले पनि विदेशी खेलाडी राखेको छैन । यस्तै महिलातर्फ सुदूरपश्चिमले पनि विदेशि खेलाडी समावेश गरेको छैन ।

विजेतालाई १० लाख पुरस्कार

यसपटक एनभीए लिग जित्ने टोलीले पाउने पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ । लिगमा महिला र पुरुष दुवैतर्फ विजेतादेखि अन्य पुरस्कार समान राखिएको छ ।

लिगको दुवै विजेताले १० लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । नेपाली भलिबल इतिहासमा नेपाल भलिबल संघले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा यो अहिलेसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार हो ।

यस्तै महिला र पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीले ६० हजार हात पार्नेछन् भने दुवैतर्फ उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकले ३०-३० हजार प्राप्त गर्नेछन् ।

नवौँ एनभीए लिगमा महिला र पुरुष दुवैतर्फ विजेताले नगद ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुनेले २ लाख प्राप्त गरेका थिए भने सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट सबैले २५ हजार पाएका थिए ।

नवौँ पीएम कप एनभीए लिगमा पुरुषतर्फ हेल्प नेपाल र महिला तर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो ।

Continue Reading

Banner

संघीय संसद् अधिवेशन आह्वान

Published

on

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को नयाँ अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार आगामी वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा दुवै सदनको बैठक बस्ने गरी अधिवेशन बोलाइएको हो।

यो निर्णय नेपाल सरकार, मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसका आधारमा गरिएको जनाइएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक