खेलकुद
सो क्योकुसिनमा नेपाल टिम च्याम्पियन
काठमाडौंः नेपाली टोली ११ स्वर्ण पदकका साथ दोस्रो अन्तर्राष्ट्रिय सो क्योकुसिन कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ ।
सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेल परिसरमा शनिबार सम्पन्न प्रतियोगितामा भारतले ८ स्वर्ण जित्दै दोस्रो स्थान हात पार्यो ।
नेपाल सो क्योकुसिन कराते संघको आयोजना तथा अन्तर्राष्ट्रिय अल गेम्स फेडेरेसनको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका र भुटानका २ सय ७४ खेलाडीहरु सहभागी थिए ।
प्रतियोगितामा पुरुषतर्फ १२, महिलातर्फ ९ तथा पारा खेलको ४ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा पुरुष २५ केजी तौल समूहमा नेपालका छेसन तामाङ, २५ केजीमा नेपालकै रोचेन मगर, ३० केजीमा विश्वास तामाङ, ३५ केजीमा रोमित महर्जन, ४० केजीमा सञ्जेश गोलान, ४५ केजीमा विवेक तामाङ, ५० केजीमा राजेश नगरकोटी, ५५ केजीमा निरोज नगरकोटी र ७० केजीमा विजय साङतलले स्वर्ण पदक प्राप्त गरे ।
महिलातर्फ नेपालबाट ४० केजी तौल समूहमा दीक्षा पुन, ६५ केजी तौलमा दीपिका पटेल र खुला तौल समूहमा सुमित्रा नगरकोटीले स्वर्ण पदक जितिन् ।
त्यसैगरी, भारतबाट स्वर्ण पदक जित्नेहरुमा महिलातर्फ ३० केजीमा प्रतीक्षा रावल, ३५ केजीमा भन्सिका साहू, ४५ केजीमा श्रेया अकोसी, ५० केजीमा रिद्सा सोनु, ५५ केजीमा अदिती दीलिप, ६० केजीमा श्रेया साइकु रहेका छन् ।
पुरुषतर्फ खुला तौलमा भारतका सन्दीप गर्ग तथा ६० केजीमा मिहिर दिवाकरले स्वर्ण जिते भने बंगलादेशबाट एकमात्र स्वर्ण ६५ केजीमा अजिज शेखले जिते ।
प्रतियोगिताको उद्घाटन बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्री उमा रेग्मीले गरेकी थिइन् ।
नेपाल सो क्योकुसिन कराते संघका अध्यक्ष तथा ललितपुर क्षेत्र नम्बर २ का सांसद रामकृष्ण ताम्राकारको अध्यक्षतामा भएको समारोहमा बाग्मती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जन विशेष अतिथीका रुपमा उपस्थित थिए ।
नेपाल सो क्योकुसिन कराते संघका महासचिव तथा ब्राञ्च चिफ राजकुमार श्रेष्ठले प्रतियोगिताको अर्को संस्करण भारतको गुवाहटीमा अर्को वर्ष हुने जानकारी गराएका थिए ।
प्रतियोगिता दक्षिण एशियाका प्रत्येक राष्ट्रहरुमा हरेक वर्ष पालैपालो आयोजना गर्ने योजना रहेको छ ।
Facebook Comment
Banner
शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिले बिरामीलाई सहजता, के हो ए. एस. डी. क्लोजर प्रविधि ?
मोरङ । लेटाङका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ निवासी अमिस मगरको विना शल्यक्रिया नोबेलका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर प्रविधिबाट मुटुको जन्म जात प्वाल टालेको हो ।
Banner
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ । यदि यसले व्यवसायिक रुप पाएमा गाडी धनीहरुलाई पेट्रोल/डिजल र हाइड्रोजन दुवै प्रकारको ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प हुने छ ।
पेट्रोल–डिजल प्रयोग गरेर तपाईंले चलाइरहेको गाडी हाइड्रोजनबाट पनि चल्ने होस् भन्ने चाहनु भएको छ ? यदि छ भने तपाईंका लागि खुसीको खबर छ । नेपालमा डिजल–पेट्रोलबाट चल्ने गाडीमै हाइड्रोजन पनि प्रयोग गर्न मिल्ने गरी इन्जिनको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
हाइब्रिड खालको इन्जिन विकासका लागि रिन्यु जेन रिसोर्सेस नेपालले बेलायतको एक विश्वविद्यालय र नेपालको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम गरिरहेको छ । सो समझदारी अनुसार पेट्रोल–डिजलबाट चलिरहेको गाडीको इन्जिनलाई सामान्य परिमार्जन गरी हाइड्रोजनबाट पनि चलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
Banner
सार्वजनिक ठाउँमा चल्ने निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्नुहोला।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login