Connect with us
Advertisement

सवारी दुर्घटनामा १ जनाको मृत्यु, ४ घाइते

Published

on

विराटनगरः सुनसरीको वराहक्षेत्र नगरपालिका–३ स्थित सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा को १७ प ६९४४ नम्बरको मोटरसाइकलका चालक बेलबारी नगरपालिका–२ का ३५ वर्षीय हर्कबहादुर राई रहेका छन् । उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

हिजो साँझ ६ बजे प्रदेश १–०२–०४३ प १७१, को.३८ प ९२१० र को. १७ प ६९४४ नम्बरका मोटरसाइकलहरु आपसमा ठक्कर लागी दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका वराहक्षेत्र–१ का ३३ वर्षीय रञ्जित कार्की, ३५ वर्षीय सुभास श्रेष्ठ, सुन्दरहरैंचा–२ का ३८ वर्षीय हेमचन्द्र गुरागाई र २६ वर्षीय इन्दिरा गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी रहेको पाइयो

Published

on

चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएकाे छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गरेको अध्ययनअनुसार चन्द्रमामा पाँचदेखि आठ गुणा बढी पानी रहेको पाइएको हो । अध्ययनले चन्द्रमाको सतहमुनि धेरै बरफ रहेको र यसलाई आवश्यकताअनुसार निकाल्न सकिने देखाएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

अनुसन्धान संस्था इसरोको स्पेस एप्लिकेशन सेन्टर, आईआईटी कानपुर, युनिभर्सिटी अफ सदर्न क्यालिफोर्निया, जेट प्रोपल्सन ल्याबोरेटरी र आईआईटी–आईएसएम धनबादका वैज्ञानिकहरूले संयुक्त रूपमा यो अध्ययन गरेका खबरमा उल्लेख छ ।

अध्ययनले चन्द्रमाको दुवै ध्रुवमा हिउँको मात्रा पहिलेको अनुमानभन्दा बढी रहेको पत्ता लगाएको छ । इसरोका अनुसार चन्द्रमाको उत्तरी ध्रुवमा दक्षिण ध्रुवको तुलनामा दोब्बर बरफ छ । सतहबाट बरफ बाहिर निकाल्न सकेमा चन्द्रमामा पुग्ने मानिसहरू लामो समयसम्म त्यहाँ रहन सक्ने भन्दै इसरोले यसबाट विश्वका धेरै अन्तरिक्ष एजेन्सीहरू लाभान्वित हुने बताएको छ ।

Continue Reading

Banner

आज – २१ बैशाख २०८१ शुक्रवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भाग्यले साथ दिनेछ । काम देखाएर अरूको मन जित्न सकिनेछ । परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । पुनर्मिलनको योग पनि छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । आफन्तसँग खिन्नता बढ्नसक्छ । सामाजिक काममा व्यस्त हुने समय पनि रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे

Published

on

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा मिति २०८०।४।३२ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । लायन्स क्लव अफ विराटनगर एलिटले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरेका थिए । नाक, कान, घाँटी रोग विशेषज्ञ डा. मिनाक्षी बस्नेतको सकृयतामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नोवेल इकाई एवं जिल्ला समितिको सहयोग रहेको र रक्तदानबाट १०६ पिण्ट रगत संकलन भएको थियो ।
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक