कोशी प्रदेश
सुन्दरहरैंचा नगरमा भएका विवादित विषयमा युवा अभियन्ताद्वारा चासो
विराटचोकः सुन्दरहरैँचा नगरपालिकाका विषयमा सामाजिक सञ्जालमा आएका विषय लगायतका बारेमा स्वतन्त्र युवा अभियानले नगरपालिकासँग अन्तरक्रिया गरेको छ । आइतबार युवा अभियन्ता सरोज नेपालसहितको टोलीले नगरप्रमुख केदारप्रसाद गुरागाई र प्रमुख प्रशासकीय अधिकृत विनोद भटराईसँग नगरपालिकामा भइरहेका काम कार्वाहीका बारेमा चासो राखेको थियो ।
टोलीले नागरिकले पाउने सेवा सुविधा र सामाजिक सञ्जालमा आइरहेका विभिन्न विषयमा हुने टिप्पणीका बारेमा समेत नगरपालिकालाई ध्यानाकर्षण गराएको थियो । सेवा प्रवाहमा ढिलासुस्ती भएको भनी नागरिकले गुनासो राखेपछि आफूहरु नगरपालिकामा बुझ्न आएको अभियन्ता सरोज नेपालले बताए ।
छलफलमा चासो व्यक्त गरेका विषयमा जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत भट्टराईले हाजिर सबैले गरेको, ई हाजीरी चलिरहेको र सामाजिक सञ्जालमा आएको विषयका बारेमा प्रमाणसहित आउन आग्रह गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत भट्टराईले हाजिरी गर्दा कर्मचारीले समयमै गर्नुपर्ने अन्यथा प्रमुख प्रशासकीयले हाजिरी नगराउने कानुनी आधार रहेको समेत बताएका थिए ।
यस्तै, तीन लाख रुपैयाँको रक्सीको बिलका सम्बन्धमा प्रमाणसहित आउन आरोपीलाई उनले आग्रह गरेका छन् । बिना आधार नगरको गरिमासँग जोडिएका विषयमा अभिव्यक्ति दिनु वाञ्छनीय नहुने उनको भनाइ थियो ।
छलफलमा नगरप्रमुख गुरागाईले नगरको विकास र समृद्धि तथा सुशासनलाई कायम राख्न युवाले आवाज उठाउनुपर्ने बताए । स्थानीय सरकारले दिने सेवा प्रवाहका विषयमा आवाज उठाउने सबै पक्षलाई उनले धन्यवाद दिएका थिए । उनले ठोस प्रमाणसहति आए जोसुकैबाट गल्ती भएको भए पनि कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पूर्व नगरप्रमुखले आफूलाई बिर्सिएर अभिव्यक्ति दिएको समेत उनले बताए । मेयर गुरागाईले विकास निर्माणका बारेमा जानकारी दिएका थिए ।
यस्तै सिटी सफारी दर्ता प्रक्रिया र उनीहरुका समस्यामा समेत अभियन्ताले आवाज उठाएका थिए ।
शुक्रबार आफूहरुले हाजिरी गर्न नपाएको भनी केही कर्मचारीले गुनासो गरेका थिए ।
शुक्रबार पूर्व नगरप्रमुख शिवप्रसाद ढकालले नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईँ र प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टाराईप्रति विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा यस्तो स्टाटस लेखेका थिए ।

सम्बन्धित समाचारः
निवर्तमान मेयर ढकालले लगाएका आरोप निराधारः प्रमुख प्रशासकीय अधिकृत
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login