विश्वकप फुटबल
अर्जेन्टिनाले जित्यो विश्वकप, साबिक विजेता फ्रान्स उपविजेता
विराटचोकः सन् २०२२ को फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले अर्जेन्टिनाले हराएको हो ।
३६ वर्षपछि अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो । फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप उपाधि हात पारेको थियो ।
लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २–२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।
अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे ।
खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनाले अग्रता लिएको थियो ।
यो गोलसँगै विश्वकपमा कीर्तिमानी २६ औं खेल खेलेका मेस्सी समूह चरणबाट फाइनल चरणसम्म गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै फ्रान्सलाई २–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा एमबाप्पे चम्किँदा फ्रान्सले पुनरागमन गर्यो ।
खेलको ८० औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा ल्याए । अर्जेन्टिनाका निकोलस ओटामेन्डीले राण्डल कोलो मुवानीले पेनाल्टी क्षेत्रमा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।
तुरुन्तै खेलको ८१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २–२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि अतिरिक्त समयमा समेत दुवै टोलीले थप एक एक गोल गरेका थिए ।
खेलको १०९ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई पुनः ३–२ को अग्रता दिलाए ।
तर, खेलको ११८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत् गोल गर्दै ह्याट्रिक गर्नुका साथै फ्रान्सलाई ३–३ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि दुवै टोलीले थप गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो ।
Facebook Comment
Banner
रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ ।
आइतबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका चार जनालाई अनुसन्धानका लागि १५ दिनको अनुमति दिएको हो ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ । लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो ।
उनीमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन र १३ दिन म्याद थप गरी अनुसन्धानपछि यसपल्ट थप १५ दिन म्याद थप गरिएको हो । आइतबार सरकारकातर्फबाट जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय विपिनराज तिवारी र शान्तिदेवी शर्मा, पीडिततर्फका कानुन व्यवसायी युवराज पराजुलीले बहस गरे ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, मेघराज पोखरेल, हरिप्रसाद सुवेदी र अधिवक्ता नारायणदत्त कँडेल र जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए ।
Banner
निगमका पाइलटको हड्ताल, १ सय ४९ यात्रु ८ घण्टादेखि विमानस्थलमा अलपत्र
काठमाडौंबाट भारतको मुम्बई जान आइतबार बिहान १० नबज्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका १ सय ४९ यात्रु अहिलेसम्म अलपत्र छन् ।
उनीहरु सबैको टिकट नेपाल वायुसेवा निगमको न्यरोबडी जहाजको हो । निगमसँग यतिबेला जहाज अभाव होइन । पाइलटको अभाव हो ।
करारमा कार्यरत पाइलटको दाँजोमा स्थायी पाइलटले प्राप्त गर्ने सेवासुविधामा असमानता भएको जनाउँदै नेपाल वायुसेवा निगमको न्यारोबडी र वाइडबडीका स्थायी पाइलटहरुले केहि दिनदेखि हड्ताल सुरु गरेका कारण शुक्रबार यता दर्जनौं उडान प्रभावित हुन थालेका छन् ।
‘यात्रुले विमानस्थलमा तोडफोड गर्लान् जस्तो भयो, निगमका कर्मचारी भागभाग भए, अहिले केहीलाई विमानस्थलभित्रैको लाउन्जमा राखिएको छ, केहीलाई रेष्टुरेन्टमा, जहाज उड्छ भनेर आश्वासन दिइएको छ तर कोही छैनन त्यहाँ,’ काठमाडौं विमानस्थलको टर्मिनल कार्यालयका एक अधिकृतले कान्तिपुरसँग भने ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले निगमको विमानस्थलस्थित कार्यालयलाई यात्रु उडान निर्देशन दिइसकेको बताए । ‘पैसा तिरेर गन्तव्यमा जाने यात्रुलाई अलपत्र नपार्नु भनिसकेको छु,’ महाप्रबन्धक निरौलाले भने । उनका अनुसार, शुक्रबार बिहान ९ बजे हङकङ उड्ने जहाजको क्याप्टेनले अन्तिम समयमा बिरामी भएको जानकारी दिएपछि त्यो जहाज ५ घन्टा डिले भएको थियो ।
(source:kantipur online)
Banner
कुकुरले सुँघेर पत्ता लगाएपछि धरानमा लागूऔषधसहित समातिए युवा
धरान-१७ मा एक युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
बसका सवार रहेका यात्रुकलाई कुकुरले सुघने क्रममा नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१० का २५ वर्षीय सञ्जय राना मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तरगत चाड पर्वलक्षित सुरक्षा योजनाअनुसार परिचालन भएको प्रहरी कुकुरसहितको चेकिङ टोलीले यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गरी चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन् ।
धरानबाट उदयपुर जाँदै गरेको को१ख ५४४० नम्बरको बसमा सवार रहेका राना मगरलाई नियन्त्रित औषधी ट्रामानिल ६०० क्याप्सुल र स्पारेष्ट ६०० चक्कीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चाडपर्वमा लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिविधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाइका साथ चेकजाँच गर्दै आएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो विराटनगरको टोलीले चेकजाँचको क्रममा इटहरी–६ का ३६ वर्षीय कृष्णप्रसाद प्रसाई र ३३ वर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगरसहित, भोक्राहा नरसिंह–४ का २२ वर्षीय रोस्तम अन्सारी र २२ वर्षीय इम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी–१६ का २० वर्षीय अमन चौधरी र इटहरी–१७ का २० वर्षीय रञ्जित चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित र इनरुवा नगरपालिका–५ का २५ प्रेम कुमार खंग र इनरुवा–३ का २८ बर्षीय शंकरकुमार देवलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
(koshikhabar.com)
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login