Connect with us
Advertisement
Advertisement

चिसोबाट बच्न बालिएको आगोमा जलेर महिलाको मृत्यु

Published

on

सर्लाहीः चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा १ जना महिलाको मृत्यु भएको छ । त्यस्तै, अर्काे घटनामा १ जना गम्भीर घाइते भएकी छिन् ।

सर्लाहीको बरहथवा नगरपालिका–१७ निवासी ४० वर्षीया श्रीमती राजमतीदेवी साहको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालेको आगो ताप्ने क्रममा बुधबार साँझ अचानक आगो लाग्दा उनी पुरै शरीर जलेर गम्भीर घाइते भएकी थिइन् । जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

त्यस्तै, चिसोबाट बच्न घर अगाडि बालेको आगो ताप्ने क्रममा साडीमा आगो लाग्दा विष्णु गाउँपालिका–१ बेल्वामा एक महिला गम्भीर घाइते भएकी छिन् । बुधबार राति ९ बजे भएको घटनामा २५ वर्षीया सरस्वती पासवान गम्भीर घाइते भएकी हुन् । आगोबाट पासवानको घुँडादेखि पेटसम्म जलेको छ । उनको उपचार अहिले जिल्ला अस्पताल मलङ्गवामा भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

महोत्तरी प्रहरीको हिरासत कक्षमा पुस्तकालयको स्थापना

Published

on

जलेश्वरः जिल्ला प्रहरी कार्यालय महोत्तरीले ‘हिरासतमा पुस्तकालय’ कार्यक्रमलाई मंसिर ५ गतेबाट सञ्चालनमा ल्याएको छ ।

विभिन्न किसिमका फौजदारी अभियोगमा कानुनी हिरासतमा रहेका थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले हिरासतमा पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच गत साउन २९ गते भएको कार्य सम्पादन सम्झौताको बुँदा नम्बर २५ अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नव–प्रवर्तनीय कार्य ‘हिरासतमा पुस्तकालय’ कार्यक्रमको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले एक समारोहबीच पुस्तकालय उद्घाटन गरेका हुन् ।

पुस्तकालय स्थापना गर्न जलेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष वरुणकुमार दाहाल र वडा नम्बर ६ का अध्यक्ष रवीन्द्रप्रसाद साहले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख मल्लले पढ्न नपाउनु र नपढ्नुमा तात्विक भिन्नता रहेको बताउँदै यी दुवै परिस्थिति समाजको विकासका लागि बाधक बनिरहेको बताए । मानिसलाई शिक्षा प्रदान गर्न समाजको तल्लो तहबाटै पहल गरिनुपर्ने उनले बताए । यही सोचका साथ हिरासतमा पुस्तकालय तयार भएको मल्लले बताए ।

हाल जिल्ला प्रहरी महोत्तरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका मल्लले यसअघि पनि आफूले काम गरेका विभिन्न जिल्लामा ‘हिरासतमा पुस्तकालय’ अभियान स्थापना गराएका छन् ।

Continue Reading

Banner

चुरियामाईमा बस दुर्घटना हुँदा ६ जना भारतीय सहित ७ जनाको मृत्यु

Published

on

हेटौंडाः आज बिहान १ बजे बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा ६ जना भारतीय नगरिकहरू र एक जना नेपालीको ज्यान गएको हो ।

मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीया श्रीकान्त चतुरवेदी, ६७ वर्षीया बैजयन्ती देवी, ६५ वर्षीया मीरादेवी र नेपाली नागरिकमा महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य भएका केही भने उपचारपछि डिस्चार्ज भएका छन् । दुर्घटनापछि बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

मधेस, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

Published

on

विराटचोकः आज मधेस, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराईका जिल्लामा हावाहुरीको सम्भावना पनि रहेको छ ।

भारी वर्षाका कारण ती प्रदेशको जनजीवन प्रभावित हुन सक्ने हुनाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक