कोशी प्रदेश
सामाजिक विकास मन्त्रीले डिभिजन प्रमुखलाई सोधे, सोलुको सडकको स्तरोन्नति कहिले ?
हर्कपुर (ओखलढुङ्गा)ः गृह जिल्ला सोलुखुम्बु पुगेर फर्कने क्रममा प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुखसँग सोलुखुम्बुको सडकको स्तरोन्नति नहुनुको कारण सोधेका छन् ।
‘ओखलढुङ्गासम्मको सडक राम्रै छ तर सोलुखुम्बु लाग्नेबित्तिकैको सडकमा यात्रा गर्न किन कठिन छ ?’, अनौपचारिक भेटघाटको क्रममा राजभण्डारीले कार्यालय प्रमुख अरुणकुमार लाल कर्णलाई पहिलो प्रश्न गरे, ‘सो सडकको स्तरोन्नतिमा के समस्या छ ?’
मन्त्रीको प्रश्नको जवाफ दिँदै सडक निर्मांणको क्रममा रहेको र यसै वर्षभित्रमा काम थालिने कर्णले जानकारी दिए । यस आर्थिक वर्षको अन्त्यसम्ममा पुल बनाउनुपर्ने स्थानमा बाहेक सोलुखुम्बुको फाप्लुसम्मको सडकको स्तरोन्नति गरिने उनले जानकारी दिए ।
‘कुनै सडक खण्डको ठेक्का लागिसकेको छ भने कुनै सडकको ठेक्का सम्झौता हुने क्रममा छ,’ सडक स्तरोन्नतिका बारेमा जानकारी दिँदै उनले भने, ‘पत्ताले, ठाडेलगायतका स्थान अधिक चिसो हुने र हिउँ पर्ने सम्भावना भएका क्षेत्र हुनुको साथै अहिले तुसारो परिरहेकाले फागुन १५ देखि मात्रै काम शुरु हुनेछ ।’
चैत मसान्तसम्ममा सबैले अनुभूति हुने गरी काम भएको देखिने र असार मसान्तसम्ममा धेरै काम भइसक्ने उनले जानकारी दिए । सोलुखुम्बुको सल्लेरी बजारमा एउटा पुल बनाउने स्थानमा डाइभर्सन वा वैकल्पिक बाटो प्रयोग गर्न मिल्ने नदेखिएकाले सो स्थानमा पुल निर्माण गर्दा त्यहाँभन्दा माथि यातायातका साधन सञ्चालनमा समस्या हुने देखिएको कर्णले जनाए ।
Facebook Comment
Banner
वेस्ट इण्डिज ‘ए’ टिमलाई फितलो स्वागत : टाटा सुमोमा लोड गरियो लगेज, व्यापक आलोचना
वेस्ट इण्डिज ‘ए’ टिमलाई फितलो स्वागत : टाटा सुमोमा लोड गरियो लगेज, व्यापक आलोचना
Banner
पानी पार्न हेटौंडामा भ्यागुताको बिहे, ३ सय जना जन्ती
लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पर्ने जनविश्वासले हेटौडौं उपमहानगरपालिका -१६ मा स्थानीयले भ्यागुताको विवाह सम्पन्न गराएका छन्।
आकाशबाट पानीको वर्षाको होस भनेर बुधबार बिहान पण्डितको उपस्थितिमा बाजागाजासहित एक जोडी भ्यागुताको वैदिक परम्परा अनुसार विवाह गराएका हुन्।
इन्द्र भगवाकाे पूजाआजा गरेपछि एक जोडी भ्यागुता समातेर श्रृङगार गरि बेहुला–बेहुली बनाएर विवाह प्रक्रिया पुरा गरिएको स्थानीयले बताए। विवाहमा वडा अध्यक्ष रामकृष्ण कोइराला समेत उपस्थित थिए।
पानी नपर्दा गर्मी र वन डँडेलो बढ्नुका साथै अन्नबाली लगाउन समेत समस्या भएको भन्दै स्थानीयले भ्यागुताको विवाह गराएको वडा अध्यक्ष कोइरालाले जानकारी दिए।
‘विदेशमा बादल बनाएर पानी पार्छन्, हाम्रो देशमा पानी पार्न भ्यागुताको विवाह गर्नुपर्ने अवस्था छ’, कोइरालाले भने, ‘पहिले ‘पहिले भ्यागुताको विवाह गर्यो भन्ने पानी पर्छ भन्ने चलन थियो। सोही अनुसार यहाँ भ्यागुताको विवाह भएको हो।’
भ्यागुताको विवाह कार्यक्रममा करिब ३ सय जना सहभागी रहेका थिए। हेटौँडा-१६ को राम मन्दिरबाट जन्ती प्रस्थान सुरु गरी १६ नम्बरकै खमारेको कुवा पुगेर विधिपूर्वक पन्चे बाजा सहित भ्यागुताको विवाह गरिएको हो।
Banner
आज – १३ बैशाख २०८१ बिहिवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेमीको सुझाव अनुरूप कार्य सम्पन्न पनि गर्न सकिनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण कार्य सिद्ध हुनसक्छ । भाग्यले विभिन्न अवसरपनि जुराउनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला, तर पुँजी बजार भने कमजोर रहला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज एकपछि अर्को अवसर आउनाले मनमा प्रसन्नता छाउनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर साँझमा साथीको सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login