Connect with us
Advertisement

लोकसेवा सारथी भाग १

Published

on

१. आफ्नै नगर गान भएको मुलुककै पहिलो नगरपालिका कुन हो?

तिलोत्तमा नगरपालिका (रुपन्देही)

 

२. ‘मजनु सफाया अभियान’के सँग सम्बन्धित छ?

छात्रा जिस्काउनेलाई पक्राउ

 

३. भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनको कुल लम्बाइ कति छ ?

६९.२ कि.मि.

 

४. विश्वका फूल फुल्ने वनस्पतिमध्ये नेपालमा पाइने प्रजाती कति छन्?

१६५८

 

५. ‘पृथ्वी प्रज्ञा पुरस्कार २०७६’ कसलाई प्रदान गरियो?

संस्कृतिवद् सत्यमोहन जोशी

 

६. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार (२०७६) प्राप्त गर्ने व्यक्ति को हुन् ?

डा. सन्दुक रुइत

 

७. ‘फिफा द बेस्ट अवार्ड २०१९, उत्कृष्ट पुरुष खेलाडी को भए ?

लियोनल मेस्सी

 

८. विख्यात समाजशास्त्री इमानुयल वार्लेस्टाइनको निधन कहिले भयो?

सन् २०१९ अगष्ट ३१

 

९. नेपालको ७७ औं खुला दिसामुक्त जिल्ला (२०७६ असोज ४ मा घोषणा) कुन हो ?

भोजपुर

 

११. राष्ट्रिय विज्ञान दिवस २०७६ असोज १ को नारा के हो ?

विज्ञान प्रविधि र नवप्रवर्तन : सामाजिक, आर्थिक रुपान्तरण

 

१२. ‘मिति २०७५ चैत्रमा बारा र पर्सामा आएको बिनासकारी आँधिको नाम के थियो?

घुम्रपात

 

१३. RUOK के सँग सम्बन्धित छ?

आत्महत्या घटाउने अभियान

 

 

१४. ‘मदन पुरस्कारको हाल राशि कति छ?

४ लाख रुपैँया

 

१५. गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक २०७६ सालमा कसलाइ प्रदान गरियो?

स्व. सुशील कोइराला

 

१६. ४० औं सामाजिक सेवा दिवस २०७६ को नारा के हो?

सुखि र समृद्ध राष्ट्रिय सोंच, समाज बिकास हाम्रो अठोट

 

१७. ‘छाँयाको लस्कर’ कृतिका लेखक को हुन ?

आर. के. खम्बु

 

१८. मदन शिला स्रष्टा सम्मान २०७६ मा कस्लाई प्रदान गरिएको छ ?

माधव प्रसाद घिमिरे

 

१९. ‘कालीचरण’ कस्को पुरानो उपनाम हो ?

के.पी. शर्मा ओली

 

२० ‘जी २० को १५ औं शिखर सम्मेलन २०२० कहाँ हुदैछ ?

साउदी अरेबिया

 

२१. ‘सन् २०१९ को विश्वको उत्कृष्ट एयरलाइन्स कुन हो?

कतार एयरलाइन्स

 

२२. १२ औं राष्ट्रिय जनगणना २०७८ को नारा के तय गरिएको छ?

मेरो गणना : मेरो सहभागिता

 

२३. भारतीय सीनेमाको सर्वाधिक ठुलो सम्मान ‘दादा साहेब फाल्के पुरस्कार २०१९’ प्राप्त गर्ने व्यक्ति को हुन ?

अमिताभ बच्चन

Continue Reading

Facebook Comment

2 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

निर्वाचन २८ दिन बाँकी

Published

on

निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार-प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ।

आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र दफा ५०, निर्वाचन आचारसंहिता, २०८२ को दफा १६, आयोगको माघ ८ को निर्णय तथा नेपाल राष्ट्र बैङ्कले माघ १२ मा जारी गरेको निर्देशनका आधारमा यो कार्यविधि ल्याइएको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले बैङ्किङ कारोबार गर्न इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई जारी गरेको निर्देशनअनुसार निर्वाचनसम्बन्धी आर्थिक कारोबारलाई पारदर्शी र अनुशासित बनाउने लक्ष्य राखिएको छ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचार–प्रसारका लागि प्राप्त गर्ने आर्थिक सहयोग, चन्दा तथा सम्पूर्ण खर्च यही विशेष बैङ्क खातामार्फत गर्नुपर्नेछ। नगद कारोबारलाई निरुत्साहित गर्दै सबै आम्दानी–खर्चको स्पष्ट अभिलेख राख्न यो व्यवस्था गरिएको जनाइएको छ।

कार्यविधिअनुसार राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसारका लागि बैङ्क खाता खोल्न निर्वाचन आयोगको सचिवालयबाट सिफारिस लिनुपर्ने छ भने उम्मेदवारहरूको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस गरिने व्यवस्था गरिएको छ।

सिफारिसका आधारमा मात्र तोकिएका बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न पाइनेछ। खाता सञ्चालन, कारोबारको सीमा, विवरण पेस गर्ने प्रक्रिया तथा अनुगमनसम्बन्धी प्रावधानहरू पनि कार्यविधिमा समेटिएका छन्।

निर्वाचन आयोगले मातहतका सबै निर्वाचन कार्यालय, बैङ्क तथा वित्तीय संस्थाहरूलाई कार्यविधिअनुसार आवश्यक काम कारबाही गर्न निर्देशन दिएको छ। साथै, राजनीतिक दल, तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूलाई समेत यस व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्रिय सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ। आयोगले निर्वाचन प्रचार–प्रसार खर्चलाई आधुनिक बैङ्किङ प्रणालीसँग जोडेर सुसंस्कृत व्यवहारको थालनी भएको उल्लेख गर्दै यसले निर्वाचन प्रक्रियाप्रति जनविश्वास बढाउने दाबी गरेको छ।

आयोगको यो कदमलाई निर्वाचन खर्च व्यवस्थापनमा सुधारतर्फको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ। विगतका निर्वाचनमा प्रचार–प्रसार खर्चको यथार्थ विवरण नआउनु, नगद कारोबार बढी हुनु र खर्चको सीमा उल्लङ्घनसम्बन्धी गुनासो बढ्दै गएको सन्दर्भमा नयाँ कार्यविधिले पारदर्शिता र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ। बैङ्किङ प्रणालीमार्फत हुने कारोबारले स्रोतको पहिचान, खर्चको ‘ट्र्याकिङ’ र पछि हुने लेखापरीक्षणलाई सहज बनाउने आयोगको विश्वास छ।

Continue Reading

Banner

अष्ट्रेलिया महादेशको छोटो परिचय

Published

on

विराटचोकः एउटै भूपरिवेष्ठित देश नभएको अष्ट्रेलिया महादेशलाई विचित्रताको महादेश भनेर चिनिन्छ । यस्तो छ अष्ट्रेलिया महादेशको छोटो परिचयः

क्षेत्रफलः ७६,८६,३०० वर्ग किमि (५.३ प्रतिशत)

अग्लो शिखरः कोस्क्युस्को (२४४३ मिटर)

होचो भाग (आइरा ताल (१६ मि तल )

लामो नदीः डार्लिङ एण्ड मरे

लामो हिमनदीः हर्ड आइल्याण्ड

ठूलो मरुभूमिः ग्रेट भिक्टोरिया

ठूलो देशः अस्ट्रेलिया

सानो देशः नाउरु

घाँसे मैदानः डाउन्स

लामो पर्वतः ग्रेट डिभाइडिङ रेन्ज

भूपरिवेष्ठित राष्ट्रः छैनन्

अति कम विकसित राष्ट्रः ५ वटा

प्रमुख विशेषताः एक देश, एक महादेश, विचित्रताको महादेश ।

सम्बन्धित समाचारहरुः

एशिया महादेशको छोटो परिचय

अफ्रिका महादेशको छोटो परिचय

उत्तर अमेरिका महादेशको छोटो परिचय

दक्षिण अमेरिका महादेशको छोटो परिचय

अन्टार्टिका महादेशको छोटो परिचय

युरोप महादेशको छोटो परिचय

Continue Reading

Banner

युरोप महादेशको छोटो परिचय

Published

on

विराटचोकः मरुभूमि नभएको तथा प्रायद्वीपको प्रायद्वीप भनेर चिनिने युरोप महादेशलाई विकसित महादेशको रुपमा लिइन्छ । अति कम विकसित देश नभएको यस महादेशको छोटो परिचय यसप्रकार छः

क्षेत्रफलः १,०४,९८,००० वर्ग कि मि (७ प्रतिशत )

अग्लो शिखरः एल्बु्रज (५६३३ मिटर, रसिया )

होचो भागः क्यास्पियन ट्रेन्चको समुद्री तट

लामो नदीः भोल्गा (३६४५ किलोमिटर)

लामो हिमनदीः भट्नाजोकुल

मरुभूमिः छैन

ठूलो देशः रुस

सानो देशः भ्याटिकन सिटी

घाँसे मैदानः स्टेप्स

लामो पर्वतः आल्पस

भूपरिवेष्ठित राष्ट्रः १८ वटा (ठूलो बेलारुस र सानो भ्याटिकन सिटी )

अतिकम विकसित राष्ट्रः छैन

प्रमुख विशेषताः प्रायद्वीपको पनि प्रायद्वीप, मरुभूमि नभएको महादेश

एशिया महादेशको छोटो परिचय

अफ्रिका महादेशको छोटो परिचय

उत्तर अमेरिका महादेशको छोटो परिचय

दक्षिण अमेरिका महादेशको छोटो परिचय

अन्टार्टिका महादेशको छोटो परिचय

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक