कला / साहित्य
गंगा वरदानको ‘कहाँमा काट्यो बेतको लौरी…’ नयाँ भर्सनमा

धरानः नेपाली बब मार्लीको उपनामले चिनिने गायक गंगा वरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी…’ नयाँ भर्सनमा सार्वजनिक भएको छ ।
उनले सो गीत वि. सं. २०३५ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गरेका थिए । पछि २०५५ सालमा आफ्नो पहिलो एल्बम गंगा वरदान भाग १ को लागि सोही गीत दोस्रो पटक नमस्ते स्टुडियो काठमाडौंमा रेकर्ड गरेका थिए । २०७९ सालमा तेस्रोपल्ट धरानको न्यु भावना रेकर्डिङ स्टुडियोमा नयाँ भर्सनमा गीत रेकर्ड गरेका हुन् ।
अहिलेसम्म पनि उत्तिकै सदाबहार गीतलाई यसपटक भने रेगी भर्सनमा बनाइएको र पुरानै लयलाई नबिगारी सङ्गीत संयोजनमा नयाँपन मात्र दिन खोजिएको गायक वरदान बताउँछन् ।
२०२५ सालमा भोजपुरमा आयोजित लोक तथा नृत्य प्रतियोगितामा ‘दाइ त काले, भाइ पनि काले काले काले मिलेर खाउँ भाले…’ बोलको आफ्नै सङ्कलन तथा स्वर रहेको गीतमा दोस्रो स्थान पाएका थिए । २०३१ सालमा धरानमा आयोजित पूर्वाञ्चलव्यापी लोकगीत प्रतियोगितामा ‘छपनीले छान्छान्, डबकीले हान्…’ बोलको गीतबाट पहिलो स्थान हात पारेका थिए । नमस्ते ब्याण्डको सक्रियतामा उनका गंगा वरदान भाग १, २, र ३ एल्बम बजारमा आएका छन् ।
‘कहाँमा काट्यो बेतको लौरी…’ को नयाँ भर्सनमा जुपिहाङ लिम्बूको सङ्गीत संयोजन तथा डम्बर लिम्बूको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
Facebook Comment
Banner
शिक्षक अन्दोलनको आठाैँ दिन : माइतीघर–नयाँबानेश्वर सडक ठप्प (तस्वीरहरू)

चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज आठाैँ दिन पनि जारी छ । माग पूरा नभएसम्म जिल्ला नफर्किने चेतावनी उनीहरूको छ ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले वार्तामा आउन गरेको आह्वान उनीहरूले अस्वीकार गरेका छन् ।
पहिला पुराना सहमति पालना हुनुपर्ने शिक्षकहरूको अडान छ ।
तस्वीरहरू :
Banner
रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो आयोगलाई ज्ञापनपत्र

काठमाडौँ । सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ । आज प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रवि पक्राउमा पीडितको मानवअधिकार उल्लङ्घन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ । मुद्दाको न्यायिक प्रक्रियाको विवरण र उक्त दिनको घटनाको विवरण समेटिएको छ । न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा रविलाई पक्राउ गरिएको दाबी निवेदनमा गरिएको छ । शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।
Banner
सुनको भाउ फेरि उकालो, बढ्यो १ हजार

२७ चैत, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज १ हजार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ७४ हजार ४ सय रुपैयाँ थियो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login