कोशी प्रदेश
आयल निगमले गर्याे ट्याङ्कर पार्किङको व्यवस्था
विराटनगरः नेपाल आयल निगम १ नं प्रादेशिक कार्यालयले पार्किङको समस्या समाधान गरेको जनाएको छ ।
इन्धन लिन आउने र जाने ट्याङ्करले पार्किङ गर्ने समस्या बेहोरिरहेका बेला स्थानीय वासुदेव रेग्मीको नाममा रहेको १८ कठ्ठा जग्गा भाडामा लिएपछि पार्किङको समस्या हल भएको निगमका प्रमुख साहले बताए । जग्गाको अभावमा कोशी लोकमार्गको ६ लेनको सडकको दुई लेन ट्याङ्करले नै ओगट्ने गरेका थिए ।
Facebook Comment
Banner
चितवनमाथि पोखराको ८ विकेटको जीत
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आफ्नो अन्तिम खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको छ । चितवनले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभर ४ बलमा विकेट गुमाएर भेटायो ।
पोखराका एडम रोसिङटनले ६५ र अर्जुन कुमालले अविजित ४३ रन बनाए । चितवनका रिजन ढकाल र सैफ जैबले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनायो । चितवनका देव खनालले ४१ बलमा ३५, अल्पेश रामजानीले २२ बलमा ३३ रन बनाए । पोखराका धनञ्जय लक्षणले ३ विकेट लिए । पोखरा र चितवन यस अघि नै क्वालिफायर समीकरणबाट बाहिरिसकेका छन् ।
यस्तै आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै विराटनगर किङ्ग्स क्वालिफायरमा पुगेको छ । सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य ५ विकेट गुमाएर ११ ओभर ५ बलमा भेटाउँदै विराटनगरले नेट रनरेटमा काठमान्डु गोर्खाजलाई पछि पारेर शीर्ष–२ मा रहँदै क्वालिफायरमा प्रवेश गरेको हो ।
योसँगै क्वालिफायर र इलिमिनेटर समीकरण पूरा भएको छ । अब क्वालिफायरमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानमा रहेको विराटनगरबीच फेरि प्रतिस्पर्धा हुनेछ । यस्तै इलिमिनेटरमा तेस्रो स्थानको काठमान्डु र चौथो स्थानको लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।
एनपीएल लिग चरणको अन्तिम खेलमा भोलि दिउँसो साढे ३ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्नेछन् ।
गएको मङ्सिर १ देखि शुरू भएको दोस्रो संस्करणको एनपीएलको फाइनल खेल यही २७ गते हुनेछ । प्रतियोगितमा ८ वटा टोली सहभागी छन् ।
Banner
सुदूरपश्चिम रोकियो, विराटनगरको शानदार जित
एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सको लगातार ६ खेलको विजयी यात्रामा आज विराम लागेको छ। कीर्तिपुरमा भएको खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै प्रभावशाली जित हात पार्यो।
सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.६ ओभरमै पूरा गर्यो। विराटनगरका मार्टिन गप्टिलले ९ बलमा २२ रन बनाए। सुदूरपश्चिमका ओपनर साम हेज्लेट (५१ रन) र फाफ डु प्लेसी (५० रन) ले अर्धशतक प्रहार गरे पनि टोलीलाई ठूलो स्कोरसम्म पुर्याउन सकेनन्।
यससँगै सुदूरपश्चिमले लिग चरण ७ मध्ये ६ जीतसहित समाप्त गरेको छ भने विराटनगरले ५ जीत दर्ता गर्दै प्लेअफअघिको आत्मविश्वास थप बलियो बनाएको छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login