मुख्य
रेडियो साराङ्गी विराटचोकको वार्षिक साधारणसभा सम्पन्न अध्यक्षमा कबिता शर्मा चयन
बिराटचोक : रेडियो साराङ्गी विराटचोकको प्रथम वार्षिका साधारणसभा सम्पन्न भएको छ । मोरङको सुन्दरहरहैंचा नगरपालिका वडा नम्बर ९ मा रहेर विराट सञ्चार प्रालि द्वारा संचालित रेडियो साराङ्गी १०१.३ मोगाहर्जको वार्षिक साधारणसभा शनिवार सुकुना माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो ।
साधारणसभाको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सदस्य राजकुमार ओझाले पानसमा दिप प्रज्वलन गरि गरेका थिए । प्रमुख अतिथि ओझाले साधारणसभालाई सम्बोधन गर्दै सञ्चार माध्यमले देशको विकासमा परिवर्तनकारी भूमिका लेल्ने भएकाले सबै क्षेत्र, समूदाय र आमनागरिको सूचनाको हकलाई जनजनमा पु¥याउनु पर्नेमा जोड दिएका थिए । तदर्थ संचालक समितिका अध्यक्ष डोलेश्वर तिम्सीनाको अध्यक्षतामा प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
आज नै प्रथम वाषिक साधारणसभाले कविता शर्माको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति समेत चयन गरेको छ । यस्तै उपाध्यक्षमा पदमप्रसाद पाण्डे, सचिव मोहन पोखरेल, सहसचिब मिलन बस्नेत, कोषाध्यक्षमा लक्ष्मी राइ मल्ल निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा लोकेन्द्र काफ्ले, चरित्र थापा, मिलन घिमिरे, मिन गहतराज, खड्ग बहादुर परियार, शिवजी बस्नेत, जगतबहादुर कार्की, तारा प्रसाद कुइकेल रहेको सदस्य मण्डल चयन गरेको हो ।
यस्तै लेखा समितिको संयोजक मोहनप्रसाद ढकाल, सदस्य सावित्री कडरीया र योगेन्द्र प्रसाद दाहाल चयन भएका छन् ।
यो रेडियो २०७५ साल देखि विराटचोक बाट पूर्वमा प्रशारण हुदै आएको छ ।
Facebook Comment
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
Banner
बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी
विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login