खेलकुद
प्रदेश प्रमुख भन्छन्, ‘देशको गरिमा बढाउने खेलाडीको जिम्मा राज्यले लिन्छ’
विराटनगरः खेलमार्फत् देशको गरिमा बढाउने खेलाडीको जिम्मा राज्यले लिने प्रदेश नम्बर १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले बताएका छन् ।
विराटनगरमा प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । रामेछापको खाँडादेवी गाउँपालिका –७ , गाल्पामा सम्पन्न २० औँ राष्ट्रिय सिनियर आइटिएफ तेक्वान्दो प्रतियोगितामा प्रदेश १ बाट सहभागी भई पदक विजेता खेलाडीलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् ।
प्रतियोगितामा पदक जित्न सफल २२ खेलाडीलाई माला, खादा र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । प्रदेश प्रमुख प्यासीले ग्रुप स्पायरिङको पुरुष विधामा स्वर्णपदक प्राप्त गर्ने भुवन मगर, दिलन राई, वीरबहादुर तामाङ, हीराधन राई र सुरज चौधरीलाई सम्मान गरेका थिए ।
त्यस्तै, पुरुष एकल स्पायरिङको ८० केजी माथिको तौल समूहमा स्वर्ण पदक प्राप्त गर्ने रोशन मगर र ६० देखि ६५ केजी तौल समूहमा स्वर्णपदक प्राप्त गर्ने आशिष मगर तथा महिला एकल प्याटन ब्ल्याक बेल्ट फष्ट डानतर्फ स्वर्णपदक प्राप्त गर्ने केरिसा आचार्यलाई पनि उनले सम्मान गरेका थिए ।
पुरुष ग्रुप प्याटनतर्फ रजत पदक प्राप्त गर्ने सङ्गीत राई, आशिष तामाङ, अभय राई, मिसन श्रेष्ठ र विक्रम श्रेष्ठ तथा पुरुष एकल प्याटन ब्ल्याक बेल्ट तेस्रो डानतर्फ रजत प्राप्त गर्ने अर्जुन चौधरी पनि सो अवसरमा सम्मानित भए । महिला ग्रुप स्पायरिङतर्फ कास्यपदक प्राप्त गर्ने अमिसा तामाङ, भावना तामाङ, विपना राई, श्रद्धा आचार्य र रोमिला राई पनि सम्मानित भएका थिए ।
पुरुष एकल स्पायरिङ विधाको ६५ देखि ७० केजी तौल समूहमा कास्यपदक प्राप्त गर्ने निशान खत्री, ५० देखि ५५ केजी तौल समूहमा कास्यपदक प्राप्त गर्ने लोप्सन शेर्पा र महिला एकल स्पायरिङ विधाको ६५ देखि ७० केजी तौल समूहमा कास्यपदक प्राप्त गर्ने भावना तामाङ पनि सम्मानित भएका थिए । प्रतियोगितामा प्रदेश नं १ बाट २६ जना खेलाडी सहभागी भएका थिए ।

Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login