राजनीति
मिसन ग्रासरुट अभियानः आफू मात्रै राम्रो भन्ने घमण्डले एमालेले स्थानीय तहको जनमत संघ र प्रदेशमा जोगाउन सकेन
विराटचोकः आफू मात्रै राम्रो भन्ने सोच राख्ने गरेकै कारण नेकपा एमालेले स्थानीय तहमा जस्तो जनमत संघ र प्रदेशमा बटुल्न नसकेको पार्टीका माथिल्लो तहका नेताले बताएका छन् ।
अभियानअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ को शाखा कमिटीको अधिवेशनमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । जिल्ला कमिटी सदस्य राजकुमार श्रेष्ठ, कोशी प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मी फुयाल तथा कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख डीपी राईले यस्तो बताएका हुन् । विगतका कमी कमजोरी सच्याउँदै अघि बढ्न उनीहरुले कार्यकर्तालाई अनुरोध गरे ।

पार्टीको नेतृत्व तहमात्र बिग्रियो भन्ने भ्रम मतदातामा परेको तर आम कार्यकर्ता र मतदाता तहमै एमालेको जनमत बिग्रिएको पार्टीले ठहर गरेको हुनाले मिसन ग्रासरुट अभियान चलाइएको वक्ताहरुले बताए ।
दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गर्न आवश्यक छ । जबजको मार्गदर्शनमा समाजवाद स्थापना गरौँ भन्ने नाराका साथ पार्टी कार्यकर्तामाझ आएको छ’, कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका प्रमुख डीपी राईले भने, ‘स्थानीय तह आफूले नजित्दाको अवस्था कस्तो हुन्छ भन्ने अहिले हामीले थाहा पाइराखेका छौँ । वडाध्यक्ष नजित्दा हामीले कस्तो महसुस गरिरहेका छौँ ?’
नेता, कार्यकर्ता, सङ्गठन सबै अनुशासनविहीन भएको वक्ताहरुको भनाइ थियो ।

पार्टीमा वर्गसङ्घर्ष नभएको तथा पार्टीका कार्यकर्तालाई पार्टीले नै भुत्ते बनाएको छ भनी पार्टीले महसुस गरिसकेको उनीहरुको भनाइ थियो । पार्टीमा व्यक्ति प्रमुख हुने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा उनीहरुको जोड थियो । अब निरन्तर माक्र्सवादको स्कुलिङ गराइने र पार्टीलाई पहिलेकै जस्तो शक्तिशाली अवस्थामा पुर्याउन मिसन ग्रासरुट अभियान चलाइएको वक्ताहरुले बताए ।
‘आउने स्थानीय निर्वाचनमा स्पष्ट बहुमत ल्याउने गरी हामी अघि बढ्नेछौँ । मिसन ग्रासरुटको एउटा उद्देश्य यो पनि हो’, अधिवेशनलाई सम्बोधन गर्दै कोशी प्रदेश कमिटी सचिवालय सदस्य फुयालले भने, ‘हाम्रा अहङ्कार, हाम्रा घमण्ड र हाम्रा ज्यादती त्याग्न जरुरी छ । अब अहङ्कार, घमण्ड, चेतनाविहीन, विचारविहीन सोच र चिन्तनबाट पार्टी चल्दैन ।’

अहिलेको पुस्ताको सोच र चाहनाअनुसार पार्टी अघि बढाउन सके मात्रै पार्टी सफल हुनेमा उनले जोड दिए ।
४ दर्जन व्यक्तिलाई सम्मान
अधिवेशनमा पार्टीमा लामो समयदेखि योगदान दिने व्यक्ति, हालसम्म निर्वाचित एमाले समर्थित वडाका जनप्रतिनिधि तथा वडावासी सञ्चारकर्मीलगायत ४ दर्जनभन्दा बढीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
बमबहादुर राउतको नेतृत्वमा वडा कमिटी
अधिवेशनले सुन्दरहरैंचाको वडा नम्बर ७ को नयाँ कमिटी गठन गरेको छ । नवगठित समितिको अध्यक्षमा बमबहादुर राउत, उपाध्यक्षमा कल्पना राई र सचिवमा मातृका दाहाल चयन भएका छन् ।
शाखा कमिटी अध्यक्ष खड्गबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनोज दाहालले गरेका थिए ।
एमालेको मिसन ग्रासरुट अभियानः सुन्दरहरैंचामा पार्टी सुदृढीकरण तथा विस्तार
बेलबारी र केराबारीमा नेकपा एमालेको ग्रासरुट अभियान शुरु
एमालेका पार्टी सदस्यले कम्तीमा एउटा फलफूलको बिरुवा रोप्नुपर्ने, मिसन ग्रासरुट अभियान शुरु

Facebook Comment
Banner
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याएका दुई जना शिक्षा सेवि तथा पाँच जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। शिक्षा सेवितर्फ पञ्चायत माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टोम बहादुर श्रेष्ठ र पूर्व शिक्षक लक्ष्मी खरेल सम्मानित हुनुभयो। त्यसैगरी सञ्चारकर्मीतर्फ शिव भट्टराई, भोजपुरे, खेमचन्द्र अधिकारी, ग्याननाथ ढकाल, मनिराम दाहाल र लीलानाथ गच्छेदारलाई सम्मान गरिएको थियो।
उत्सवमा विद्यालयका विद्यार्थीहरूले एजुकेशनल एक्जिबिशन, विभिन्न प्रदर्शनी, नाटक, नृत्य तथा गायन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विद्यालयकी प्रधानाध्यापिका देवी सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख अकली देवी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै शिक्षा र सहकार्यको महत्व उजागर गरेको विद्यालयले जनाएको छ।
Banner
समानुपातिक सांसदहरुले विहीबार प्रमाणपत्र पाउने, सपथ चैत १२ मा हुने
प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ सांसद बनेकाहरुले भोलि बिहीबार निर्वाचन आयोगमामार्फत प्रमाणपत्र पाउने भएका छन् । आयोगले बिहीबार समानुपातिकतर्फका कुल ११० सांसदलाई प्रमाणपत्र दिने भएको हो ।निर्वाचन आयोगका अनुसार, निर्वाचित सांसदहरुले प्रमाणपत्र पाएपछि आगामी चैत्र १२ गते सपथको तयारी गरिएको हो । त्यसपछि मात्र सरकार गठन हुनेछ ।
Banner
इरान युद्धमा परेर २०० अमेरिकी सैनिक घाइते
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेयता करिब २०० अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सेनाको मध्य कमान्डका प्रवक्ता टिम हकिंसले सोमबार यसबारे जानकारी दिएका हुन् ।
हकिंसका अनुसार घाइते सैनिकहरू बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा घटनामा परेका हुन् । तीमध्ये १० जना सैनिक गम्भीर घाइते भएका छन् भने बाँकी १८० भन्दा बढी उपचारपछि फिर्ता जिम्मेवारीमा फर्किएका छन् ।
साथै, पश्चिमी इराकमा अमेरिकी के–सी– १३५ इन्धन आपूर्ति विमान दुर्घटना भएको थियो । यस दुर्घटनापछि अमेरिकी सेनामा मृत्यु हुने संख्या १३ पुगेको छ ।
यो घटनाले अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तनाव र मानवीय चुनौतीहरू अझ बढेको देखाएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login