Connect with us
Advertisement

मिसन ग्रासरुट अभियानः आफू मात्रै राम्रो भन्ने घमण्डले एमालेले स्थानीय तहको जनमत संघ र प्रदेशमा जोगाउन सकेन

Published

on

विराटचोकः आफू मात्रै राम्रो भन्ने सोच राख्ने गरेकै कारण नेकपा एमालेले स्थानीय तहमा जस्तो जनमत संघ र प्रदेशमा बटुल्न नसकेको पार्टीका माथिल्लो तहका नेताले बताएका छन् ।

अभियानअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ को शाखा कमिटीको अधिवेशनमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । जिल्ला कमिटी सदस्य राजकुमार श्रेष्ठ, कोशी प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मी फुयाल तथा कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख डीपी राईले यस्तो बताएका हुन् । विगतका कमी कमजोरी सच्याउँदै अघि बढ्न उनीहरुले कार्यकर्तालाई अनुरोध गरे ।

पार्टीको नेतृत्व तहमात्र बिग्रियो भन्ने भ्रम मतदातामा परेको तर आम कार्यकर्ता र मतदाता तहमै एमालेको जनमत बिग्रिएको पार्टीले ठहर गरेको हुनाले मिसन ग्रासरुट अभियान चलाइएको वक्ताहरुले बताए ।

दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गर्न आवश्यक छ । जबजको मार्गदर्शनमा समाजवाद स्थापना गरौँ भन्ने नाराका साथ पार्टी कार्यकर्तामाझ आएको छ’, कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका प्रमुख डीपी राईले भने, ‘स्थानीय तह आफूले नजित्दाको अवस्था कस्तो हुन्छ भन्ने अहिले हामीले थाहा पाइराखेका छौँ । वडाध्यक्ष नजित्दा हामीले कस्तो महसुस गरिरहेका छौँ ?’

नेता, कार्यकर्ता, सङ्गठन सबै अनुशासनविहीन भएको वक्ताहरुको भनाइ थियो ।

पार्टीमा वर्गसङ्घर्ष नभएको तथा पार्टीका कार्यकर्तालाई पार्टीले नै भुत्ते बनाएको छ भनी पार्टीले महसुस गरिसकेको उनीहरुको भनाइ थियो । पार्टीमा व्यक्ति प्रमुख हुने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा उनीहरुको जोड थियो । अब निरन्तर माक्र्सवादको स्कुलिङ गराइने र पार्टीलाई पहिलेकै जस्तो शक्तिशाली अवस्थामा पुर्याउन मिसन ग्रासरुट अभियान चलाइएको वक्ताहरुले बताए ।

‘आउने स्थानीय निर्वाचनमा स्पष्ट बहुमत ल्याउने गरी हामी अघि बढ्नेछौँ । मिसन ग्रासरुटको एउटा उद्देश्य यो पनि हो’, अधिवेशनलाई सम्बोधन गर्दै कोशी प्रदेश कमिटी सचिवालय सदस्य फुयालले भने, ‘हाम्रा अहङ्कार, हाम्रा घमण्ड र हाम्रा ज्यादती त्याग्न जरुरी छ । अब अहङ्कार, घमण्ड, चेतनाविहीन, विचारविहीन सोच र चिन्तनबाट पार्टी चल्दैन ।’

अहिलेको पुस्ताको सोच र चाहनाअनुसार पार्टी अघि बढाउन सके मात्रै पार्टी सफल हुनेमा उनले जोड दिए ।

४ दर्जन व्यक्तिलाई सम्मान
अधिवेशनमा पार्टीमा लामो समयदेखि योगदान दिने व्यक्ति, हालसम्म निर्वाचित एमाले समर्थित वडाका जनप्रतिनिधि तथा वडावासी सञ्चारकर्मीलगायत ४ दर्जनभन्दा बढीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

बमबहादुर राउतको नेतृत्वमा वडा कमिटी
अधिवेशनले सुन्दरहरैंचाको वडा नम्बर ७ को नयाँ कमिटी गठन गरेको छ । नवगठित समितिको अध्यक्षमा बमबहादुर राउत, उपाध्यक्षमा कल्पना राई र सचिवमा मातृका दाहाल चयन भएका छन् ।

शाखा कमिटी अध्यक्ष खड्गबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनोज दाहालले गरेका थिए ।

एमालेको मिसन ग्रासरुट अभियानः सुन्दरहरैंचामा पार्टी सुदृढीकरण तथा विस्तार

बेलबारी र केराबारीमा नेकपा एमालेको ग्रासरुट अभियान शुरु

एमालेका पार्टी सदस्यले कम्तीमा एउटा फलफूलको बिरुवा रोप्नुपर्ने, मिसन ग्रासरुट अभियान शुरु

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सलकपुरमा शिल्पी नाट्य केन्द्रको विधिवत् उद्घाटन, ‘छुटेका सपना’ मञ्चनसँगै सञ्चालन सुरु

Published

on

मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरमा स्थापना गरिएको शिल्पी नाट्य केन्द्र शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ नाटक ‘छुटेका सपना’ को पहिलो मञ्चनसँगै स्थानीय स्तरमै रंगमञ्चको नयाँ गन्तव्य थपिएको हो। नगरप्रमुख केदारप्रसाद गुरागाईं र नाटकका परिकल्पनाकार तथा निर्देशक युवराज घिमिरेले संयुक्त रूपमा मसाल बालेर नाट्य केन्द्रको उद्घाटन गर्नुभएको थियो।

शिल्पी नाट्य केन्द्रले निर्माण गरेको यो स्थानलाई आगामी दिनमा भुल्के एम्फी थिएटरका रूपमा विस्तार गर्दै कला र संस्कृतिको केन्द्र बनाउने योजना अघि सारिएको छ। उद्घाटनकै दिन मञ्चन गरिएको नाटक हेर्न दर्शकको उल्लेख्य सहभागिता देखिएको थियो, जसले सलकपुरमा रंगमञ्चप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट पारेको छ।

नाटक ‘छुटेका सपना’ ले समाजमा व्याप्त राजनीतिक, सामाजिक तथा प्रशासनिक विकृतिलाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेको छ। भ्रष्टाचार, ढिलासुस्ती, बेथिति र गरिबीका कारण किसानले भोग्नुपरेका दुःख–पीडालाई कलाकारहरूले सशक्त अभिनयमार्फत जीवन्त बनाएका छन्।

नाटकमा संगीता उराँव, सुशिला लुहार, सम्पदा थुलुङ राई, इच्छा सिंह, कञ्चन दास, पवित्रा खड्का, अनुप तिमिल्सिना, ज्याक डी.सी. बराल, गोविन्द ओली, सुमित भण्डारी, धनराज सुनार, रविन परियार, झकेन बी.सी. र उत्सव काकीं लगायत कलाकारहरूको अभिनय रहेको छ।

कार्यक्रममा कवि कुमार नगरकोटीले कविता वाचन गर्दै सांस्कृतिक माहोल थप जीवन्त बनाउनु भएको थियो। निर्देशक घिमिरेले शिल्पी नाट्य केन्द्रलाई आफ्नो दीर्घकालीन सपनाको सुरुआतका रूपमा व्याख्या गर्दै आफू जन्मेको स्थानलाई नै पहिचानयुक्त नाट्य गन्तव्य बनाउने लक्ष्य रहेको बताउनुभयो। आम मानिस एउटै ठाउँमा बसेर कला अनुभूति गर्न सकून् भन्ने सोचका साथ एम्फी थिएटर निर्माण गरिएको उहाँको भनाइ छ।

नाट्य केन्द्रलाई नाफामुखी भन्दा पनि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाइने स्पष्ट पार्दै घिमिरेले प्रत्येक दुई–दुई महिनामा नयाँ कार्यक्रम ल्याइने योजना रहेको जानकारी दिनुभयो। स्थानीय कला, संस्कृति र सिर्जनालाई मञ्च दिने उद्देश्यसहित सलकपुरबाट सुरु भएको यो प्रयासले पूर्वी नेपालमा रंगमञ्चको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

Continue Reading

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक