समाचार
भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको प्रथम चितवन जिल्ला भेलाबाट गठित समिति
चितवन : भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको प्रथम चितवन जिल्ला भेला शनिबार पारसनगरमा सम्पन्न भएको छ । ‘एकीकृत साँस्कृतिक पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न भेलाले भीमप्रसाद पोखरेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा हेमराज पोखरेल र नेत्रबन्धु पोखरेल, सचिवमा इन्द्र पोखरेल, सह सचिवमा सुलभबन्धु पोखरेल र कोषाध्यक्षमा सुमित्रा पोखरेललाई चयन गरिएको प्रतिष्ठानले जनाएको छ । यसैगरी कार्यसमितिको सदस्यहरुमा खेमराज पोखरेल, उमा पोखरेल, ज्ञानेन्द्र पोखरेल, टीकादत्त पोखरेल, रामचन्द्र पोखरेल, चोलाकान्त पोखरेल, माधव पोखरेल, मेघनाथ पोखरेल, नमकला पोखरेल, धनपति पोखरेल र रामचन्द्र पोखरेल चयन भएका छन् ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ओमप्रसाद पोखरेल
निर्वा्चित समितिलाई बधाई दिँदै कार्यक्रमका प्रमुख अतिथि एवम् प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ओमप्रसाद पोखरेलले सबै समुदायले आफ्नो ईतिहास खोजेर संगठित भईरहेका बेला प्रतिष्ठानको यो कार्यमा समाहित हुन सबैलाई अनुरोधसमेत गरे । अब यो संगठित अभियान परिष्कृत भई देशकै समृद्धितर्फ लाग्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा उपाध्यक्षहरु शंकरराज पोखरेल र माधवप्रसाद पोखरेल, महासचिव हरिप्रसाद पोखरेल, कोषाध्यक्ष रेखा पोखरेल, सह कोषाध्यक्ष धनप्रसाद पोखरेल र सदस्यहरु भीमप्रसाद पोखरेल, रामप्रसाद पोखरेलले महायज्ञबारे जानकारी गराउँदै हालसम्मका गतिविधिसम्बन्धमा जानकारी गराएको थिए ।
प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष शंकरराज पोखरेल
केन्द्रीय कार्यालय निर्माण सहयोगार्थ पोखरेलहरुले आगामी माघ ११ गतेदेखि १८ गतेसम्म चितवनको पारसनगरमा वृहद् महायज्ञ सञ्चालन गर्दैछन् ।
चितवनको देवघाटमा पोखरेलहरुको केन्द्रीय प्रतिष्ठान निर्माण गर्न स्व. चुणामणि पोखरेलले दिएको करिब डेढ कठ्ठा जमिनमा भारद्वाज ऋषिको मूर्ति सहित विश्राम गृह र मन्दिर निर्माण गरिने प्रतिष्ठानको तयारी छ ।
चितवन जिल्ला भेलामा सहभागि पोखरेल बन्धुहरु
यसैगरी महायज्ञबाट संकलित रकमले धार्मिक पुस्तकालय निर्माण, एम्बुलेन्स सञ्चालन गर्ने पनि प्रतिष्ठानले जनाएको छ । महायज्ञ कार्यक्रम सम्पन्न गर्न ओमप्रसाद पोखरेलको संयोजकत्वमा मूल समिति निर्माण गरिएको छ । महायज्ञकै लागि विभिन्न ३२ वटा विषयगत उपसमितिसमेत निर्माण गरिएको छ ।
Facebook Comment
Banner
बढ्यो ग्यासको मूल्य
सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।
निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।
१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।
Banner
बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग
आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गरेको छ ।
सोमबार सिंहदरबारमा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीका प्रतिनिधिहरूसहित आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा मानवीय सहयोग तथा सहकार्य मार्फत प्रभावित समुदायलाई हर सम्भव सहयोग जुटाउन आइएमई ग्रुप प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए ।
विदेशमा रहेका नेपाली नागरिकहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम पठाउँदा लाग्ने रेमिट्यान्स शुल्क सेप्टेम्बर १० सम्म पूर्ण रूपमा निःशुल्क गरिएको उनले जानकारी दिए ।
साथै, ग्रुपले आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेको छ ।
यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको आइएमई ग्रुपले जनाएको छ ।
Banner
नेपालले जित्यो टस, बहराइनलाई ब्याटिङको निम्तो
एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा नेपालले पहिलो खेलमा बहराइनविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा भर्खरै सम्पन्न टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेसँगै बहराइनले पहिले ब्याटिङको निम्तो पाएको हो।
सन् २०२७ को एसिया कपमा स्थान बनाउने मुख्य लक्ष्यका साथ मलेसिया पुगेको नेपाल जितसहित प्रतियोगिताको सुखद् सुरुआत गर्ने रणनीतिमा छ। ५० ओभरको यो प्रतियोगितामा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागेका हुन्।
नेपाल रहेको समूह ‘ए’ मा बहराइनसँगै आयोजक मलेसिया, हङकङ र साउदी अरेबिया रहेका छन्। नेपालले दोस्रो खेल भदौ १८ गते मलेसियासँग खेल्नेछ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login