मुख्य
भ्रमण वर्षका लागि झण्डै ६२ करोडको बजेट स्वीकृत, उद्घाटनमा २ करोड खर्च हुने अनुमान
काठमाडौंः नेपाल भ्रमण वर्ष उद्घाटनमा २ करोड खर्च हुने अनुमान गरिएको छ । उद्घाटन समारोह हुने स्थल दशरथ रङ्गशाला सरकारले निःशुल्क उपलब्ध गराउने भएको छ । रङ्गशाला भाडामा लिँदा दैनिक १५ लाख रुपैयाँ सरकारले लिने गरेको छ ।
स्वीकृत बजेटबाहेक आवश्यक खर्चको कुनै समस्या नहुने बताइएको छ । सरकारले भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ ।
Facebook Comment
Banner
बिहार चुनावमा एनडीएको दबदबा,महागठबन्धन धरासायी
भारतको बिहार राज्यमा जारी विधानसभा चुनावको मतगणनामा भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडीयू) नेतृत्वको एनडीए गठबन्धनले दुई सयभन्दा बढी सिटमा अग्रता बनाउँदै ऐतिहासिक जिततर्फ अघि बढेको छ।
अन्तरिम नतिजाअनुसार एनडीए गठबन्धन बलियो स्थितिमा छ भने राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेससहितको महागठबन्धनले निराशाजनक परिणाम ल्याइरहेको छ। महागठबन्धन अहिले मात्र २८ सिटमा अगाडि देखिएको छ।
कुन दल कति अघि ?
-
भाजपा : ९५ सिटमा अग्रता
-
जेडीयू : ८४ सिटमा अग्रता
-
लोजपा : १९ सिटमा अग्रता
-
आरजेडी : २४ सिटमा अग्रता
-
कांग्रेस : २ सिटमा मात्र अग्रता
-
CPI(ML) : १ सिटमा अग्रता
जेडीयू र भाजपाले १०१–१०१ सिटमा चुनाव लडेका थिए। अन्तिम नतिजा यस्तै रहेमा भाजपा अघिल्लो निर्वाचनभन्दा २१ सिट बढी र जेडीयूले ४१ सिट थप्ने सम्भावना देखिन्छ।
महागठबन्धनको ठूलो क्षति
अघिल्लो चुनावको तुलनामा—
-
आरजेडीले ५१ सिट
-
कांग्रेसले १७ सिट
गुमाउने प्रक्षेपण देखिएको छ।
Banner
हिँडौ केराबारीले अभियानमा जोड्दै पदयात्रीहरू
मोरङको केराबारी गाउँपालिकामा रहेको केराबारी हाईकर्सको आयोजनामा पर्यटन स्वास्थ्य र साहित्यको प्रबर्धनका लागि नियमित हुने पदयत्रामा स्थानियको उल्लेख्य सहभागिता हुने गरेको छ ।
गतवर्षको तिहारदेखि सुरु भएको पदयात्रामा स्थानियका साथै अन्य ठाउँबाट समेत पदयात्रीहरू पदयात्रामा सहभागि हुन आउन थालेका छन । उत्तरि मोरङको तराई र पहाडी भूभागमा अवस्थित केराबारी गाउँपालिकामा धेरै पर्यटकीय स्थलहरु रहेका छन् । केराबारीको वडा नं. १,२,४ वार्ड पूर्णरुपमा पहाडी भूभागमा पर्छन् भने अन्य तराई र पहाडमा पर्छन् ।पहाडको जेफाले याङ्सिला, पाटिगाउँमा यो गर्मिको मौसममा समेत चिसो हावापानी भएकाले पर्यटकको रोजाईमा पर्ने गरेका छन् । पर्यटन प्रबर्धनका लागि केराबारी हाईकर्शको आयोजना अहिलेसम्म विभिन्न ७ स्थानमा पदयात्रा सम्पन्न गरिएको छ ।
केराबारी राङ्चासम्मको यात्राबाट सुरुभएको अभियान, समला झोलुङेपुल, केराबारी मुख्यचोक, लामिडाडा माथिल्लो हचुवा, केराबारी श्रम अभियान वार्ड नं ५, पाथिभरा पन्चकन्या शाहिडाडा, र केराबरी हुदै लेटाङको राजारानी सम्मको पदयात्रा सम्पन्न भैसकेको छ । यो अभियानमा जोडीएर सँगै पदयात्रा गर्नका लागि पथरी बिराटनगरबाट समेत पदयात्रीहरू आउनुभएको केराबारी हाईकर्शका संयोजक गोकुल थापाले बताउनुभयो । स्थानिय पर्यटन प्रवर्द्धनका साथै केराबारीलाई अन्य स्थानमा चिनाउन यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्नुका साथै स्थानिय सरकारको सधैँ साथ रहने केराबरी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ्ले बताउनुभयो ।
Banner
कोशीको लगानी सम्मेलन आज, प्रधानमन्त्रीले उद्घाटन गर्ने
कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन गर्दैछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गरिंदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए ।
लगानी सम्मेलनमा सोकेसिङ गरिने ७१ वटा योजनाको लागत एक खर्ब ७३ अर्ब ४९ करोड बराबर छ ।
पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी, सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ ।
लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ ।
सम्मेलनअघि निजी क्षेत्रको सहजताका लागि मंगलबार आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरेको थियो । लगानीमैत्री वातावरण निर्माणका लागि ऐन संशोधन गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login