गण्डकी प्रदेश
गण्डकी प्रदेशले दियो तमु ल्होसारमा सार्वजनिक बिदा
Banner
लमजुङमा भयो समलिंगी जोडीको पहिलो विवाह दर्ता
लमजुङः नेपालमै पहिलो पटक लमजुङमा समलिंगी जोडीको विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाँउपालिकाले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।
सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले लमजुङको दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेको समलिंगी विवाह दर्ता गरेको हो ।
गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तलगायतले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए । विभागले सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो ।
Banner
पोखरा आइपुगे भारतले दिएका ७ वटा मुर्रा राँगा
पोखराः भारतले अनुदानमा दिएको उन्नत जातका ७ वटा मुर्रा राँगा शुक्रबार राति पोखरा ल्याइएको छ । ती राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ ।
गत जेठमा भएको प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतले नेपाललाई अनुदानमा दिएका १५ वटामध्ये ७ वटा पोखरा ल्याइएको हो । ३ वटा राँगा नेपालगञ्जमा राखिएको र २ वटा लहान पठाइएको बताइएको छ ।
पोखरा आइपुगेका राँगालाई शुक्रबार राति नै फूलमालासहित ताली बजाएर कार्यालयमा स्वागत गरिएको थियो । पोखरा ल्याइएका राँगाको बिर्य संकलन गर्नुअगाडि क्वारेन्टिनमा राखिने र २१ दिनपछिमात्रै वीर्य संकलनका लागि तयार गरिने बताइएको छ ।
Banner
आजदेखि प्रथम ओली कप राष्ट्रिय टि २० प्रतियोगिता हुँदै
पोखराः पोखरामा आजदेखि शुरु हुने प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको उद्घाटन ऐकडेमीका संरक्षक एवं परिकल्पनाकार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।
मङ्सिर १५ गतेसम्म पोखरा रंगशालमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, ३ विभागीय टोलीहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको २ टिम गरी १२ टिमको सहभागिता रहने भएको छ ।
समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, समूह ‘बी’ मा एपिएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूर पश्चिम प्रदेश तथा समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो एक आपसमा भिड्नेछन् ।
उपाधि विजेताले नगद ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद २ लाख पचास हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । म्यान अफ द सिरिजले नगद ३० हजार रुपैयाँ, बेस्ट व्यटार र बलरले जनही नगद २०÷२० हजार रुपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।
एकेडेमीले अनुसाशित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल प्रशिक्षण, खेल गतिविधि र प्रतिस्पर्धाहरु आयोजना गरिरहेको जानकारी दिंँदै अध्यक्ष आचार्यले यस प्रतियोगिताले खेल पर्यटनमार्फत यस क्षेत्रको खेल विकाससँंगै आर्थिक समृद्धिका लागि समेत महत्वपूर्ण हुने उल्लेख गरे ।
पत्रकार सम्मेलनमा एकेडेमीका उपाध्यक्ष राजेशकुमार गुरुङ, उपमहासचिव सुवर्ण श्रेष्ठ, एकेडेमीअन्तर्गत गठित क्रिकेट विभाग प्रमुख एवं पूर्व क्रिकेटर शक्ति गौचनले समेत आफ्ना भनाइ राख्दै प्रतियोगितालाई सफल बनाउन सबैसँग आग्रह गरे ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login