पर्यटन
भोलिदेखि आठौँ भेडेटार फुड फेस्टिबल हुँदै, १ करोडको कारोबार हुने अनुमान
विराटचोकः धनकुटाको भेडेटारमा भोलिदेखि आठौँ फुड फेस्टिबल शुरु हुने भएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले फेस्टिबल उद्घाटन गर्ने कार्यक्रम रहेको फेस्टिबल आयोजक होटल एसोसिएसन भेडेटारले जनाएको छ ।
सांस्कृतिक झाँकी तथा साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत हुने फेस्टिबलमा यस पटक २० हजार पर्यटकले अवलोकन गर्ने र १ करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य आयोजकले लिएको एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । फेस्टिबल र अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरेर भारतीय पर्यटकले कोठा बुक गर्न थालिसकेको उनको भनाइ छ ।
अघिल्लो वर्ष झैँ यस पटक पनि हेलिकोप्टरमार्फत् भेडेटार आसपास तथा प्रसिद्ध तीर्थस्थल पाथीभरा र हलेसीको दर्शन गराइने पनि उनले जानकारी दिए ।
फेस्टिबलको सह आयोजकमा आमा समूह, ज्येष्ठ नागरिक समाज भेडेटार र पाथीभरा क्लब रहेका छन् । त्यस्तै, सहयोगी अन्य संस्थामा साँघुरीगढी गाउँपालिका, प्रदेश सरकार, पर्यटन बोर्डलगायत रहेका छन् ।
कार्यक्रममा अर्गानिकका साथै स्थानीय तथा जातीय खानेकुराका परिकार पाइने, घोडचढी, प्याराग्लाइडिङ तथा भ्वाइस अफ नेपाल सिजन– २ का विजेता राम लिम्बूलाई पनि सम्मान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
Facebook Comment
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
Banner
बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी
विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login