कोशी प्रदेश
थुप्रिएको बालुवा हटाउन नसक्दा सभा खोलाको पुल बाढीबाट जोगाउन समस्या
सभाखोला (संखुवासभा)ः असार २ गते राति संखुवासभाको हेंवा खोलामा आएको बाढीले बगाएका २० जनाको अवस्था अझै अज्ञात छ । चैनपुर र पाँचखपन नगरपालिकाको सिमाना छुट्याउने हेंवा खोलो कोशी राजमार्गमा रहेको पक्की पुलभन्दा करीब १ किलोमिटर मास्तिर सभा खोलामा मिसिन्छ ।

सो बाढीले बगाएर ल्याएको ढुङ्गा, माटो, रुख र बालुवालगायतका वस्तुले सभा खोलाको सतह १० फुटभन्दा बढी पुरेको स्थानीय बताउँछन् । सभा खोलाको पुलमुनि खाँदबारी नगरपालिकातर्फको भागमा बालुवा थुप्रिएर खोलाको पानी चैनपुर नगरपालिकातर्फको भागमा एकोहोरिएर बगेपछि पुललाई जोखिम हुन सक्ने स्थानीयको अनुमान छ । पुललाई कसरी संरक्षण गर्न सकिन्छ भनेर शुक्रबार प्रदेश सांसद विदुरकुमार लिङ्थेप, प्रमुख जिल्ला अधिकारी शिवबहादुर कार्की, नेपाली सेना, नेपाल प्रहरी र अन्य सरोकारवालालगायतको टोलीले सभा खोलाको निरीक्षण गरेको छ ।
समस्याको रुपमा रहेको बालुवा हटाउन पनि समस्या
फिँजारिएर बगेको सभा खोलाको ठूलो क्षेत्रफल अहिले बाढीले बगाएर ल्याएको माटोका कारण पुरिएको छ । पहिले तीव्र गतिमा बग्ने गरेको सभा खोलाको सतह बाढीले पुरेका कारण अहिले खोलाको पानी मन्द गतिमा बग्ने गरेको छ । जसका कारण पानीको सतह बढे पनि खोलाको सतहमा थुप्रिएको बालुवा पानीले बगाउन नसक्दा अब सानो बाढी आउँदा नै पुल थप जोखिममा पर्न सक्ने टोलीले अनुमान गरेको छ ।

‘यो बालुवा नगरपालिकाले मात्रै उठाउन सक्दैन’, प्रदेश सांसद लिङ्थेपले प्रजिअ कार्कीतर्फ फर्केर भने, ‘यो बालुवालाई जसले सक्छ उसले लगेर थुपार्नको लागि नगरवासीलाई अनुरोध गरौँ । अहिले बालुवा उठाउन दिऔँ, नगरले पछि उनीहरुसँग न्यूनतम राजस्व सङ्कलन गर्छ ।’ कार्कीले लिङ्थेपको प्रस्तावमा मौन समर्थन गरे । तर टोलीमा रहेका इन्जिनियरहरुले बालुवा कमसल गुणस्तरको भएको र भरौटमा मात्रै काम दिने हुनाले व्यवसायीले बालुवा सङ्कलन गर्न सक्ने सम्भावना नरहेको बताए । खोलाको बालुवा पानीले बगाउन पनि नसकेको हुँदा अन्य कुन उपाय गर्ने भनी कुनै निक्र्योल अनुगमन टोलीले निकाल्न सकेन ।
खोलाको पानी २ भङ्गालामा बाँड्ने प्रयास
खोलाले चैनपुर नगरपालिकातर्फ कटान गरेर पुल जोखिममा पार्न सक्ने भएकाले एकोहोरिएर बगेको पानीलाई दुई भङ्गालामा बाँडेर जोखिम घटाउने काम गर्न टोलीले निर्देशन दिएको छ । तत्कालका लागि सोही विकल्प केही हदसम्म उचित हुने देखेर जेसीबी लगाएर पानीको बहावलाई २ धारमा बाँड्ने प्रयास गरिएको प्रजिअ कार्कीले बताए । खोलामा २ वटा जेसीबीले पानीलाई २ धारमा बाँड्ने प्रयास शुक्रबारदेखि गरेका छन् ।
बेपत्ताको खोजी जारी
बाढीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि तालीमप्राप्त कुकुरको प्रयोग गरिने पनि प्रजिअ कार्कीले जानकारी दिए ।
बाढीपहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ घरपरिवार विस्थापित भएका छन् । तीमध्ये १२ घर पूर्ण क्षति भएका छन् ।

Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login