कोशी प्रदेश
थुप्रिएको बालुवा हटाउन नसक्दा सभा खोलाको पुल बाढीबाट जोगाउन समस्या
सभाखोला (संखुवासभा)ः असार २ गते राति संखुवासभाको हेंवा खोलामा आएको बाढीले बगाएका २० जनाको अवस्था अझै अज्ञात छ । चैनपुर र पाँचखपन नगरपालिकाको सिमाना छुट्याउने हेंवा खोलो कोशी राजमार्गमा रहेको पक्की पुलभन्दा करीब १ किलोमिटर मास्तिर सभा खोलामा मिसिन्छ ।

सो बाढीले बगाएर ल्याएको ढुङ्गा, माटो, रुख र बालुवालगायतका वस्तुले सभा खोलाको सतह १० फुटभन्दा बढी पुरेको स्थानीय बताउँछन् । सभा खोलाको पुलमुनि खाँदबारी नगरपालिकातर्फको भागमा बालुवा थुप्रिएर खोलाको पानी चैनपुर नगरपालिकातर्फको भागमा एकोहोरिएर बगेपछि पुललाई जोखिम हुन सक्ने स्थानीयको अनुमान छ । पुललाई कसरी संरक्षण गर्न सकिन्छ भनेर शुक्रबार प्रदेश सांसद विदुरकुमार लिङ्थेप, प्रमुख जिल्ला अधिकारी शिवबहादुर कार्की, नेपाली सेना, नेपाल प्रहरी र अन्य सरोकारवालालगायतको टोलीले सभा खोलाको निरीक्षण गरेको छ ।
समस्याको रुपमा रहेको बालुवा हटाउन पनि समस्या
फिँजारिएर बगेको सभा खोलाको ठूलो क्षेत्रफल अहिले बाढीले बगाएर ल्याएको माटोका कारण पुरिएको छ । पहिले तीव्र गतिमा बग्ने गरेको सभा खोलाको सतह बाढीले पुरेका कारण अहिले खोलाको पानी मन्द गतिमा बग्ने गरेको छ । जसका कारण पानीको सतह बढे पनि खोलाको सतहमा थुप्रिएको बालुवा पानीले बगाउन नसक्दा अब सानो बाढी आउँदा नै पुल थप जोखिममा पर्न सक्ने टोलीले अनुमान गरेको छ ।

‘यो बालुवा नगरपालिकाले मात्रै उठाउन सक्दैन’, प्रदेश सांसद लिङ्थेपले प्रजिअ कार्कीतर्फ फर्केर भने, ‘यो बालुवालाई जसले सक्छ उसले लगेर थुपार्नको लागि नगरवासीलाई अनुरोध गरौँ । अहिले बालुवा उठाउन दिऔँ, नगरले पछि उनीहरुसँग न्यूनतम राजस्व सङ्कलन गर्छ ।’ कार्कीले लिङ्थेपको प्रस्तावमा मौन समर्थन गरे । तर टोलीमा रहेका इन्जिनियरहरुले बालुवा कमसल गुणस्तरको भएको र भरौटमा मात्रै काम दिने हुनाले व्यवसायीले बालुवा सङ्कलन गर्न सक्ने सम्भावना नरहेको बताए । खोलाको बालुवा पानीले बगाउन पनि नसकेको हुँदा अन्य कुन उपाय गर्ने भनी कुनै निक्र्योल अनुगमन टोलीले निकाल्न सकेन ।
खोलाको पानी २ भङ्गालामा बाँड्ने प्रयास
खोलाले चैनपुर नगरपालिकातर्फ कटान गरेर पुल जोखिममा पार्न सक्ने भएकाले एकोहोरिएर बगेको पानीलाई दुई भङ्गालामा बाँडेर जोखिम घटाउने काम गर्न टोलीले निर्देशन दिएको छ । तत्कालका लागि सोही विकल्प केही हदसम्म उचित हुने देखेर जेसीबी लगाएर पानीको बहावलाई २ धारमा बाँड्ने प्रयास गरिएको प्रजिअ कार्कीले बताए । खोलामा २ वटा जेसीबीले पानीलाई २ धारमा बाँड्ने प्रयास शुक्रबारदेखि गरेका छन् ।
बेपत्ताको खोजी जारी
बाढीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि तालीमप्राप्त कुकुरको प्रयोग गरिने पनि प्रजिअ कार्कीले जानकारी दिए ।
बाढीपहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ घरपरिवार विस्थापित भएका छन् । तीमध्ये १२ घर पूर्ण क्षति भएका छन् ।

Facebook Comment
Banner
एकैपटक १५ वटा मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक
सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गरेकाे छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।
वैशाखमा बसेका ९ र जेठमा बसेका ६ गरी १५ वटा बैठककाे निर्णय एकैपटक सार्वजनिक भएकाे हाे ।
पछिल्लो निर्णयअनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनोट प्रक्रिया रद्द गरेको छ । गएको जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनोट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ ।
सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरेको छ । समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा. रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ ।
Banner
आज बजेट पारित गरिँदै,
प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ ।
त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।
सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हिजोदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।
यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ ।
Banner
रास्वपा महाधिवेशन : सभापतिका लागि ५१ हजार, केन्द्रीय सदस्यमा उठ्न २१ हजार रुपैयाँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधि र उम्मेदवारहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टीका अनुसार प्रतिप्रतिनिधि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारले समान शुल्क ४१ हजार रुपैयाँ बुझाउनुपर्छ । केन्द्रीय सदस्यहरूका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ ।
रास्वपाको विधान अनुसार उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री हुने व्यवस्था छ । यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता एक/एक जना र सहप्रवक्ता ३ जना मनोनीत गर्ने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २२ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । सात प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् ।
रास्वपाले आउँदो सोमवारदेखि बुधवारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ । रास्वपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको सङ्ख्या झन्डै ३ हजार जना रहेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login