पर्यटन
के भने भेडेटार फुड फेस्टिबलका वक्ताहरुले
भेडेटारः आजदेखि शुरु भएको आठौं भेडेटार फुड फेस्टिबलको उद्घाटनका वक्ताले भेडेटारले प्रदेशको पर्यटकीय विकासमा विशेष महत्व राख्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याख्खाले भेडेटारमा ८१ ओटा पर्यटकीय क्षेत्र रहेको बताए । नाम्जेदेखि त्रिवेणीसम्म पर्यटकीय क्षेत्रमात्रै रहेको बताउँदै उनले साँगुरीगढी गाउँपालिकाका सबै क्षेत्रमा १ वर्षभित्रमा सडक सञ्जाल बिस्तार गरिने उल्लेख गरे । भेडेटारमा पश्चिमका होटल व्यवसायीले पनि लगानी गर्न शुरु गरेको उनले बताए ।
होटल एसोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र बिष्टले पहाडी क्षेत्रका सम्पूर्ण होटल व्यवसायीबीच छलफल गरी पर्यटकीय विकासमा लागिपर्ने उल्लेख गरे ।
धनकुटा पर्यटन विकास समिति अध्यक्ष विजयसन्तोषी राईले कोशी अञ्चलले प्रदेश १ लाई र प्रदेश १ ले नेपाललाई पाल्न सक्ने सामथ्र्य राख्ने उल्लेख गरे । भारतबाट वार्षिक ५ करोड तथा चीनबाट वार्षिक १० करोड मानिस पर्यटकको रुपमा निस्कने र तीमध्ये १ प्रतिशतलाई मात्रै नेपालमा तान्न सके आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए ।
धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले पर्याप्त सम्भावना हुँदाहुँदै पनि धनकुटाका साथै पूर्वी पहाडको विकास हुन नसकेको उल्लेख गरे ।
सांसद निरन राईले पर्यटकीय क्षेत्रको विकास गरेर मात्रै देश समृद्धितर्फ अघि बढ्ने उल्लेख गरे ।
मिस पूर्वाञ्चल २०१९ की विजेता रिजू भट्टराईले पर्यटकीय क्षेत्रको बिस्तारमा आफू सदैव लागिपर्ने बताइन् ।
कार्यक्रममा पत्रकार कविराज घिमिरे, विकास चाम्लिङ तथा मिस पूर्वाञ्चल २०१९ की विजेता रिजू भट्टराई र मूर्तिकार रोजन राईलाई सम्मान गरिएको थियो । ं
किरात राई यायोख्खाले साकेला नृत्य र नेपाल मगर संघले हुर्रा नृत्य प्रस्तुत गरेको कार्यक्रम होटल एसोसिएसन भेडेटारका महासचिव आशिष राईले सञ्चालन गरेका थिए । एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको समापनपछि उपस्थित अतिथिले महोत्सवका स्टलको अवलोकन गरेका थिए ।

Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login