स्थानीय तह
आधुनिकता तर्फ कृषक: सामाजिक बिकास मन्त्री घिमिरे द्वारा मिल्किङ पार्लरको उद्घाटन
बिराटचोक ः प्रदेश १ कै नमुना कृषि फर्म जयपति कृषि फर्मको मिल्किङ पार्लर मेसिनको प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेका छन् । मोरंगको ग्रामथान गाउँपालिका – ७ मा रहेको उक्त फमको मंगलबार उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि रहेका मन्त्री घिमिरेले ब्यबसायिक कृषिको माध्यमबाट रोजगारी सृजना गर्न र बेरोजगारी समस्या हल गर्न जयपति कृषि फर्मले २ वर्ष भित्रमा नयाँ ढंगले ब्यबसायलाई अगाडी बढाएको बताउदै यस्ता फमलाइ प्रदेश सरकारले सहयोग गर्ने उद्घोष गरे । यो कृषि फर्मले २० जनालाई प्रत्यक्ष रोजगारी सृजना गरेका छन् । हाल यो कृषि फर्ममा ६० वटा गाई, ३५ वटा कोरेली बाच्छी, १५ वटा साना बाछी र एउटा बिउ गोरु रहेका छन ।

फर्मका संचालक यादब ढकालले २३ वर्ष सम्म कृषि पेसाबाट राम्रो आम्दानि गर्न नसकेका कहिल्यै हरेश खाएनन । बुवाआमा र हजुरबुवाले गर्ने कृषि जीवनमुखी मात्र थियो । घास काट्नु पर्छ, गोबर सोहर्नु पर्छ तर हातले नै काट्नु पर्छ , सोहर्नु भन्ने छैन त्यसको लागि आधुनिक मेसिन आएको र कृषिलाई ब्यबसायीमुखी बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् । उनको फर्ममा घास काट्ने मेसिन, दुग्ध पुर्याउन आफ्नो सवारी साधन, दाना खुवाउने मेसिन र एक ट्याक्टर फर्मको लागि प्रयोग भएको छ । अहिले उनले फर्ममा २ करोड ९२ लाख लगानी गरेका छन् । कृषि मन्त्रालयबाट २५ लाख अनुदान समेत प्राप्त गरेका छन् ।
२४ वर्ष पछी उनले प्रदेश सरकारबाट दुग्ध मेसिन मिल्किङ पार्लर अनुदान पाएपछि एक कार्यक्रम गरि बिधिबत उदघाटन गराएको हो । सामाजिक बिकास मन्त्री घिमिरेले मिल्किङ पार्लरको उदघाटन गर्दै सामुहिक ढंगले ब्यबसाय गर्नु पर्ने र कृषि घरको र आफ्नो लागि मात्र उत्पादन गर्ने होइन अरुको लागि उत्पादन गर्नु पर्ने र ब्यबसायिक ढंगबाट अघि बढ्नु पर्ने , परम्परागत कृषि प्रणाली लाई बदल्नु पर्ने बताएका छन् ।
त्यसैगरी ब्यबसायिक पशुपालनमा नश्लको समस्या, सहुलियत ऋणको समस्या, आधुनिक प्रविधिको र दुग्ध बिक्रि गर्दा बिचौलियाको समस्या रहेको फर्म संचालक ढकालले जानकारी दिए । बिदेशमा जाने युवाको लागि समेत नेपलामै ब्यबसायी गरि कमाउन सक्ने उदाहरण बन्दै बिदेशिएका युवालाई संदेश दिएका छन् । उनको फर्मबाट दैनिक २ हजार ५ सय लिटर दुग्ध उत्पादन हुन्छ भने दैनिक ८ हजार केजी गोबर र ९ हजार लिटर युरिनलाई प्रसोधन गरि कम्पोस्ट मल बनाई बिक्रि वितरण गर्ने र तेस्रो मुलुकबाट आयात हुने मललाई केहि हद सम्म घटाउने कामको थालनी गर्ने जनाएको छ ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login