Connect with us
Advertisement

आधुनिकता तर्फ कृषक: सामाजिक बिकास मन्त्री घिमिरे द्वारा मिल्किङ पार्लरको उद्घाटन

Published

on

बिराटचोक ः प्रदेश १ कै नमुना कृषि फर्म जयपति कृषि फर्मको मिल्किङ पार्लर मेसिनको प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेका छन् । मोरंगको ग्रामथान गाउँपालिका – ७ मा रहेको उक्त फमको मंगलबार उद्घाटन गरेका हुन् ।


प्रमुख अतिथि रहेका मन्त्री घिमिरेले ब्यबसायिक कृषिको माध्यमबाट रोजगारी सृजना गर्न र बेरोजगारी समस्या हल गर्न जयपति कृषि फर्मले २ वर्ष भित्रमा नयाँ ढंगले ब्यबसायलाई अगाडी बढाएको बताउदै यस्ता फमलाइ प्रदेश सरकारले सहयोग गर्ने उद्घोष गरे । यो कृषि फर्मले २० जनालाई प्रत्यक्ष रोजगारी सृजना गरेका छन् । हाल यो कृषि फर्ममा ६० वटा गाई, ३५ वटा कोरेली बाच्छी, १५ वटा साना बाछी र एउटा बिउ गोरु रहेका छन ।


फर्मका संचालक यादब ढकालले २३ वर्ष सम्म कृषि पेसाबाट राम्रो आम्दानि गर्न नसकेका कहिल्यै हरेश खाएनन । बुवाआमा र हजुरबुवाले गर्ने कृषि जीवनमुखी मात्र थियो । घास काट्नु पर्छ, गोबर सोहर्नु पर्छ तर हातले नै काट्नु पर्छ , सोहर्नु भन्ने छैन त्यसको लागि आधुनिक मेसिन आएको र कृषिलाई ब्यबसायीमुखी बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् । उनको फर्ममा घास काट्ने मेसिन, दुग्ध पुर्याउन आफ्नो सवारी साधन, दाना खुवाउने मेसिन र एक ट्याक्टर फर्मको लागि प्रयोग भएको छ । अहिले उनले फर्ममा २ करोड ९२ लाख लगानी गरेका छन् । कृषि मन्त्रालयबाट २५ लाख अनुदान समेत प्राप्त गरेका छन् ।

२४ वर्ष पछी उनले प्रदेश सरकारबाट दुग्ध मेसिन मिल्किङ पार्लर अनुदान पाएपछि एक कार्यक्रम गरि बिधिबत उदघाटन गराएको हो । सामाजिक बिकास मन्त्री घिमिरेले मिल्किङ पार्लरको उदघाटन गर्दै सामुहिक ढंगले ब्यबसाय गर्नु पर्ने र कृषि घरको र आफ्नो लागि मात्र उत्पादन गर्ने होइन अरुको लागि उत्पादन गर्नु पर्ने र ब्यबसायिक ढंगबाट अघि बढ्नु पर्ने , परम्परागत कृषि प्रणाली लाई बदल्नु पर्ने बताएका छन् ।

त्यसैगरी ब्यबसायिक पशुपालनमा नश्लको समस्या, सहुलियत ऋणको समस्या, आधुनिक प्रविधिको र दुग्ध बिक्रि गर्दा बिचौलियाको समस्या रहेको फर्म संचालक ढकालले जानकारी दिए । बिदेशमा जाने युवाको लागि समेत नेपलामै ब्यबसायी गरि कमाउन सक्ने उदाहरण बन्दै बिदेशिएका युवालाई संदेश दिएका छन् । उनको फर्मबाट दैनिक २ हजार ५ सय लिटर दुग्ध उत्पादन हुन्छ भने दैनिक ८ हजार केजी गोबर र ९ हजार लिटर युरिनलाई प्रसोधन गरि कम्पोस्ट मल बनाई बिक्रि वितरण गर्ने र तेस्रो मुलुकबाट आयात हुने मललाई केहि हद सम्म घटाउने कामको थालनी गर्ने जनाएको छ ।

Continue Reading

Facebook Comment

8 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक