भ्रामक समाचार प्रति होङसी सिमेन्टको प्रेस विज्ञप्ती

काठमाडौँ ः चिनियाँ संयुक्त लगानीको होङसी सिमेन्टका विषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचार प्रति आपत्ती जनाएको छ । होङसीले विज्ञप्ती मार्फत आफ्नो सिमेन्ट उद्योगले विश्वस्तरिय उत्पादन प्रविधि र उपकरणहरु रहनुका साथै नेपालकै सबै भन्दा ठुलो सिमेन्ट भट्टा रहेको जनाएको छ । जसमा ६ हजार टिपिडी नयाँ सुख्खा किल्ङकर उत्पादन क्षमता र १२ मेगावाट सुद्ध कमतापमान फोहोर उर्जा उत्पादन प्रणाली रहेको बताएको छ ।

बिज्ञप्तीमा सिमेन्ट उद्योगले उच्चकोटिको स्वचालन र डिजिटल इन्टीलिजेन्स उत्पादन प्रविधिका साथ केन्द्रिय नियन्त्रण प्रणाली अपनाएको जनाएको छ । १३ करोड भन्दा बढि उच्च गुणस्तरको चुन डुङ्गा खानीको आधार भएको यो कम्पनीको सिमेन्टको प्रमुख कच्चा पदार्थमा आत्मनिभर रहेको र सो खानीमा ठुलो मात्रामा उत्खनन गर्ने मेसिनरीहरु राखिएकाले चुन ढुङ्गामा म्याग्नेसियम अग्साइडलाई कडाइका साथ नियन्त्रण गरि नेपाल गुणस्तर पुरा गरेको जनाएको छ ।

कम्पनीको गुणस्तर प्रयोगशालामा गुणस्तर मापन गर्ने पयाप्त उपकरणहरु रहनुका साथै ४० जना पुर्णकालिन निरिक्षकहरु गुणस्तर मापन र व्यवस्थापनका काममा निरन्तर रुपमा लागिरहेको विज्ञप्ती मार्फत जनाएको छ ।
हाल प्रयोगशालाले नेपाल भारत आइएसओ र अमेरिकी गुणस्तर मानक अनुरुप एकसाथ पहिचान र नियन्त्रण गर्नका लागि डब्लुडिएक्सआर एफल्लोरिसेन्स् एनालाइजर खरिद गरेको समेत जनाएको छ ।

यस अधि होङसी सिमेन्ट सहित अन्य दुई स्थानीय सिमेन्ट गुणस्तरहीन भएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको थियो । विभागले सिमेन्टको नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा गुणस्तर अनुरुप नपाएपछि कार्वाहीको तयारी स्वरुप १५ दिने स्पष्टीकरण सोधिएको थियो ।

Spread the love



Leave a Reply

Your email address will not be published.